0
गोल्डेन न्यूज संवाददाता
प्रदेश नम्बर ४ कै ठूलो ब्यापारिक मल ‘पोखरा ट्रेड मल’ मा नेपाली नयाँ बर्षको अबसरमा ‘नयाँ बर्ष विशेष कार्यक्रम’ हुने भएको छ । यो कार्यक्रम अन्तर्गत सामान खरिदमा बम्पर उपहार योजना सहित फेशन ट्रेड र विविध सास्कृतिक कार्यक्रम समेत समावेश गरिने शुक्रवार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो । नयाँ बर्षको दिन बैशाख १ गतेदेखि जेठ २६ गतेसम्म सञ्चालन हुने कार्यक्रम अन्तर्गत विगतमा जस्तै बम्बर उपहारहरु, विंगो हंगामा, फेशन शो र विविध सास्कृतिक कार्यक्रम समावेश गरिएको सञ्चालक सन्तोष घिमिरेले जानकारी दिए ।  बम्पर उपहार योजनामा ग्राहकले मल भित्र न्युनतम एक हजारको सामान खरिदमा एउटा कुपन प्राप्त गर्ने र साप्ताहिक रुपमा सञ्चालन हुने विंगो हंगामा खेलमा २० हजार रुपैया सम्म जित्न सक्नेछन् । विंगो खेल मार्फत एक सातामा एक देखि पाँच जना सम्मले नगद जित्न सक्नेछन् । वा एकै जनाले २० हजार रुपैया पनि प्राप्त गर्न सक्नेछन् ।

ट्रेड मल भित्र एक हजारको सामान खरिदमा एउटा र २५ सय वा सो भन्दा बढीको सामान खरिदमा तीन थान उपहार कुपन प्राप्त गर्नेछन् । बम्बर उपहार योजना अन्तर्गत अन्तमा पहिलोलाई वासिङ मेसिन, दोस्रोलाई ३२ इन्चको एलइडी टिभी र तेस्रो हुनेलाई फ्रिज उपहार प्रदान गरिनेछ । बम्बर उपहारको नतिजा लक्की ड्र मार्फत जेठ २७ गते दिउसो ३ बजे घोषणा गरिने पोखरा ट्रेड मल एण्ड हाउजिङ प्रालिले जनाएको छ । बैशाख १ देखि जेठ २६ सम्म प्रत्येक हप्ताको शुक्रवार विंगो हंगामा खेल सहित सास्कृतिक कार्यक्रम सञ्चालन गरिने संयोजक नवराज त्रिपाठीले जानकारी दिए । नेपालमै पहिलो पटक फेशन ट्रेड नामक कार्यक्रम सञ्चालन गर्न लागिएको उनले बताए ।  ट्रेड मल भित्र बैशाख १ गतेबाट औपचारिक रुपमा सञ्चालनमा आउने अन्तराष्ट्रिय स्तरको फेसियल हाउसको विशेष संयोजनमा फेशन ट्रेड नामक कार्यक्रम सञ्चालन गर्न लागिएको हो । यो ट्रेड अन्तर्गत प्रत्येक शुक्रवार फेशन शो आयोजना हुने र नयाँ डिजाइन तथा प्रोडक्टहरुको प्रयोगमा सौन्दर्य मेकअप डिजाइनहरु मोडल मार्फत प्रस्तुत गरिने सिनियर ब्युटिसियन सुष्मा महराले बताइन् । फेशन ट्रेडमा देशभरका मोडलहरु सहभागी हुने बताइएको छ । विशेष पर्व तथा अवसरहरुमा ट्रेड मललाई ग्राहकसँग प्रत्यक्ष जोड्ने अभियान अन्तर्गत नयाँ बर्ष विशेष कार्यक्रम सञ्चालन गर्न लागिएको पोखरा ट्रेड मल एण्ड हाउजिङ प्रालिका अध्यक्ष विन्दु कुमार थापाले जानकारी दिए । कम्पनी सचिव माधब तिमल्सिनाका अनुसार २०७२ असोज २६ देखि औपचारिक रुपमा सञ्चालनमा आएका पोखरा ट्रेड मलमा हाल २२० ब्यापारिक प्रतिष्ठानहरु आबद्ध छन् । ग्राहकको सुविधालाई ध्यान दिदै नुन देखि सुन सम्मका सामान एकै छानोमुनी पाइने गरी मल सञ्चालनमा रहेको उनले बताए ।  पोखरा ट्रेड मलले यसअघि नेपालीको महान पर्व दशै र तिहारको अबसरमा ‘दशैतिहार बम्बर उपहार योजना’ सञ्चालन गरेको थियो ।









Post a Comment

 
Top