
पर्वत १६ जेठ ।

नेपालमा करिब पाँच अर्व रुपैयाँको विज्ञापन वार्षिक रुपमा संचारमाध्यमहरु मार्फत प्रवाह हुने गरेको भएपनि काठमाडौं र वाहिरका साना लगानीका संचारमाध्यममा करिब ३५ प्रतिशत तथा काठमाडौंका सीमित ठूला संचार माध्यममा करिब ६५ प्रतिशत विज्ञापन जाने गरेको पराजुलीले बताए । नेपालमा संचार माध्यमको संख्या बढ्दै गएको छ तर विज्ञापनको बजार भने खस्कंदै गइरहेको छ । यस्तो अवस्थामा संचार माध्यमको संवद्र्धन एवं श्रमजीवि पत्रकारहरुलाई नियम अनुसारको सुविधा दिन उपयुक्त नीति तयार गर्नुपर्नेमा उनले जोड दिए । उनले असार ४ र ५ गते पोखरामा हुने महाधिवेशनलाई सफल पार्न सबैको सहयोगको अपेक्षा गरे । कार्यक्रममा बोल्दै युनियनका कास्की अध्यक्ष शिरोमणि बरालले पोखरामा हुने केन्द्रीय महाधिवेशन सफल पार्न छिमेकी जिल्लाहरुबाट समेत सहयोगको अपेक्षा गरे । बरालले पत्रकारिता पेशा कठिन भएपनि सामाजिक रुपमा आकर्षणको पेशा बन्दै गएको भन्दै पत्रकारितामा लाग्नेहरुले विकृति बढाउने भन्दा पेशाको गरिमा जोगाउन ध्यान दिनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ पर्वतका पूर्व अध्यक्ष एवं युनियनका शाखा संस्थापक ओमप्रसाद घायलले तालिमलाई व्यवहारमा उतार्न सहभागीहरुसंग आग्ह गर्दै युनियनको पर्वत शाखाले संचालन गर्ने पत्रकारिता पुरस्कारको अक्षयकोष एकलाख ५१ हजारबाट पाँच लाख रुपैयाँ पु¥याउने हरि प्रसाद जोशी र उनका परिवारप्रति आभार व्यक्त गरे ।
प्रेस युनियन पर्वतका अध्यक्ष छवि तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व सदस्य हेमनारायण श्रेष्ठ, लोकतान्त्रिक गैह्र सरकारी संस्था महासंघका शाखा अध्यक्ष गणेशबहादुर क्षेत्री, युनियनका जिल्ला कोषाध्यक्ष शिवराज, तालिमका प्रशिक्षक भवानी शर्मा, तालिम संयोजक गोविन्द शर्मा, तालिमका सहभागी सुस्मिता गिरी लगायतले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न सके फलदायी हुन सक्ने बताएका थिए ।
Post a Comment