0
गोल्डेन न्यूज संवाददाता
पोखरामा शनिबार चिप्लेढुंगा र लामाचौरमा आयोजित दुई छुट्टा–छुट्टै रक्तदानबाट १०० युनिट रंक्त संकलन भएको छ । पोखराको शर्वेश्वर व्यवसायी समिति र साँघुकोमुख, महेन्द्रपुल सर्वसुलभ बजार समितिको संयुक्तरुपमा आयोजित खुल्ला रक्तदानबाट ५८ युनिट रगत संकलन भएको हो ।  पहिलो रक्तदाता १९ वर्षीया सृजना घिमिरेलाई व्लड व्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले व्यवसायीहरु व्यवसायमात्र सोच्छन्, नाफामात्र खोज्छन् भन्नेहरुका लागि रक्तदान कार्यक्रमले गतिलो झापड दिएको बताए । उनले रगतको विकल्प रगत नै भएकाले रक्तदान जत्तिको पुण्य काम अन्य हुन नसक्ने स्पष्ट पारे ।  श्रेष्ठले रक्तदान स्वस्थ्य व्यक्तिले कम्तिमा तीन÷तीन महिनामा, १७ बर्षमाथि र ४५ केजी तौल समूहका व्यक्तिले रक्तदान गर्न सकिने स्पष्ट पारे ।  पोखराको शर्वेश्वर व्यवसायी समितिका अध्यक्ष धर्ममानसिंह भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा साँघुकोमुख, महेन्द्रपुल सर्वसुलभ बजार समितिका अध्यक्ष रामेश्वर अधिकारी, समितिका सल्लाहकार नारायणप्रसाद कोइराला, निवर्तमान अध्यक्ष शंकर खराल, पोखरा उद्योग वाणिज्य संघका सदस्यहरु गीता तिवारी गौतम, गिरिधारी अधिकारी, डि.बी.भुजेल, रंक्तसंचार केन्द्र पोखराका प्रमुख धु्रवमणि लामिछाने, फेन्सी व्यवसायी कास्कीका अध्यक्ष केशव बहादुर खत्री, साँघुको मुख महेन्द्रपुल सर्वसुलभ बजार समितिका सचिव सूर्य त्रिपाठी लगायतले रक्तदान र रगतको महत्व बारे प्रकाश पारेका थिए । कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेलले ४२औं पटक रक्तदान गरेका थिए । कार्यक्रमको संयोजक नवराज वाग्ले रहेका थिए । 
यसैगरी युवा संघ नेपाल पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १६ ले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रमबाट ४२ युनिट रंक्त संकलन भएको छ ।  युवा संघका केन्द्रीय अध्यक्ष राजिव पहारीले पहिलो रंक्तदाता संघका सह–सचिव वीरेन्द्र भण्डारीलाई व्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरे थिए । कार्यक्रममा बोल्दै अध्यक्ष पहारीले युवाहरुले आफ्नो सामाजिक उत्तरदाहित्य वोध गरेर आवश्यक पर्दा खुल्ला हृदयले रक्तदान गर्नुपर्ने बताए ।  युवा संघ कास्कीका विष्णु पुन, युवा संघ वडा १६ का अध्यक्ष कपिल थापा, संयोजक वीरेन्द्र भण्डारी लगायतले वोलेका थिए ।  

Post a Comment

 
Top