0

गोल्डेन न्यूज संवाददाता
पोखरा ४ जेठ ।
पोखराको कुँडहरस्थित भद्रकाली उच्च मावि विद्यालय व्यवस्थापन समितिको बैठकले विगत ३ वर्ष समय अवधिमा भएका विद्यालयका भौतिक, आर्थिक, सामाजिक तथा शैक्षिक गतिविधिहरुको समीक्षा गरेको छ । बैठकले आगामी समयका लागि अविलम्व विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियाका लागि पहल गर्ने निर्णय गरेको छ ।
त्यस अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक गुरुङले आफ्नो ३ वर्षे कार्यकालमा गरिएको कार्यहरुको संक्षिप्त विवरण प्रस्तुत गर्दै विद्यालय उमावि तहमा विज्ञान संकायको स्थापना, सो को लागि प्रयागशाला भवन निर्माण, सामाग्री खरिद, शिक्षक तथा पुस्तकालय व्यवस्थापन र त्यसका लागि विभिन्न श्रोतबाट अर्थसंकान गरिएको जानकारी गराएको थियो । उनले विद्यालयको खोलाखेत संग सीमाना जोडिएको भगवती हाइड्रोपावरसंग सम्झौता गरी विद्यालयको आन्तरिक आयश्रोतको वृद्धि, तमु धि युकेसंगको सम्वन्धबाट १ थान जेनेरेटर प्राप्त, फोनिक्स सफ्टवयर संगबाट कम्पयुटर ल्याव लाई विद्यालयको स्वामित्वमा ल्याउने बताए । उनले अभिभावकको माग अनुसार दुवै माध्यममा कक्षाहरुको अध्यापन सुरु, विज्ञान संकायको आर्थिक सहयोगार्थको लागि विद्यालय को प्राङ्गणमा सांस्कृतिक लोकदोहरी कार्यक्रम सञ्चालन, जिशिका तथा सिद्धार्थ क्लवबाट क्रमशः २४ लाख र ११ लाख ७५ हजार रकम प्राप्त गरी ४ कोठे भुकम्प प्रतिरोधात्मक भवनको निर्माण शुरु, विद्यालयको नामी भएको खोलाखेतको सिमाकन, तारबार तथा डोजरको प्रयोग गरी जग्गालाई सम्याउने कार्य र सोको भाडा ब्यवस्थापन, सरस्वती मन्दिर पुनः निर्माण कार्यमा पहल भैरहेको जानकारी गराए ।
विद्यालय र यस क्षेत्रको टोल विकास संस्थाहरु विचको सम्वन्धलाई सुमुधुर बनाउँदै विद्यालय निर्माण तथा संरक्षणमा टोल विकास संस्थाका अध्यक्षहरुको भूमिकालाई सक्रिय बनाएको उनले दावी गरे । त्यस अवसरमा शिक्षक अभिभावक संघका अध्यक्ष लोकबहादुर कार्की, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु शरदकान्त सिग्देल, वामनप्रसाद ढेवाजू, दीपक तामाङ्ग, हरिगोपाल वडगामी, विद्यालयका सह–प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि राजेन्द्र भण्डारी, विद्यालयका प्रधानाध्यापक घनश्याम रिजाल, मुक्तिचन्द्र श्रेष्ठ तथा मीना घिसिङ्ग लगायतले आआफ्नो भनाइ राखेका थिए ।

Post a Comment

 
Top