0
फूल अनेक प्रकारको हुन्छ । यो जहा पनि पाईन्छ । जहाको हावापानी जस्तो छ सोही अनुरुप हुन्छ । बगैचामा फूल फूल्दा एकैथरिको फूल भन्दा धेरै थरिको भयो भने अझ सुन्दर र मनमोहक हुन्छ । मानिसमा पनि त्यही हो  थरिथरिका जातहरु एकै ठाउमा भएमा राम्रो हुन्छ । सबैका भाषा संस्कृतिहरुको ज्ञान हुन्छ । केवल एकले अर्कोको दुःख सुख बुझ्न प¥यो भावना बुझ्न प¥यो । जसरी गुलाफको फूलले मान्छेलाई चुपचाप संग प्रभावित पारिदिन्छ केही गर्दैन । गुलाफले म सुन्दर छु  पनि भन्दैन नराम्रो छु पनि भन्दैन । तर मान्छेले उस्को अनुभूति गरि सकेको हुन्छ । त्यसलाई अवचेतन मनमा लगि सकेको हुन्छ । कसैले लानु पर्दैन । उ आफैले लगि सकेको हुन्छ सौन्दर्य लाई बुझ्न दिमाग होइन दिल चाहिन्छ । 
काब्यलाई बुझ्न विचार कम भए पनि भाव चाहिन्छ । जीवनलाई बुझ्न दिमाग धेरै चाहिदैन थोरै दिलको आवश्यकता पर्दछ । संसार बुझ्न दिलको धेरै आवश्यकता पर्दैन । दिल थोरै दिमाग धेरै भए बुझिन्छ । विद्धानको भनाई । प्रकृति विराट छ संस्कृति साघुरो छ । किनकी हिन्दु र अरुको संस्कृति मिल्दैन । सौन्दर्य आनन्द दिमागको देन होइन किनकी जति दिमाग चल्दछ त्यति दुःख चल्न थाल्दछ । दिमागले केवल तृष्णा मात्र लगाउदछ । तृष्णाले दुःख ल्याउदछ त्यो पनि त्यस्तै हो । हाम्रो जीवनमा चाहिने कुराको खोज गर्नै पर्दैन नचाहिदो कुरा हटाए मात्र पुग्दछ । अर्थात नचाहिने कुराबाट पछि हट्नु प¥यो । नचाहिने कुरा विचार अनियन्त्रित भावना, अनियन्त्रत कामना, अनियन्त्रित चाहना लाई निमन्त्रणा गर्नु नसक्नु भनेको पानीलाई फिल्टर गर्न नसक्नु जस्तै हो । त्यसमाथि काबु पाउन नसक्नु भनेको पानीलाई फिल्टर गर्न नसक्नु हो । फोहर भयो भने शुद्ध पार्ने उपायहरु प्रशस्तै छन् । पानीलाई फिल्टरबाट  शुद्ध पार्न सकिएन भने निरास बन्नु पनि पर्दैन । पानीलाई छानेर पनि शुद्ध पार्न सकिएन भने आशा मार्नु पर्दैन एउटा अर्को उपाय पनि हुन्छ । त्यो हो पानीलाई आगो माथि चढाई दिनु । विशाक्त तत्व जान्छ तर पानी जल्ने उपाय हुदैन । 
त्यसमा रहेका  विकारहरु मात्र जल्दछन् तर पनि दब्दैन । पानीलाई आगोले निल्न खोज्छ डढाउन खोज्छ तर पनि वाष्प भएर उडिदिन्छ आकाशतिर आगोले उस्लाई छुनै सक्दैन । जलेर खाक हुने त विकार मात्र हो । त्यस्तै जीवन पनि जव पानी जस्तै फोहर बन्न खोज्दछ त्यसलाई पनि आगोमा विकार हटाउन जलाउनु पर्दछ त्यो आगोको ताप भनेको साधना हो आगै चाहिदैन । जव जीवनमा विकार हुदैन । तव त यो जीवन पनि राम्रो फूल जस्ते सुवास दिन खोज्दछ । सबैले सुवास लिन खोज्दछन् । असल सुवास नभएको मानिस संग कोही नजिक पर्न खोज्दैनन् । प्रत्येक मानिसमा आफ्नै स्वाभिमान छ आफ्नै नैतिकता छ । आफ्नै पहिचान पनि छ मानिसहरुले बाचिन्जेल कति खायो र कति निकाल्यो संग समाजलाई सरोकार हुदैन । समाजलाई सरोकारको विषय भनेको उस्ले बाचुन्जेल समाजलाई के दियो हो । ब्रम्हाजीको सृष्टि मध्ये सर्वश्रेष्ठ प्राणी मानव हो । मानवको सर्वश्रेष्ठ कमाई भनेको मलामी हो अरु केहि होइन । 
सवैभन्दा बलियो इश्वर भनेकै प्रकृती हो जस्ले सबै कुरा उत्पादन गरि दियो । राम्रो वा नराम्रो भनि छुट्याउन सक्ने क्षमता आफूमा हुन प¥यो। कसैलाई दोष थुपारेर मात्र हुदैन । जस्तो प्राकृतिले नुनको ब्यवस्था गरिदियो । खाने नुन अत्यावश्यक चिज हो । त्यो नुन खाना खाने तरकारीमा राख्दा धेरै राख्यो भने चर्को भएर तरकारी मीठो हुदैन कम राखेपनि, ठीक्क मिलाएर राखेको जस्तो स्वदिष्ट तरकारी बन्दैन । त्यसैले हरेक कुरा गर्दा राम्रो सबैलाई पच्ने खालको  हुन प¥यो । अनि सबैलाई कल्याण हुन्छ भलाई हुन्छ । हुनत हाम्रो शरिरमा भएका इन्द्रियहरुको अवस्थानै यस्तो छ । कुनै गुलाफको फूललाई आखाले देख्यो भने आखाले भन्छ त्यो गुलाफी छ । नाकले भन्छ यसमा मीठो सुगन्ध छ । छालाले भन्छ त्यो कोमल र शीतल छ । 
हल्लाउँदा कानले भन्दछ यसमा ज्यादै हलुङ्गो फटाफट गर्ने आवाज छ । सबै कुरा एउटै इन्द्रीयले बताउन सक्दैन सबै इन्द्रियहरु मिलेर पनि बस्तुको पुरा स्वभावलाई बताउन सक्दैनन् । यदि मनले चाहेन भने नजिकमा रहेको फूल पनि ख्याल हुदैन । उस्को सबै विषयमा बताउने त कता हो कता र हरेक समाजमा हरेक ठाउमा  कतै न कतै तर्क शास्त्रीहरु हुन्छन । यसै सन्दर्भमा  एकजना मान्छे तर्क शास्त्रि थियो तर  विचरा उ अन्धो थियो । दुवै आखा नदेख्ने थियो । उ सधैं तर्क मात्र गरिरहन्थ्यो। उसले भन्ने गथ्र्यो यदि प्रकाश छ भने मलाई देखाइ देउ, मलाई चखाइ देउ, मलाई छुवाई देउ, मलाई सुनाई देउ । उस्ले यस्तो प्रश्न राखेर सबै तर्क शास्त्रिहरुलाई हराई दियो । अरु तर्क शास्त्रिहरुले उस्लाइ धेरै सम्झाए बुभाए प्रकाश सेतो हुन्छ । तर उसले भन्यो सेतो कस्तो हुन्छ । 
तर्कशास्त्रीहरुले एउटा कटौरामा दूध ल्याए सम्झाए । के सेतो भनेको दुध जस्तै हुन्छ । त्यो अन्धोले दुधमा हात डुवाएर भन्यो ए सेतोको मतलव तरल हुँदोरहेछ । तर्कशास्त्रिहरुले मुन्टो झुकाए । बुद्धले पनि उस्लाई सम्झाउन सकेनन् । अन्त्यमा बुद्धले भने यसलाई आँखा खोली दिन प¥यो नत्र यस्ले बुझ्दै बुझ्दैन त्यसैले हरेकको मनले चाहेको हुनु प¥यो । हरेक विषयमा भित्री बाहिरी तवरले आखा देख्न प¥यो नत्र तर्क मात्र गरिरहने वास्तविक कुरा थाहा नहुने स्थिति खडा हुन्छ । हाम्रो राजनितीमा पनि धेरै तर्क शास्त्री  नेताहरु छन् । अरुको कुरा नखाने आफ्नो तर्क मात्र अगाडि सार्दछन् । यसबाट निकास पाउन कठीन हुदो रहेछ । निकास नभएपछि विकासको ढोका बन्द हुन्छ खुल्नै सक्दैन । 
एकजना विद्यार्थीले शिक्षकलाई भनेछ मान्छे संगतबाट फेरिने रहेनछ सर । शिक्षकले भनेछन् डाडुलाई जति दालमा डुवाए पनि त्यसले दालको स्वाद लिन सक्दैन । त्यस्तै माछा पानीमै बस्दछ तर पानीबाट निकाल्यो भने गन्हाउन थाली हाल्छ पानीले त पाखाल्नु पर्ने हो  नि गन्धलाई तर त्यस्तो हुदैन संस्कार भनेको यो जन्मको कुरा हुँदैन भनेछन् । त्यस्तै अवस्था छ हाम्रा नेताको, देशको अवस्था पहिलो जे थियो त्यहि छ नयाँ कुरा दिन सकेका छैनन् । प्रयास गरेपनि सफल हुन सकेका छैनन् । उनीहरुमा पनि पुरानो संस्कार छ । 
संस्कारले छाडेकै छैन जति चम्के पनि जुनकिरी अग्नी बन्न नसक्ने रहेछ । मान्छेको स्वभावै उज्यालो मन पराउने हुन्छ । मान्छेको स्वभाव अध्यारोमा असुरक्षित संझने मन नपर्ने र डराउने भएर नै राती सबै झ्याल ढोका लगाएर भित्र बस्ने गर्दछन् । मान्छेले समाज र आफ्नो लागि जे जति बनाए आविस्कार गरे श्रृजना गरे ती सबै उज्यालोमा नै  गरेका हुन् । यदि राती कुनै  काम गर्नु परेमा बत्ति बालेर मात्रै गरिन्छ । जहा जहा विजुली पुगेको छ त्यहा दिनको उज्योमा  मात्र नभै राति पनि केहि न केही गरेर मानिसहरु सक्रिय रहेका हुन्छन् । जहा जहा विजुली छैन त्यहाका मान्छे दिनको उज्यालेमा मात्र सक्रिय भई साझ पर्नासाथ सुतिहाल्दछन् । 
किनभने काम गर्नलाई उज्यालो चाहिन्छ र सिर्जनाको मुहाननै उज्यालो हो किनकी हरेक मान्छेले उज्यालो देख्न चाहन्छन् । जलश्रोतको धनी देश भएर पनि मनको उज्यालो नभएका कारण हाम्रो अवस्था अध्यारोमै विताउन बाध्य भएका छौ । हरेक मानिस कुनै रोगीलाई भेट्दा नाना प्रकारका कुरा गरेर रोग बढाउन मद्दत गर्दछन् । निको हुने कुरा प्रायले कम गर्दछन् । हाम्रो राजनितीक अवस्था पनि त्यस्तै छ संविधान बनी सक्यो कार्यान्वयन हुन सकिरेको छैन । केवल बाधा अड्चन तेर्साउन मात्र खोज्दछन् सहमति गरेर टुङ्गयाउन सकेका छैनन् । जसरी राम्रो फूलको सुवास सबैलाई मन पर्दछ । उच्च स्तरका सीर्षथ नेताले पनि आफ्नो चरित्र सुधार गरेर सुवास दिन सकुन । यसैमा सबैको कल्याण हुन्छ भलाई हुन्छ ।



















Post a Comment

 
Top