0
गोल्डेन न्यूज संवाददाता
पत्रकार प्रेम नेपाली स्व. जगन्नाथ सिग्देल हिमदूत पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्। शनिबार आयोजित कार्यक्रमका बीच उनलाई पुरस्कार प्रदान गरिएको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले नेपालीलाई सम्मानपत्र, दोसल्ला र नगद ११ हजार १११ रुपैयाँसहित सम्मान गरेका हुन् । 
कृष्ण प्रसाद बास्तोलाको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिको सिफारिसको आधारमा पत्रकार महासंघ कास्कीले गरेको निर्णय अनुसार उनलाई पुरस्कार प्रदान गरिएको हो । छनौट समितिमा बास्तोला सहित पुण्य पौडेल, राजबहादुर गुरुङ, दिपेन्द्र श्रेष्ठ र रामप्रसाद तिमिल्सिना सदस्य थिए ।  पत्रकार नेपाली हाल नयाँ पत्रिका दैनिकमा आबद्ध छन् । यो पुरस्कारबाट यसअघि पत्रकार विभु भुषाल, कृष्णमणि बराल, घनश्याम पाण्डे, दुर्गा अधिकारी र ऋषिकान्त पौडेल सम्मानित भइसकेका छन् । पुरस्कृत पत्रकार नेपालीलाई पुरस्कार राशिमा केहि रकम थप गरेर बृद्धाश्रमलाई सहयोग गर्ने घोषणा गरे । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मैनालीले समाजिक रुपान्तरणका लागि जिम्मेवारपूर्ण पत्रकारितामा जोड दिए । प्रतिभा छनौटका बारेमा छनौट समितिका संयोजक वास्तोला र पुरस्कृत ब्यक्तिका बारेमा समितिका सदस्य पुण्य पौडेलले प्रकाश परेका थिए ।



Post a Comment

 
Top