0
गोल्डेन न्यूज संवाददाता
 नेपाली कांग्रेस क्षेत्र नं. ४ ले १५ वडाको उम्मेदवारको टुंगो लगाएको छ । नेपाली काँंग्रेस क्षेत्र नं. ४ को बुधबार बसेको बैठकले १६ वडाको उम्मेदवारको टुंगो लगाएको हो। क्षेत्र नं. ४ मा दुई गाउँपालिकामध्ये अन्नपूर्णमा गाउँपालिकामा ११, माछापुच्छ«े गाउँपालिकामा ९ र पोखरा लेखनाथ महानगरपाललिकाका ६ वडा रहेका छन्। गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष वडा अध्यक्ष गरी १३४ उम्मेदवार चाहिने एक उपाध्यक्ष सहित ७७ जना उम्मेदवार सर्वसम्मत् टुंगो लागेको नेपाली कांग्रेस क्षेत्र नं.४ का सचिव खिमलाल बाँस्तोलाले जानकारी दिए। उनका अनुसार अन्नपूर्ण गाउँपालिकाको उपाध्यक्षको उम्मेदवारमा खेमकुमारी गुरुङ सर्वसम्मत भएकी छन् ।
अन्नपूर्ण गाउँपालिकमा अध्यक्षका लागि ६ जनाको नाम सिफारिस भएको छ भने माछापुच्छ«े गाउँपालिकामा अध्यक्षमा ६ जना र उपाध्यक्षमा सात जनाको नाम सिफारिस भएको छ। अन्नपूर्ण गाउँ पालिका अन्तर्गत वडा नं. ३ को वडा अध्यक्षमा गमबहादुर गुरुङ दलित महिला सदस्य रुपा अधिकारी, महिला सदस्यमा उजेली केसी तथा खुल्ला सदस्यमा डिल्लीराम पौडेल, बलबहादुर गुरुङको नाम टुंगो लागेको छ।
अन्नपूर्ण गाउँपालिका अन्तर्गत वडा नं. ४ को वडा अध्यक्षमा भरतबहादुर केसी दलित महिला सदस्यमा विमला सुनार, महिला सदस्यमा उजेली पौडेल तथा खुल्ला सदस्यमा अनिलकुमार गुरुङ र अम्मरबहादुर खत्री क्षेत्री उठ्ने भएका छन् भने वडा नं. ५ बाट वडा अध्यक्षमा जीवनाथ पौडेल
(शंकर), दलित महिला सदस्यमा कालिका नेपाली, महिला सदस्यमा भगवती केसी तथा खुल्ला सदस्यमा जसबहादुर विक र शहबहादुर विकको नाम टुंगो लागेको छ। वडा नं.८ को वडा अध्यक्षमा विजय गुरुङ, दलित महिला सदस्यमा गौमाया विक, महिला सदस्यमा भीमकुमारी क्षेत्री तथा खुल्ला सदस्यमा अमृत गुरुङ र टेकबहादुर गुरुङ र वडा नं. ११ को वडा अध्यक्षमा भुवनेश्वर गुरुङको नाम टुंगिएको छ।
त्यसैगरी माछापुच्छ«े गाउँपालिकाको वडा नं. १ को वडा अध्यक्षमा वीरेन्द्र गुरुङ, दलित महिला सदस्यमा श्याम माया सुनार, महिला सदस्यमा जमुन पुन तथा खुल्ला सदस्यमा क्या. निरप्रसाद गुरुङ र कहिले मगर उठ्ने भएका छन् भने वडा नं. २ को वडा अध्यक्षमा गुञ्जमान गुरुङ, दलित महिला सदस्यमा मनकुमारी विक, महिला सदस्यमा भीमकुमारी गुरुङ तथा खुल्ला सदस्यमा भीमबहादुर गुरुङ र गणेश आचर्यको नाम टुंगिएको छ।
त्यसैगरी वडा नं.३ मा वडा अध्यक्ष वाहेक सदस्यको टुंगो लागोको छ। दलित महिला सदस्यमा कोपिला परियार, महिला सदस्यमा मिना सुवेदी तथा खुल्ला सदस्यमा भीमबहादुर पुन र प्रेमबहादुर जसी उठ्ने भएका छन्। वडा नं. ५ को वडा अध्यक्षमा लालबहादुर गुरुङ, दलित महिला सदस्यमा शिला विक, महिला सदस्यमा मनु बुढाथोकी तथा खुल्ला सदस्यमा नन्दलाल लामिछाने र गंगाबहादुर गुरुङको नाम टुंगिएको भने वडा नं. ६ र ९ मा महिला सदस्यमा क्रमशः हरिमाया अधिकारी र शिरकुमारी तामाङको नाम मात्रै टुंगिएको छ। त्यस्तै पोखरा लेखनाथ महानगरपालिका वडा नं. २ को वडा अध्यक्ष वाहेक सदस्यको सवै नाम टुंगिएको छ। जसमा दलित महिला सदस्यमा सुनिता सुनार, महिला सदस्यमा गोमा सुवेदी तथा खुल्ला सदस्यमा गौतम विजुक्छे र प्रमोद पराजुलीको नाम टुंगो लागेको छ। वडा नं.१८ को वडा अध्यक्षमा भरतबहादुर थापा र दलित महिला सदस्य सम्झना सुवेदीको टुंगो लगाउँदै गर्दा वडा नं. २४ मा भने वडा अध्यक्षमा भरतबहादुर अधिकारीको नाम मात्रै टुंगो लागेको छ। 
त्यसैगरी, वडा नं. २२ को वडा अध्यक्षमा अशोक गुरुङ, दलित महिला सदस्यमा देउकुमारी विक, महिला सदस्यमा ओमकुमारी गुरुङ खुल्ला सदस्यमा मातृकाप्रसाद बराल र सन्तोष दियालीको नाम टुंगिएको नेपाली कांग्रेस क्षेत्र नं. ४ का क्षेत्रीय सदस्य तथा प्रचार–प्रसार विभाग प्रमुख प्रकाशचन्द्र सापकोटाले जानकारी दिए। बाँकी वडाको उम्मेदवार शुक्रबार बेलुकासम्म टुंग्याउने नेपाली कांग्रेस क्षेत्र नं.४ का सभापति पोषनाथ शर्माले जानकारी दिए।






Post a Comment

 
Top