0
पेरोनिया डिजिज पुरुषको लिंगमा देखा पर्ने एक प्रकारको विकार हो । यस रोगबाट प्रभावित व्यक्ति पिसाव फेर्न अप्ठ्यारो हुनुका साथै स्त्रीसंग संभोग गर्न सक्दैन । यस रोगबाट पीडितलाई उत्तेजना नै आउदैन । उत्तेजित भएपनि संभोगका बेला लिगंमा सहनै नसक्ने गरी पीडा हुन्छ । साथै रोगीको लिगं देब्रे, दाहिने वा तलमाथी वाड्गो भएर झट्ट हेर्दा अग्रेजी “यू“ को आकार जस्तो देखिन्छ । लिंगमा लचकपन हुँदैन कडापन देखिन्छ । यसरोगबाट पीडित व्यक्तिको पेनिसको आवरण (बाहिरीछाला) भित्रपट्टी एक किसिमको बाक्लो र कडाखालको सेतो लेउ (जालो) को टुक्रा जस्तो लेयर जमेको हुन्छ । फंगस् किसिमको यो जालो व्यक्तिको  लिंगको माथिल्लो या तलको भागमा भित्रपट्टी जमेको पाईन्छ । साथै लिंग सुन्निन्छ । त्यसैले लिंग बाङ्गिने पीडादायी हुने हो । यो रोग नपुंसकताको एउटा रुप हो भन्दा अत्युक्ति नहोला । यो समस्या कुनैपनि जात(जाति र जुनसुकै उमेरका पुरुषहरुलाई प्रभावित गर्न सक्छ ।  एक रिपोर्ट अनुसार विश्वका चालिस बर्ष माथिका १७५ प्रतिशत पुरुषहरु यस रोगबाट पीडित छन् ।  तीस बर्ष मुनिका युवाहरुमा यो रोग कमै मात्रा पाईन्छ । पेरोनिया डिजिज( संक्रामक या (एसटीडि) अर्थात सेक्सुअल ट्रान्समिशन डिजिज (यौन रोग) बाट एक अर्कामा सर्ने रोग होईन । यो मानिसको आफ्नो शरीरको अटोईम्युनो अन्तर्गत हुने एक किसिमको रोग हो भनेर भनिन्छ । 

यस रोगका कारणः विषेशज्ञ चिकित्सकहरुका अनुसार यस रोगको सही कारण अझै अज्ञात छ । यसको कारण ठोकुवा गर्न सकिने अवस्था छैन । अनुमान के गरिन्छ भने–एथेलिटिक्स खेलकुद गतिविधि गर्दा लिंगमा लागेको कुनै गम्भिर प्रकारको चोट पटक या कुनै दुर्घटनामा परी लिंगमा चोट लागेको कुन सक्छ । जसको परिणामस्वरुप यो रोग हुन सक्छ । यसैगरी अत्याधिक हस्तमैथुन गर्नु या सानै उमेर देखि ब्रक्मचार्य मा वस्नु । यस्तै कुनै पुरानो रोगको लामो समयसम्मको उपचारको क्रममा हुन सक्छ। रोगीको पारिवारिक ईतिहासलाई हेर्दा–यदि कसैलाई यस किसिमको रोग भएको भेटिन्छ भने परिवारका अन्य सदस्यलाई पनि हुने संभावना रहन्छ । यसरी नै अटोईम्यनो रोगको कुनै हिस्सा पनि हुनसक्छ यो रोग भन्ने कुरामा विश्वास गरिन्छ ।
लक्षणः पियोरोनियाज डिजिजबाट प्रभावित व्यक्तिको लिंगको आवरण  (भित्र) माथि या तलपट्टि (प्लक) धातुको टुक्रा जस्तै कडा खालको सेतो लेउ जमेको हुन्छ । यो लेयर बिस्तारै–बिस्तारै फेलिंदै जान्छ । लिंग बाङ्गिनु, सुनिन्नुका साथै दर्द महशुस हुनु, पिशाब फेर्न अप्ठयारो हुनु, पिशाव फोर्सले नहुनु । व्यक्तिको लिंग दायाँ, वायाँ वा तलपट्टि मोडिएको यु आकारको जस्तो हुनु । स्त्रीसंग सहवासको लागि उत्तेजनामा आउदा या संभोगको दौरान लिंगमा  अत्यन्तै पीडा हुनुका साथै पेनिस खुम्चिएर सानो हुन्छ । यसले गर्दा व्यक्ति संभोग गर्न असमर्थ हुनुका साथै लज्जित महसूस गर्दछ । पिरोनियाज रोग को लक्षण कसै कसैमा बिस्तारै–बिस्तारै विकशित हुन्छ भने कसैमा चाडै नै देखापर्न सक्छ । १० देखि १५ प्रतिशत बिरामीहरुमा यो रोग एउटा निश्चित प्वाईन्टमा आएर रोकिने हुन्छ । 

यस रोगका जटिलता स् यस रोगबाट पीडित व्यक्ति शारीरिक रोगबाट पीडित हुनुका साथै मानसिक समस्याबाट पिरोलिनछन् । जस्तै, यौन क्षमतामा कमि आउनु, लिंगको अवस्था बारे सोचेर चिन्ता या तनावमा हुनु । आफ्नो विवाहको बारेमा या यौन साथीसंगको सम्मन्धलाई लिएर सधै मानसिक तनावमा पर्नु । विवाह गर्न नमान्नु वा विवाहको कुरै नगर्नु,  संभोग गर्न असमर्थ भएको कारणले नपुंसक भईएला कि भन्ने एक प्रकारको डर मनमा बराबर भईरहनु । पत्नीलाई गर्भधारण गराउन नसक्ने, सन्तान जन्माउन नसक्ने । पिता बन्न नसक्ने । जीवन साथीलाई यौन संन्तुष्टी दिन नसक्नु । यस्तो जीवन बाँच्नुभन्दा मर्नु नै वेश छभनेर आत्महत्या गर्ने प्रयास गर्नु आदि मानसिक समस्या आउन सक्दछ । 
रोगको निदान ः पिरोनियाज रोगको निदानको लागि एउटा युरोलोजिष्ट 
(मुत्ररोग विशेषज्ञ) ले आवश्यक्ता अनुसार शारीरिक परिक्षण गर्नुका साथै अन्य परिक्षण पनि गराउन सक्छ । जस्तै, ईमेजिगं परीक्षण, लिंगको अल्ट्रासाऊन्ड, लिंगको एक्स–रे पनि गराउनु पर्ने हुनसक्छ । यसबाहेक बिरामीको लिंगको फङ्क्शनर डिसफंक्शन थाहा पाउन को लागि बिशेषज्ञ द्वारा एक प्रकारको ईन्जेक्शन पेनिसमा लगाईन्छ । जसबाट लिगंको उत्तेजना वा शिथिलता हुने समयको बारेमा चिकित्सकलाई जानकारी हुन्छ । 
उपचारः पिरोनियाज डिजिजको उपचार एक मुत्ररोग बिशेषज्ञ 
(युरोलोजिष्ट) बाट नै सफलता पूर्वक हुन सक्छ । यसकारण अन्य सामान्य चिकित्सकहरु कहाँ यस प्रकारको रोग लिएर यदि कोई बिरामी आउछभने प्रायः डाक्टरहरुले मुत्ररोग बिशेषज्ञ कहाँ रिफर गर्दछन् । सम्बन्धित रोग बिशेषज्ञबाट नै रोग तथा रोगीको शारीरिक अवस्था हेरेर औषधिद्वारा उपचार गर्ने या अपरेशन गर्ने कुराको निर्णय गरिन्छ । त्यसै अनुसारको उपचारको प्लानिङ रोगी तथा चिकित्सकको आपसी सल्लाहले निर्धारण गरिन्छ । 
उपचारको उद्देश्य ः यस रोगबाट लिंगमा हुने दर्दलाई कम गर्नुका साथै व्यक्तिको संभोग गर्ने क्षमतालाई कायम नै राख्नु हो । नन–सर्जिकल अर्थात अपरेशन नगरिकन औषधि प्रयोग को माध्यमले उपचार गर्ने उद्देश्यले लिंगको टेडोपना, फंगस  जस्तो लेउको टुक्रालाई कम गर्न सर्जिकल ः यस रोगको अपरेशन गर्न अत्यधिक महंगो पर्छ । अपरेशन गरेपश्चात पनि कुनै ग्यारन्टि छैनकी तपाई यस रोगबाट मुक्त हुनुहुन्छ भनेर । यसरोगको अपरेशन हालसम्म पाँच प्रतिशत मात्र सफल भएको छ । पन्चनब्वे प्रतिशत छैन भनेर भनिन्छ । यसबाहेक 
(पोष्टअपरेटिब ईफेक्ट) अपरेशन गरे पश्चात देखिने समस्याहरु पनि छन् । अपरेशनपछि लिंग सामान्य आकार भन्दापनि सानो हुन जान्छ । 
सल्लाह ः यस रोगबाट प्रभावित व्यक्तिले सन्तुलित भोजन गर्ने, नियमित रुपले व्यायाम गर्ने, धुम्रपान तथा मधपान नगर्ने, लिंगको आकार बढाउने, कामोउत्तेजना बढाउने जस्ता खालका बजारमा पाईने अबैध औषधिहरुको सेवन नगर्ने । 
होमियोप्याथिक ः यस चिकित्सा बिधिबाट पनि रोगीको उपचार हुन सक्छ । यस रोगको उपचार गर्दा रोगीको मानसिक एवं शारीरिक लक्षणहरुलाई मध्ये नजर राखेर समष्टिगत लक्षणको आधारमा रोगीको लागि उपयुक्त औषधिको छनौट गरिन्छ । यस रोगमा रोगीको लक्षणअनुसार प्रयोग हुने केहि होमियोप्याथिक  औषधिहरु निम्नलिखित छन् । (१) आर्निका, साइलिसिया, कालिआयोड, सेलिनियम, गुयेकम, ग्रेफाइटिस, भिटामिन–ई । यसबाहेक बाह्रय प्रयोग (एक्सट्रनल युज) गर्नको लागि (कास्टरआयल) अरन्डिको तेललाई हल्का तातो गरी  लिंग लगाई हल्का मसाज गर्ने भनि सिफारिस गरिन्छ । उपरोक्त औषधिहरु आफ्नो नजिकको कुनै योग्य तथा अनुभवी होमियोप्याथिक चिकित्सकसंग सल्लाह गरी प्रयोग गरेमा लाभदायक हुनेछ ।


गर्मीमा यसरी गरौं बच्चाको हेरचाह
 जाडो सकिएर बिस्तारै गर्मी मौसम आउँदै छ । मौसम परिवर्तनसँगै यो बेला बच्चाहरुमा विभिन्न स्वास्थ्य समस्या देखिन्छ । यस्तो मौसममा बच्चालाई घमौरा र घाउ(खटिरा आउने, धेरै पसिना आएर चिसो लाग्ने, बढी गर्मीले एलर्जी हुने जस्ता समस्या देखा पर्छ । त्यसैले गर्मीमा बालबालिकाको हेरचाह गर्दा निम्न कुरा ख्याल गर्नुपर्छः
सहज पहिरन लगाइदिने
गर्मीमा बच्चालाई सुती कपडा लगाइदिनु निकै उपयोगी हुन्छ । अन्य कपडाले ताप ग्रहण गर्ने र पोल्ने भएकोले सुतीको लुगाले उनीहरुलाई शीतल र सहज हुन्छ । उनीहरुलाई उकुसमुकुस हुने गरी धेरै कसिलो पहिरन पनि लगाइदिनु हुादैन । यद्यपि घर बाहिर कतै निस्किँदा भने शरीर पूरै ढाक्ने लुगा लगाइदिनुपर्छ ।
बेलाबेलामा डाइपर परिवर्तन गर्ने
गर्मी याममा पसिना आएर शरीरमा ब्याक्टेरिया पैदा गर्ने भएकोले विशेष सावधानी अपनाउनुपर्छ । खासगरी डाइपर निश्चित समयको अन्तरालमा बदल्ने गर्नुपर्छ । तीन घण्टाको अन्तरालमा बदल्नु उपयुक्त मानिन्छ । बच्चालाई डाइपर परिवर्तन गर्दा डाइपरले ढाक्ने भाग राम्ररी सफा गर्नुपर्छ । सुख्खा बनाएर मात्र नयाँ डाइपर लगाइदिनुपर्छ ।
झोल पदार्थ खुवाइरहने
गर्मीको मौसममा धेरै पसिना निस्किने भएकाले शरीरमा पानीको मात्रा कम हुन्छ । त्यसैले दूध चुस्ने उमेरका बच्चाहरुलाई दूध र अन्यलाई झोल पदार्थ बेलाबेलामा खुवाइरहनुपर्छ । गर्मीको समयमा भोक कम लाग्ने भएकाले स्वाभाविक रुपले ठोस कुरा उनीहरु खान रुचाउँदैन । त्यसैले सकेसम्म उनीहरुलाई झोल पदार्थको सेवनमा जोड दिनुपर्छ ।
तेलले मालिस नगर्ने 
गर्मी याममा बच्चाको शरीरमा तेल लगाइदिनु राम्रो मानिँदैन । यसले एलर्जी हुन सक्छ । तेल लगाएपछि राम्ररी नुहाइदिएन वा सफा गरिदिएन भने छालासम्बन्धी समस्या निम्त्याउँछ । गर्मी भयो भनेर बच्चालाई पूरै शरीरमा पाउडर लगाइदिने कतिपयको बानी हुन्छ ।  त्यसो पनि गर्नुहुँदैन ।
नियमित नुहाइदिने
गर्मीको मौसममा बच्चालाई नियमित रुपमा नुहाइदिनुपर्छ । साँझको समयमा चिसो स्पन्ज बाथ दिने र पछि क्रिम मसाज गर्ने गर्नुपर्छ ।
कोठाको तापमान स्थिर राख्ने
बच्चा राख्ने कोठाको तापमान सन्तुलिन राख्नुपर्छ । किनकि तापमानमा परिवर्तन हुँदा बच्चाको स्वास्थ्यमा असर गर्छ । यदि कोठामा एसी प्रयोग गर्नुहुन्छ भने तापमान २४ डिग्रीमा राख्नुहोस् । यसका साथै कोठा गुम्सिएको हुनुहुँदैन । स्वच्छ हावा आउजाउ गर्ने खुला खालको हुनुपर्छ ।
चर्को घाममा बाहिर ननिकाल्ने
दिउँसोको कडा घाम बालबालिकाको लागि राम्रो हुँदैन । चर्को घामले बच्चाको कोमल छालामा सोझै असर गर्छ । त्यसैले चर्को घाममा बच्चालाई बाहिर निकाल्नु हुँदैन । बरु घाम डुबिसकेपछि साँझपख केही समयका लागि उनीहरुलाई बाहिर निकालेर डुलाउन सकिन्छ ।














Post a Comment

 
Top