0
नौलो घुम्ती नेपाल र लागुपदार्थ तथा एचआईभी एड्स रोकथाम तथा नियन्त्रण समिति, वडा नम्वर १५को संयुक्त आयोजनामा एक दिने लागूपदार्थ र एचआईभी एड्स सम्वन्धि अभिमुखीकरण कार्यक्रम   शनिबार सम्पन्न भयो । नौलो घुम्ती नेपाल कार्यकारी निर्देशक रामप्रसाद ज्ञवालीले नौलो घुम्ती नेपाल र यसले लागूपदार्थ र एचआईभी रोकथाम तथा नियन्त्रण,सामाजिक र आर्थिक विकासमा पु¥याएको योगदानको वारेमा जानकारी गराएका थिए । लागूपदार्थ, परामर्श, उपचार तथा पुनस्र्थापना कार्यक्रमका कार्यक्रम संयोजक मना ज्ञवाली र परामर्शकर्ता ओम गुरुङले लागूपदार्थ तथा एचआईभी र यसको असरवारे सहभागीहरुलाई अभिमुखीकरण गरेका थिए । सो अभिमुखीकरण कार्यक्रम लागूपदार्थ तथा एचआईभी एड्स रोकथाम तथा नियन्त्रण समिति, वडा नम्वर १५ की अध्यक्ष टंकदेवी पुनको अध्यक्षता र ज्ञानज्योति पुस्तकालयका अध्यक्ष निरज थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा नौलो घुम्ती नेपालका आजीवन सदस्य तथा समाजसेवी महेश गुरुङ, लक्ष्मी टोल विकास संस्थाका अध्यक्ष हरिमान थिङ, रेम्वो एकेडेमीका सह–प्राचार्य कृष्ण प्रसाद ढकाल, १५ नम्वर टोल विकास संस्था समन्वय समितिका अध्यक्ष प्रकाश पौडेलले लागूपदार्थ तथा एचआईभी एड्स रोकथाम तथा नियन्त्रणमा समाजको महत्वपूर्ण भूमिका रहने कुरामा जोड दिंदै सबै लाग्न अनुरोध गरेका थिए । कार्यक्रममा ६० जना भन्दा बढी स्थानीय महिला पुरुषको सहभागिता रहेको थियो भने कार्यक्रममा लागूपदार्थ सम्वन्धी मुक्ति नामक वृत्तचित्र पनि प्रर्दशन गरिएको थियो । कार्यक्रमको संचालन लागूपदार्थ तथा एचआईभी एड्स रोकथाम तथा नियन्त्रण समिति वडा नम्वर १५ का सचिव गणेश वराईलीले गरेका थिए ।

Post a Comment

 
Top