0
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको पांचौ अधिवेशनबाट निर्वाचित कार्यसमिति, केन्द्रीय प्रतिनिधि र प्रादेशिक प्रतिनिधिहरुको पदस्थापन सम्पन्न भएको छ। फोनिज कास्कीको पाँचौ अधिवेशन निर्वाचन मंडलले मंगलवार फोनिजको पांचौ जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमिति, केन्द्रीय प्रतिनिधि र प्रादेशिक प्रतिनिधिहरुको पदस्थापन सम्पन्न गरेको हो । कार्यक्रममा वोल्दै तमु धि नेपालका अध्यक्ष कर्मा तमुले आदिवासी जनजाति पत्रकारहरुले आदिवासी जनजातिहरुको आवाज लाई उजागर गर्दै समाजमा आवाज विहीनहरुको आवाज बुलंद गर्नुपर्नेमा जोड दिइन । फोनिज कास्कीको हरेक अभियानमा तमु धिं नेपालले विगत स्थापनाकालदेखिनै सहयोग पु¥याउँदै आएको भन्दै तमुले आगामी दिनमा पनि सहकार्य गरेर अगाडि बढ्ने बताइन । सो समारोहमा वोल्दै फोनिज कास्कीका संस्थापक तथा निर्वाचन मंडलका संयोजक रुद्र हिटान मगरले फोनिज कास्कीले आदिवासी जनजातिहरुको हरेक मुद्धालाई सञ्चारमाध्यामबाट जनतासामु पु¥याउनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ पत्रकार महासंघ र जनजाति पत्रकार महासंघले पत्रकारको हकहित र समाजका हरेक घटनाक्रमलाई सञ्चार माध्यामबाट उजागर गर्नतर्फ अग्रसर भइ सहकार्य गरेर अगाडि वढ्न आफू तयार रहेको स्पष्ट पारे ।  त्यस्तै नवनिर्वाचित केन्द्रीय प्रतिनिधि शान्ति गुरुङले अझैपनि पत्रकारहरु बीच एकले अर्कालाई हेर्ने दृष्टिकोण फरक रहेको बताउँदै सबै पत्रकारहरुको ब्यथा एउटै भएकाले सबैले सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन । निवर्तमान अध्यक्ष हुम बहादुर तमुले आफ्नो कार्यकाल सफल रहेको भन्दैै नवनिर्वाचित कार्यसमितीले आदिवासी जनजातिको पक्षमा आवाज उठाउनतर्फ अगाडि बढ्न सुझाव दिए । नवनिर्वाचित अध्यक्ष एमबी आस्था मगरले आफ्नो कार्यकालमा आदिवासी जनजाति पत्रकारहरुको बृद्धि विकास र फोनिजलाई सशक्त बनाउन आफूले विभिन्न निकायहरु संग समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाए ।






Post a Comment

 
Top