0
गोल्डेन न्यूज संवाददाता
जिम्बाब्बेका साना तथा मझौला उद्योग र सहकारी विकास मन्त्री एसजीजी नियोनीले पोखराको राष्ट्रबैंक चोकमा रहेको पद्मावती हस्तकला उद्योगको नेपाल कोशेली घर अवलोकन गरेका छन् । युएनडिपि जिम्बाब्बेका कार्यक्रम सल्लाहकार हिमा खड्काको संयोजनमा मन्त्री नियोनी सहित नौ सदस्यीय टोली नेपाल आएका थिए ।  नेपाल र जिम्बाब्बे बीचको आर्थिक सम्बन्ध विस्तार गर्ने उदेश्यले नेपाल आएको सो टोली काभ्रे र काठमाडौंका उद्योगको अवलोकन पछि बुधबार पोखरा आइपुगेको हो । मन्त्री नियोनीले पोखरा सुन्दर शहर भएको र यसको विकासका लागि साना तथा मझौला उद्योगको भूमिका पनि राम्रो पाएको प्रतिक्रिया दिए । उनले हस्तकलाका सामानमा अल्लो, छ्वाली र मकैका खोस्टाबाट निर्मित मोडा निकै आर्कषक लागेको बताए। पद्मावति हस्तकला उद्योगका संचालक हिरा भट्टराईले मन्त्री नियोनीको उद्योग अवलोकनले हस्तकलाको प्रवद्र्धन र महिला उद्यमी बीचको सम्बन्धलाई सुमधुर बनाउने विश्वास व्यक्त गरिन्। 

यसअघि टोलीले क्षेत्रीय प्रशासक यमकुमारी खतिवडा, पोखराको ट्रेकिङ्ग एजेन्सिज एशोसिएशन अफ नेपाल (टान), पोखरा उद्योग बाणिज्य संघका पदाधिकारी र उद्यमी सुन्ति पुर्जासँग भेटघाट गरी पोखराको शान्ति सुरक्षा एवं पर्यटन विकास र उद्यमशिलता को बारेमा जानकारी लिएको स्थानीय संयोजक लघु उद्यम विकास कार्यक्रम मेडपका क्षेत्रीय प्रवन्धक केशव दवाडीले जानकारी दिए । सात दिने नेपाल भ्रमणमा रहेको सो टोली मंगलबार जिम्बाबे फर्किने कार्यक्रम छ ।



Post a Comment

 
Top