गोल्डेन न्यूज संवाददाता
पोखरा १४ जेठ ।
पर्यटन बोर्डको व्यवस्थापन विरुद्ध पोखरेली पर्यटन व्यवसायी आक्रमक रुपमा प्रस्तुत भएका छन । व्यवसायीले बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत शुभाष निरौलाले आर्थिक अनियमितता गरेको भन्दै उनको बर्खास्तीको माग गर्दै बुधबार कास्कीका विभिन्न राजनीतिक दल र प्रशासन मार्फत प्रधानमन्त्री सुशिल कोइरालालाइ ज्ञापनपत्र बुझाएका छन् ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष सूर्यबहादुर भुजेलको नेतृत्वमा गएको पर्यटन व्यवसायीको टोलीले क्षेत्रीय प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री र पर्यटनमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । व्यवसायीले बोर्ड पदाधिकारीको अनियमितता छानविन हुुनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका थिए । उनीहरुले बोर्डका कार्यकारी प्रमुख निरौलालाई तत्काल बर्खास्त गर्न पनि माग राखे । ज्ञापनपत्र बुझाउन गएका व्यवसायीले पर्यटन बोर्डमा अनियमितता हुँदा अहिले पर्यटन क्षेत्र संकटमा परेको बताए । ‘एउटा व्यक्तिको गतिविधिका कारण अहिले पर्यटन क्षेत्र संकटमा परेको छ । तसर्थ सरकारले तत्काल चाँसो दिनुपर्छ’ परिषद अध्यक्ष सुर्यबहादुृर भुजेलले भने, ‘निरौलाको कारण अहिले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश फैलिएको छ । सरकारले तत्काल यसबारेमा चाँसो दिनुपर्छ ।’ व्यवसायीले अनियमितता छानविन गर्न माग गर्दै बोर्डको पोखरास्थित क्षेत्रीय कार्यालयलाई स्वायत्त बनाउनुपर्ने समेत बताए ।
‘बोर्डको कार्यालय खडा गरेर मात्र हुँदैन । स्वायत्त अधिकार पनि दिनुपर्छ । अधिकार नदिँदा बोर्डले पोखराको हितमा सोचेजस्तो काम गर्न पाएको छैन’ ज्ञापनपत्र बुझाउन गएका नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस (नाट्टा) पोखराका अध्यक्ष पोमनारायण श्रेष्ठले भने । हल्लनचोकबाट ¥याली सुरु गर्दै पर्यटन व्यवसायी क्षेत्रीय र जिल्ला प्रशासन हुृँदै मुख्य राजनीतिक दलका कार्यालयमा पनि ज्ञापत्रपत्र बुझाउन पुगेका थिए । उनीहरुले बोर्डको समस्या समाधानका लागि दलहरुले चासो लिनुपर्ने बताए । यसैबिच पर्यटन व्यवसायीले लामो समयदेखि बसपार्क बनाएको राष्टूबैंकचोकको पर्यटक बसपार्कको जग्गा नीजि क्षेत्रलाई भाडामा दिन लागेको विरोधमा पोखरा उपत्यका नगर विकास समितिमा धर्ना दिएका छन् । क्षेत्रीय र जिल्ला प्रशासन सहित राजनीतिक दललाई पनि बसपार्क भाडामा दिने निर्णय बदर गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । ‘पोखराको पर्यटनको गहनाको रुपमा रहेको बसपार्कलाई नीजि क्षेत्रलाई भाडामा दिन खोज्नुले राम्रो सन्देश दिँदैन’ नाट्टाका निवर्तमान अध्यक्ष केदार शर्माले भने, ‘यसलाई भाडामा दिन खोज्नु राजनीतिक प्रतिशोधका कारण हो ।’ व्यवसायीले बसपार्क भाडामा लगाउन लागेको विरोधमा कास्कीस्थित कांग्रेस, एमाले र माओवादीलाई पनि ज्ञापनपत्र बुझाएका थिए । सहमति विना व्यक्तिगत आधारमा समितिले टेण्डर आव्हन गरेकोले बसपार्कलाई भाडामा लगाउन उपयुक्त नहरकोे राजनीतिक दलको धारणा रहेको व्यवसायीले बताए । ‘सबै राजनीतिक दलले पोखराको महत्वका रुपमा रहेको पर्यटक बसपार्कको जग्गा नीजि क्षेत्रलाइ भाडामा दिन नहुने बताएका छन्’ शर्माले भने, ‘राजनीतिक दलको सहमति विना त्यो निर्णय गरिएको छ । त्यो कार्यन्वयन गर्न दिँदैनौ भनेका छन ।’ व्यवसायीले बसपार्कको विरोधमा उपत्यका नगर विकास समितिमा धर्ना समेत दिएका थिए । व्यवसायीले समितिको निर्णय तत्काल रद्ध गर्न माग गरेका छन् । समितिले नेपाल भ्रमण वर्ष अवसरमा करिब १६ वर्षअघिदेखि उक्त जग्गालाई बसपार्क बनाएका छन् । बसपार्कबाट अहिले दैनिक करिब डेढ दर्जन बस काठमाडौ, चितवन र सौराहाका लागि छुट्ने गर्छन ।
Post a Comment