0
गोल्डेन न्यूज संवाददाता
स्याङ्जाको रापाकोटमा करेन्ट लागेर वृद्धाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार रापाकोट गाविस–३ आउरीखर्कका ७२ वर्षीया केशरी लम्सालको मृत्यु भएको हो ।केशरीको रापाकोट गाविस ५ खानीडाँडामा घाँस काट्ने क्रममा विद्युत सर्ट भई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । रासस




Post a Comment

 
Top