0
जंगली जनावार पान्डा (हाब्रे) भन्नेबित्तिकै धेरैले सम्झने देश चीन हो । चीनमा पाइने पान्डामध्ये पनि ८० प्रतिशतको बासस्थान सिचुआन प्रान्तमा छ । त्यही हाब्रे हेर्न थुप्रै पर्यटक भित्रन्छन् । तर यो प्रान्त अहिले ‘सिचुआनः पान्डाभन्दा धेरै’ नारासहित पर्यटन प्रवद्र्धनात्मक अभियानमा छ । अभियानकै क्रममा सिचुआनको टोली मंगलबार पोखरा आइपुगेको थियो । त्यस अवसरमा चीनको सिचुआन प्रान्त र नेपालका ट्राभल एजेन्सीबीच पर्यटकीय सहयोग आदान–प्रदान सम्झौता भएको छ । सिचुआनः पान्डाभन्दा धेरै नारा लिएर पर्यटकीय प्रवद्र्धनका लागि त्यहाँको टोली आएका बेला दुईतर्फका व्यवसायीबीच यस्तो सम्झौता भएको हो । पान्डामात्रै होइन ६ हजार थरी खानाका परिकार, ५ वटा विश्व सम्पदा सिचुआनमा रहेको जानकारी मंगलबारको कार्यक्रममा दिइयो । तिनका भिडियो झलकहरु पनि देखाइयो । तिनैमध्ये एक थियो ७१ मिटर अग्लो बुद्धमूर्ति । उक्त मूर्ति आठौंं शताब्दीमा बनेको सिचुआन पर्यटन विकास आयोगका मियाओ युयानले जनाए । काठमाडौंबाट साढे २ घन्टाको हवाई यात्रामा पुगिने सिचुवानको राजधानी छेन्दुलाई परिकारहरुको राजधानी बताइयो । ७ हजार मिटरसम्मको अग्लो पर्वतसमेत भएको सिचुआनमा वर्षेनी ३० लाख विदेशी पर्यटक पुग्ने गरेको सिचुआन प्राप्तका उपगभर्नर चु खुजिनले सुनाए । उनले भने,–‘६३ करोड जना स्वदेशीको आवागमन हुन्छ ।’ अहिले ३१ वटा पाँच तारे होटल रहेको राजधानी सहर छेन्दुमा सन् २०२० सम्म त्यस्ता होटल ५ सय पु¥याउने लक्ष्य राखिएको उनले बताए । ५ करोड विदेशी पर्यटक भित्र्याउने लक्ष्य उनीहरुले राखेका छन् । उपगभर्नर चुले आफ्नो प्रान्तबाट सक्दो धेरै जनालाई नेपाल घुम्न पठाउने बताउँदै सिचुआन भ्रमणका लागि नेपालीलाई निम्तो गरे । नेपालस्थित चिनियाँ दूतावासका फान जिन्केले सिचुआनबाट नेपाल आउन जान सजिलो रहेको बताए । सिचुआन एयरलाइन्सले परारसाल देखि सिधै काठमाडौं हवाई सेवा गरिरहेको छ । उक्त एयरलाइन्सको ३० वर्षे इतिहासमा शून्य दुर्घटना रहेको हुँदा सुरक्षित उडान हुने सोही कम्पनीका एक अधिकारीले जनाए । एयर चाइनाले पनि नेपालसम्मको सेवा दिइरहेको उक्त अवसरमा बताइयो । त्यस अवसरमा नेपाल र सिचुआनका ट्राभल एजेन्सीबीच व्यवसायी प्रवद्र्धनको सम्झौता पनि भयो ।
कार्यक्रममा पर्यटन राज्यमन्त्री परशुराम तामाङले गएको वर्ष नेपालमा १ लाख चिनियाँले भ्रमण गरेको बताए । उनले भने, ‘पश्चिमा पर्यटक घटेका बेला चिनियाँले सघाए ।’ कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष केदार शर्मा, पर्यटनकर्मी कल्याणराज शर्मा लगायतले मन्तव्य राखेका थिए ।




Post a Comment

 
Top