0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रियताको चुरोलाई नेपाली कांग्रेसले निरन्तर समातिरहेको र विपिले सिकाएको कुरापनि राष्ट्रियता नै प्रमुख रहेको बताएका छन् । नेपाली कांग्रेस स्याङ्जा–पोखरा सम्पर्क समितिद्वारा शनिबार पोखरामा आयोजित शुभकामना आदान–प्रदान तथा कार्यकर्ता भेलालाई संवोधन गर्दै नेता महतले २००७ सालदेखि नै नेपाली कांग्रेसले राष्ट्रियताको नारा लगाउँदै आएको स्पष्ट पारे । उनले विपि कोइरालालाई देशद्रोही भन्ने कम्युनिष्टहरु अहिले भने विपि कोइराला जस्तो नेताको नीति र आदर्श कांग्रेसले भुलेको भन्दै विपिको प्रशंसा गर्ने गरेको बताए । उनले विदेशीहरुलाई गाली गरेरमात्र देश बलियो हुन नसक्ने भन्दै हाम्रो आवश्यकता र अधिकारलाई कुटनीतिक तवरले समाधान गर्नुपर्नेमा जोड दिए । मन्त्री महतले संसदबाट संविधान संशोधनको प्रस्ताव फिर्ता गरि अर्को संशोधन राखिएको भएपनि एमालेले राष्ट्रियताको बाहनामा मधेश केन्द्रित दलहरुलाई विभाजित गर्ने षड्यन्त्र गरिरहेको र एमाले अध्यक्ष ओलीले मधेशीको भावनामाथि खेलवाड गरिरहेको आरोप लगाए ।  यसै सन्दर्भमा उनले भने–‘मधेशीहरुले पनि आफ्नो माग थप्दै जाँदा मुलुक जटिलतातर्फ उन्मुख हुने भएकाले कांग्रेस सुभ्mबुभ्mका साथ समस्या समाधानका लागि अघि बढिरहेको छ ।’ नेता महतले २००७ सालमा प्राप्त प्रजातन्त्रलाई संस्थागत गर्न सकेको भए मुलुक संवृद्धिको दिशामा धेरै अघि बढ्ने थियो भन्दै विकास निर्माण, संवृद्धि र समानताका लागि कांग्रेसले चालेका कदममा एमाले बाधक बनेको आरोप लगाए। कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी, स्याङ्जा कांग्रेसका सभापति एवं सांसद कमल पगेनी, सांसद राजु थापा, कर्मचारी युनियनका डार्विन लम्साल, कांग्रेस पोखरा–१७ का सभापति देवराज आचार्य, पूर्व सभापति पुण्डरी बराल,  प्राध्यापक बोधराज ढकाल लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रमको अध्यक्षता पवन ढकालले र संचालन तिलक पौडेलले गरेका थिए । 








Post a Comment

 
Top