0
गोल्डेन न्यूज संवाददाता
यसवर्षको हेमजा आलु महोत्सव माटो परीक्षण शिविर राखिएको छ। शिविर बुधबारसम्म चल्नेछ। माटोको उर्वराशक्ति र माटोको दिगोपना कायम राख्नका लागि कृषकलाई माटोको प्राविधिक ज्ञान दिने उद्देश्यले यो शिविर राखिएको हो। नमुना कृषि सेवा केन्द्र हेमजाको लक्षित कार्यक्रम अन्तर्गत क्षेत्रीय माटो परीक्षण प्रयोगशाला पोखरा र जिल्ला कृषि विकास कार्यालय कास्कीको अयोजनामा  शिविर सञ्चालन गरिएको हो।शिविरमा ३५ वटा माटोको नमुना परीक्षण गरिएको क्षेत्रीय माटो परीक्षण प्रयोगशाला पोखराका प्राविधिक सहायक बावुराम जिसीले जानकारी दिए।

उनका अनुसार नमुना परीक्षण भएको माटोमा नाईट्रोजनको मात्रा मध्यम, फस्फोरस मध्यम, पोटासियम अधिक, अम्लियपना रहेको देखिएको छ। माटोको दिगोपन राख्न कृषि चुना, प्राङ्गारिक मल गोठे मलको अधिकरुपमा प्रयोग गर्नु पर्ने कृषि सेवक केन्द्र हेमजाको प्राविधिक सहायक युवराज ढकालले जानकारी दिए।
‘हेमजाको खेती गर्ने पद्धति बहुवाली पद्धति छ। विरुवालाई आवश्यक पोषण तत्वहरु प्रयाप्त रुपमा उपलब्ध हँुदैन’, ढकालले भने–‘माटोको अवस्थाको उर्वराशक्ति र माटोको दिगोपना राख्नका लागि कृषि चुना, प्राङ्गारिक मल र गोठे मलको प्रयोग गर्नुपर्दछ।’ बुधबार पनि माटो शिविर परीक्षण राखिएकोले माटो ल्याएर परीक्षण गर्न उनले आग्रह गरे। महोत्सवको दोस्रो दिनसम्म १० हजार दर्शकले अवलोकन गरेको विष्णुपादुका क्लव हेमजाका अध्यक्ष रमेश कार्कीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए। ‘कृषकलाई नै प्रेरित गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेका हौ’, अध्यक्ष कार्कीले भने–‘महोत्वसमा आएर यहाँका कृषकलाई उत्साह थपिदिने काम गर्नुहुन्छ भन्ने हामीले विश्वास लिएका छांै। महोत्सवको दोस्रो दिनसम्म भित्र वाहिर गरि करिब २० लाख रुपैयाँको कारोवार भएको मूल आयोजक समितिका कोषाध्यक्ष महेन्द्रसिंह थापाले जानकारी दिए। महोत्सवमा थप आकर्षका लागि २६ गते देखि कन्सर्ट पनि राखिएको मुल आयोजक समितिका संयोजक ज्ञानु थापाले जानकारी दिए। उनका अनुसार महोत्सवमा नविन के भट्टराइको व्याण्ड, दिपक बज्रचार्यको व्याण्ड, नेचर व्याण्ड चितवन र स्याडोज व्याण्ड वुटबलकोको पनि प्रस्तुति रहने छ। महोत्सवमा मंगलबार राजु गुरुङ, टेक क्षेत्री, सविना गुरुङ, भूमिका गिरी, कञ्चन राईको प्रस्तुति रहेको थियो । बुधबार लोक दोहोरी तर्फ राजु परियार, जिवन दाहाल, ज्ञानेश्वर सुवेदी, निशा पोख्रेल दिलु लामा,  हास्यतर्फ लक्ष्मण ढुङ्गाना र लवकुशको प्रस्तुति रहने साँस्कृतिक उपसमिति संयोजक परशुराम अधिकारीले जानकारी दिए।

Post a Comment

 
Top