0
गोल्डेन न्यूज संवाददाता
पञ्चामृत नाट्य समूह पोखराको ब्यवस्थापनमा पोखरामा निर्माण हुन लागेको पोखरा थियटर शिलान्यासको तयारी पुरा भएको छ । यही चैत १४ गते सोमबार विश्व रंंगमञ्च दिवसको अवसर पारेर  थियटरको शिलान्यास गर्न लगिएको हो । थियटरको कास्की जिल्लाबाट ब्यवस्थापिका संंंंसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका सांंसदहरुले एकै साथ शिलान्यास गर्नेछन् । थियटरको सांसद शारदा पौडेल, रविन्द्र अधिकारी र तेज कुमारी पौडेलले संयुक्त शिलान्यास गर्ने पञ्चामृत नाट्य समुह तथा पोखरा थियटरका अध्यक्ष परिवर्तन कार्कीले जानकारी दिए। पोखरा लेखनाथ महानगरपालीकाको गैह्रापाटन  स्थित सवा एक रोपनी क्षेत्रफलको जग्गामा निर्माण हुन लागेको थियटरको लागत ५० लाख  लाग्ने भएको छ । सुविधा सम्पन्न अत्याधुनिक  थियटरबाट एकै साथ २०० जनाले नाटकको मज्जा लिन सक्ने छन् ।  थियटरमा १०० भन्दा बढी मोटरसाइकल र गाडीका लागि समेत  पार्किङ स्थल निर्माण गरिने छ । थियटरलाई बहुउदेश्यीय हलको रुपमा पनि प्रयोग गर्न सकिने छ । थियटर साउनसम्ममा संंचालनमा ल्याउने लक्ष्य राखिएको समूहका अध्यक्ष तथा थियटर निर्माण समिति संयोजक परिवर्तन कार्कीले जानकारी दिए । थियटरले नाटकलाई जिवन्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने छ । थियटर निर्माण पोख्रेली रंगमञ्चको विकासमा कोषेढुंगा सावित हुने र यसले पुराना नाट्यकर्मीलाई रंंगमञ्चमा फर्कन पुनः दवाव दिने परिवर्तनले बताए। समूहले थियटर निमार्णसंगै छिटै नयाँ नाटक मञ्चन गर्ने भएको छ । थियटर शिलान्यासको अवसरमा पत्रकार राजाराम पौडेल र अग्रज रंगकर्मी हेमन्त हितौषीलाई सम्मान गरिने छ ।








Post a Comment

 
Top