0
गोल्डेन न्यूज संवाददाता
पोखराको पहिलो संस्थागत विद्यालय माउन्ट अन्नपुर्ण मावी ३८ औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै कास्कीका निमित्त जिल्ला शिक्षा अधिकारी दिपेन्द्र ढकालले समयको माग अनुसार शिक्षामा रुपन्तरण आवश्यक रहेको बताए । उनले कास्कीमा संस्थागत विद्यालयको ५६ प्रतिशत संल्गनता रहेको बताए । उनले अव शिक्षाको विकासमा सूचना प्रविधीलाई अंगिकार गर्नु पर्ने कुरामा जोड समेत दिए । ३८ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा प्याबसन कास्कीका वरिष्ठ उपाध्यक्ष षडानन्द गौतमले निजी विद्यालयका विद्यार्थी संग कर थोपरेर विभेद गरेको आरोप लगाए । उनले शिक्षालाई रोजगार, नैतिकता र समाज संग जोड्न आग्रह समेत गरे । हिसानका केन्द्रिय उपाध्यक्ष शेर वहादुर गुरुङ्गले माउन्ट अन्नपुर्णले यस क्षेत्रको शिक्षामा पुर्याएको योगदान महत्वपुर्ण रहेको जनाए । विद्यालयका अध्यक्ष चिजकाजी गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा कसमस समुहका सदस्य तथा विधालयका एकाडेमिक सल्लाहाकार अशोक शाही, प्राचार्य सइन्द्र श्रेष्ठ लगाएतले विद्यालयको विविध पक्ष बारे जानकारी गराएका थिए । कार्यक्रममा विद्यालयमा २० वर्ष सेवा गरेका शिक्षक भरत भण्डारी, शिक्षिका तारा श्रेष्ठ र कर्मचारी लाल बहादुर गुरुङ्गलाई प्रमुख अतिथी ढकालले दोसल्ला ओढाई सम्मान गरेका थिए । सो अवसरमा २०७२ सालमा कक्षा नर्सरी देखि ९ सम्म उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । उक्त समयमा विद्यालयको मुख पत्र ुअन्नपुर्ण मिररुको लोकार्पण पनि गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विविध मनोरञ्जनात्मक संस्कृतिक कार्यक्रमहरु, चित्रकला लगाएत अन्य विविध कुराहरु प्रस्तुत गरेका थिए । पोखरामा २०३५ सालमा स्थापना भएको नदिपुरमा रहेको माउन्ट अन्नपुर्ण मावीमा कक्षा १ देखि १२ कक्षा सम्म अध्ययन(अध्यापन हुँदै आएको छ । विद्यालयमा कक्षा १२ मा होटल व्यवस्थापन र व्यवस्थापन सम्वन्धी छुट्ट छुट्टै विषयमा पढाइ हुने गरेको छ । कसमस गु्रप द्वारा संचालित माउन्ट अन्नपुर्ण मावीमा ८ सय ५० विद्यार्थी अध्ययनरत छन भने ४० जना शिक्षक शिक्षिकाा कार्यरत छन । 

Post a Comment

 
Top