0
गोल्डेन न्यूज संवाददाता
नयाँ वर्ष २०७४ को पहिलो बिहानीसँगै आदर्श समाज दैनिक २२ औं वर्षमा प्रवेश गरेको छ । पोखरा न्यूरोडस्थित पत्रिकाको प्रधान कार्यालय परिसरमा शुक्रबार २१ औं वार्षिकोत्सव समारोह सम्पन्न भयो । उक्त अवसरमा पत्रिकाले विभिन्न विधाका चार कर्मचारीलाई सम्मान गर्नुका साथै स्वतन्त्र पत्रकार संघको कार्यालय सञ्चालन सहयोगार्थ एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेको छ । समारोहमा प्रमुख अतिथि मानव मिलन अन्तर्राष्ट्रिय संस्थाका संस्थापक नेपाल केशरी डा. मणिभद्र मुनिजी महाराजले शुभकामना अन्तस्करणबाट हुनुपर्ने बताए । उनले कसैको पनि कुभलो चिताउन नहुने भन्दै मनलाई मङ्गलमय बनाउनुपर्नेमा जोड दिए । उक्त अवसरमा प्रजातन्त्र सेनानी लीलाभक्त आचार्यले आदर्श समाज पत्रिकाले पश्चिमाञ्चलमै आफ्नो छुट्टै पहिचान बनाएको बताए ।पत्रिकाका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोलाले पत्रिकालाई निरन्तरता दिन सघाउ पु¥याउने सम्पूर्णप्रति आभार व्यक्त गरेका थिए ।स्वतन्त्र पत्रकार संघका केन्द्रीय महासचिव नवराज पहाडीले आदर्श समाजले संघलाई गरेको सहयोगप्रति आभार व्यक्त गरे । साथै उनले पत्रिकाले समाजमा सुशासनको जग बसाउन भूमिका खेल्नुपर्ने बताए ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रिकाको टिम स्प्रिट अरुका लागि पनि प्रेरणादायी रहेको भन्दै पत्रिकाको थप प्रगतिको शुभकामना दिए । उनले समृद्धिको आयाम के के हुन् भनी पत्रिकाले त्यसतर्फ पनि ध्यान दिनुपर्ने भन्दै नयाँ संरचनासँगै प्रदेश नम्बर ४ को सशक्त पत्रिका बनोस् भनी कामना गरे । उक्त अवसरमा लामो समयदेखि पत्रिकामा आवद्ध रही योगदान पु¥याएकोमा विभिन्न विधामा चार कर्मचारीलाई जनही पाँच हजार र सम्मानपत्रसहित सम्मान गरिएको छ । सम्मानित हुनेमा रिपोर्टिङ तथा सम्पादन विभागबाट सहायक सम्पादक प्रकाशचन्द्र सापकोटा, प्राविधिक विभागबाट वरिष्ठ कम्प्युटर अपरेटर शेरबहादुर कुमाल, बजार व्यवस्थापनबाट सह–बजार व्यवस्थापक बलराम बास्तोला र वितरण विभागबाट बजार प्रतिनिधि राजकुमार श्रेष्ठ छन् । पत्रिकाका प्रधानसम्पादक बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको साहित्यकार असफल गौतमले सञ्चालन गरेका थिए ।






Post a Comment

 
Top