0
गोल्डेन न्यूज संवाददाता
पोेखरा लेखनाथ महानगर पालिकाको वडा नं १८ आदर्शबस्ती सराँकोटमा निर्माण हुुन लागेको खानेपानी आयोजनाको शुक्रबार शिलान्यास गरिएको छ । ढ्वाङ्गको मुहान धारापानी खानेपानी  उपभोक्ता समितिका अध्यक्ष शिवप्रसाद कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि महानगरपालिकाका योजना प्रमूख इन्जिनियर  शारदामोहन काफ्लेले शिलान्यास गरेका हुुन् । सो आयोजना कास्की क्षेत्र नं ४ बाट  प्र्रत्यक्ष निर्वाचित सभासद सीता  गिरीद्वारा विनियोजित संसद विकास कोष, उपमहानगर  पालिका तथा स्थानीय जनताको सहयोगमा निमार्ण  भइरहेको हो ।  आयोजनालाई नेपाल खानेपानी संस्थान पोखरा शाखाले पनि प्राविधिक सहयोग गरेको छ । कार्यक्रममा महानगर पालिकाका योजना शाखा प्रमुख काफ्लेले स्थानीय विकास निमार्णका कार्यमा जनतासँग  हातेमालो गरेर अगाडि बढ्न आफूहरु तयार रहेकोे बताए । उनले महानगरपालिकाको  क्षेत्र भएरपनि उक्त बस्तीमा खानेपानीको अभाव रहँदै आएको भन्दै अन्य पूर्वाधारको विकासमा पनि जोड दिए ।  कार्यक्रममा महागरपालिका कार्यलय वडा नं  १८ का सचिव रुद्रप्रसाद बस्ताकोटीले  आयोजना सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहने बताए  ।  खानेपानी उपभोक्ता समितिका अध्यक्ष कोइरालाले आयोजना सम्पन्न गर्नका लागि सरकारी  निकायबाट सहयोग हुनुुपर्नेमा जोड दिए । कार्यक्रममा उपभोक्ता  समितिका सल्लाहकार रुद्र तिमल्सिना, कोषाध्यक्ष राधा तिमल्सिना, सचिव कमल भण्डारी, नेकपा माओवादी केन्द्रका  केन्द्रीय  सदस्य राजुु तिमल्सिना, नेकपा एमालेका स्थानीय नेता रणबहादुर थापा  र आदर्शबस्ती टोल विकास संस्थाका अध्यक्ष गोपाल खड्का लगायतले आ–आफ्नो भनाइ राखेका थिए । उक्त खानेपानी आयोजनाबाट त्यस बस्तीका चार सय घरपरिवार लाभान्वित हुने बताइन्छ ।  बस्ती नजिकको पस्र्याङ्गस्थित ढ्वाङ्ग मुहानबाट ल्याइएको  पानीलाई  लिफ्टिङ्ग गरेर ट्यांकीमा संकलन गरि उपभोक्तालाई धारबाट वितरण गरिनेछ । मूलबाट ल्याइएको पानी संकलनका लागि उक्त बस्तीको दुई ठाउँमा तीनवटा ट्यांकी निर्माण गर्न सचिव कमल भण्डारीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । 
ट्यांकी निमार्णका लागि स्थानीय वसन्त श्रेष्ठले निःशुल्क जग्गा प्रदान गरेका छन् । आयोजना अन्तर्गत हालसम्म मुहानबाट  ट्यांकी निमार्णस्थलसम्म पाइप गाड्ने कार्य पनि सम्पन्न भइसकेको छ। पाइप गाड्ने र ट्यांकीहरु निमार्णका लागि उपभोक्ताले निर्माण कम्पनीलाई ठेक्का समेत दिएसकेको छ ।
































Post a Comment

 
Top