0
गोल्डेन न्यूज संवाददाता
पोखराको रामघाटस्थित टप्स इङ्लिस बोर्डिङ स्कुलले आफ्नो २४ औँ अभिभावक दिवस मङ्गलबार सम्पन्न गरेको छ । स्कुलका संस्थापक÷प्राचार्य रत्नमान गुरुङको अध्यक्षतामा भएको कार्यव्रmममा प्रमुख अतिथि नेकपा एमालेका सचिव तथा पूर्व पर्यटन मन्त्री पृथ्वीसुब्बा गुरुङले दिगो शिक्षा ः आजको आवश्यकता भएको भन्दै सीपमूलक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । विद्यालयले संस्कारपूर्ण शिक्षा दिन सकेमा देशको भविष्य सुन्दर हुने गुरुङको भनाइ थियो । भ्रष्ट मानिसहरुको हालीमुहाली रहनाले राजनीति फोहोरी खेलका रुपमा बदनाम भएको भन्दै उहाँले विद्यार्थीहरुले सही राजनीतिक चेतना आर्जन गर्नुपर्ने उहाँले बताउनुभयो । 
संस्थापक÷प्राचार्य गुरुङले विद्यालयले सूचना प्रविधिलाई जोड दिँदै जीवनोपयोगी शिक्षा प्रदान गरेको बताउनुभयो । आगामी दिनमा होटल म्यानेजमेन्ट विषयमा कक्षा सञ्चालन गर्ने तयारी गरेको र सामाजिक सन्जालबाट पनि सुझावहरु आदान(प्रदान गर्नेतर्फ अघि बढेको प्रचार्य गुरुङले बताउनुभयो । कार्यव्रmममा अभिभावक कृष्णबहादुर पन्त, पूर्व विद्यार्थी मन्चका अध्यक्ष बलराम केसी, प्याब्सनका केन्द्रीय सदस्य मथुरा पौडेल, गुरुङ प्राज्ञिक मन्चका अध्यक्ष सुन्दर गुरुङ, १०+२ का संयोजक निर्मल सोती, विद्यार्थी अन्जली गुरुङ, प्रावि इन्चार्ज सुचित्रा गुरुङलगायतले मन्तव्य राख्नुभएको थियो ।  सो अवसरमा दीर्घ सेवा पुरस्कारबाट शिक्षिका चेतमाया गुरुङ र निर्मला गुरुङलाई जनही १० रुपैयाँसहित सम्मान गरिएको थियो । यस्तै प्रवेशिका परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने आशिष लामिछाने र दृष्टि गुरुङ, उच्च माध्यमिक तहमा विज्ञान सङ्कायबाट उत्कृष्ट नतिजा ल्याउने सोम्या गुरुङ र व्यवस्थापन सङ्कायका सुरेश कुँवरलाई पनि जनही १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।  कक्षा नर्सरीदेखि १२ सम्मका विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुती, नाटक र गीतहरु प्रस्तुत गरेका कार्यव्रmमको सञ्चालन शिक्षक चित्रकुमार गुरुङले गर्नुभएको थियो । २०५० सालमा स्थापना भएको विद्यालयमा करिब ७ सय विद्यार्थी अध्ययनरत छन् भने ५० भन्दा बढी शिक्षक तथा कर्मचारी कार्यरत छन् ।

Post a Comment

 
Top