0
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मधेशी मोर्चा नआएपनि अब स्थानीय तहको निर्वाचन नरोकिने स्पष्ट पारेका छन् । उनले मोर्चाको सहमतिमै सरकारले नयाँ संशोधन विधयेक ल्याउँदापनि मोर्चाले सहमति नजनाएर निहुँ खोजेको आरोप समेत लगाए । उनले मुलुकमा लामो समयदेखि स्थानीय तहको निर्वाचन हुन नसकेको भन्दै अब निर्वाचनमा जानका लागि सबै दल तयार हुनुपर्ने स्पष्ट पारे । अबको निर्वाचनको तयारी, मोर्चाले निर्वाचनमा भाग नलिए के हुन्छ ? प्रत्येक दिन बिहान ६ बजेदेखि ७ बजेसम्म प्रशारण हुने नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलाले नेपाली रेडियो नेटवर्कमार्फत नेता पौडेलसंग गरेको कुराकानी पोखराको सुनौलो एफ.एम. १०२.२ मेगाहर्जमा बिहान ६ बजेबाट प्रशारित अन्तर्वार्ताको सम्पादित अंश ः

चुनाव हुन सक्दैन कि भन्ने द्विविधा छ, अब तपाईहरु कसरी अघि बढ्नुहुन्छ ?
अव अवश्य पनि चिन्ताजनक विषय हो । लामो समयसम्म स्थानीय तहको निर्वाचन हुन सकेको थिएन, जनताले आफ्नो प्रतिनिधि पाउन सकेका थिएन् । अब स्थानीय तहको निर्वाचन तय भैसकेको छ । यो निर्वाचनलाई सहयोग नगर्ने भनेर मधेश केन्द्रित दलहरु चुनाव विथोल्ने जस्तो वा सहयोग नगर्ने गतिविधिमा देखिएका छन्। नयाँ खोलिएका दलहरुले पनि चुनाव विथोल्ने कुरा गरिरहेका छन् । यो पनि दुर्भाग्यपूर्ण कुरा हो । निर्वाचन सम्पन्न भएर अब विकासको गतिमा देशलाई अघि बढाउनुपर्छ ।
चुनाव गराउनको लागि तपाइँहरुसँग ईच्छाशक्ति पनि त चाहियो नि ?
चुनाव गराउनको लागि हामीले सम्पूर्ण तयारी गरिसकेका छौं । निर्वाचन आयोग अघि बढिसक्यो । सरकार अघि बढिसक्यो । दलहरु अघि बढिसके । हामीले गाउँ–गाउँमा उत्सव मनाइरहेका छौं । काँग्रेसले पनि निर्वाचन परिचालन समिति गठन गरेर अघि बढिसक्यो ।
उसो भए मधेशी मोर्चा नआएपनि अब चुनाव हुने भयो होईन त ?
देशमा चुनाव हुन्छ । मधेशी मोर्चाका नेताहरुलाई म के भन्छु भने विपी भन्नुहुन्थ्यो राजनीतिक दलहरुले राष्टिूयताको दृष्टिकोणले सोच्नुपर्यो । नयाँ नयाँ अत्तो थापेर कसैलेपनि अत्तो थापेर विकासलाई अवरुद्ध गर्नुहुँदैन् ।
तर मधेश केन्द्रित दलहरुलाई सँगै लिएर जानको लागि त काँग्रेस चुक्यो नि ?
न त यहाँ काँग्रेस चुकेको हो । न त सरकार नै । उहाँहरुसँग सल्लाह गरेर संशोधन प्रस्ताव अघि बढाइएको हो । सीमांकनका विषय आयोग बनाएर जाने भनिएको हो । उहाँहरुले भने अनुसार जनसंख्याको आधारमा संख्या थप्ने भनिएको हो । उहाँहरुकै चाहना अनुसार प्रस्ताव दर्ता भएको हो ।
तर तपाईहरुले मोर्चालाई आश्वस्त पार्न सक्नुभएन नि ?
निदाएको भान गर्नेलाई उठाउन गाहाूे छ । त्यस्तै भैरहेको छ । उहाँहरुले जे जे भनेको हो, त्यही त्यही गर्दापनि सहमति नहुने ? उहाँहरुको चाहना के हो ? भन्ने कुरा कसैले पनि बुझ्न सकेनन् । मधेशका जनताहरुले पनि कुरा बुझेको छैन् । जनतामा लोकतन्त्र सुनिश्चितता होस् । संघीयता सुनिश्चितता होस् । गणतन्त्र सुनिश्चितता होस् भन्ने नै हो ।
तर मधेशका जनताको अधिकार संविधानमा सुनिश्चितता छैन अरे ?
मधेशी, दलित, मुसलमान सबैको अधिकार छ । छैन छैन भनेर हल्ला मात्रै गर्ने ?
उसो भए तपाईहरुले किन संशोधन प्रस्ताव अघि बढाउनुभएको हो त ?
त्यो हामीले उहाँहरुको गुनासो र माँगहरुलाई सम्बोधन गर्नको लागि ल्याएको हो । तर उहाँहरुले प्रस्तावको बारेमा कुनै रेस्पोन्स नै नगर्ने भन्ने पनि हुन्छ ? कतैबाट पनि सहमति नगर्ने हो भने के गर्ने त?
०७४ साल माघ ७ गतेभित्रै तीन तहकै निर्वाचन सम्पन्न गराउन सक्नुहुन्छ  ?
तीन तहकै निर्वाचन नगराए त यो संविधान त धरापमा प¥यो । यो कुरा त उपेन्द्र यादव र राजेन्द्र महतोले पनि सोच्नुप¥यो नि । नेपालले गरि खान नपाउने ? सबैले सोच्नुपर्ने हो नि । संविधान जारी भएपछिका सबै उपलब्धिहरु लाई संस्थागत गर्ने दायित्व हामी सबैको हो ।

















Post a Comment

 
Top