0
गोल्डेन न्यूज संवाददाता
पोखरा लेखनाथ महानगर पालिका वडा नम्बर १४ मा शनिबार वृहत सरसफाइ गरिएको छ । पोखरा सरसफाइ अभियान अन्तर्गत नागरिक समाजको अगुवाइएमा शुक्रराज बलभद्र विद्यालयदेखि रामेश्वरी विद्यालय सम्मको सडक र वरपर सरसफाइ गरिएको हो । कार्यक्रममा सहभागीलाई क्षेत्रीय प्रशासक यामकुमारी खतिवडाले सपथ खवाएपछि सरसफाइ सुरु भएको थियो । खतिवडा आफै सरसफाइमा सहभागी भइन् ।  सरसफाइपछि बोल्दै क्षेत्रीय प्रशासक खतिवडाले सरसफाइलाई निरन्तर गरिरहनुपर्ने बताइन् । सरसफाइ कार्यक्रममा प्रहरी नायब महानिरीक्षक मधुप्रसाद पुडासैनी, सशस्त्र प्रहरी नायब महानिरीक्षक सुबोध अधिकारी, राष्ट्रिय अनुसन्धानका डिआइजी रवीन्द्र पण्डित पनि सहभागी भएका थिए । सरसफाइ कार्यक्रममा वडा नम्बर १४ का टोल विकास संस्था आमा समूह, क्लब, सुरक्षा निकाय, विद्यार्थी, लगायत ४३ वटा संस्थाबाट संस्थागत सहभागीता रहेको वडा नम्बर १४ का सचिव अजुर्नप्रसाद पौडेलले जानकारी दिए । सरसफाइ कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका निर्वमान अध्यक्ष विन्दुकुमार थापाले पञ्जा र माक्स, समाजसेवी बोधराज कार्कीले १० कार्टुन पानी, मुक्तिनाथ विकास बैंक पञ्जा र माक्स, पोखरा लेखनाथ महानगरपालिकाले डोको र कुचो सहयोग गरेको थियो । संकलन गरिएको फोहोरलाई महानगरपालिकाको गाडीले व्यवस्थापन गरेको थियो ।
सरफाइ अभियानलाई ३३ वटै वठामा लैजाने अभियन्ता रामबहादुर पौडेलले बताए । चैत १९ गते शनिबार औद्योगिक क्षेत्रदेखि विजयपुर पुलसम्मको क्षेत्रमा सरसफाइ गरिने र उक्त कार्यक्रममा पनि सहभागी भइदिन सबै वडावासी लगायत अभिन्यतालाई आग्रह गरिएको छ ।

Post a Comment

 
Top