0
गोल्डेन न्यूज संवाददाता
कास्कीको साविक निर्मलपोखरी हालको पोखरा लेखनाथ महानगरपालिका अन्तर्गत रहेको निर्मलपोखरी स्वास्थ्यचौकीमा सामाजिक परीक्षण तथा आम भेला सम्पन्न भएकोे छ । दरवन्दी अनुसारको कर्मचारी सेवा रहेको भएपनि स्वास्थ्यचौकीमा खानेपानी, शौचालय, औषधि भण्डारण, बर्थी सेन्टरलको सेवालाइ चौबिसै घण्टा सञ्चालन गरिनुपर्ने लगायतका बिषयमा सेवाग्राहीले उठाएका सुझावहरुमा स्वास्थ्यचौकी इञ्चार्जले आफनौ प्रतिबद्धता जाहेर गरेका थिए। कार्यक्रममा सुनास कास्कीका निबर्तमान अध्यक्ष तथा पत्रकार पुन्य पौडेलले स्वास्थ्य सेवाको पहुच आम नागरीकहरुमा पुरयाउनका लागि राज्यले गरेको लगानीको उचित फाइदा लिन सक्नु पर्ने र  स्वास्थ्य संस्थाको काम  तथा सेवा प्रबाहमा स्थानिय नागरिक जिम्मेवार र उत्तरदायी हुनुपर्नेमा जोड दिए । भेलाको सहजीकरण गर्दै सुनासका सदस्य तथा अधिवक्ता विष्णु अधिकारीले सेवा लिने र सेवा दिने निकाय बीच तेश्रो पक्षबाट गरीएको सामाजिक परिक्षणका क्रममा देखीएका समस्याहरुलाइ सम्बन्धित निकाय सम्म पुरयाएर जनताको स्वास्थ्य सेजा प्रबाह प्रति जवाफदेही हुनपर्ने बताए। स्वास्थ्यचौकी इञ्चार्ज प्रताप उपाध्याकोे अध्यक्षमा सम्पन्न कार्यक्रममा स्वास्थ्यचौकीको सामाजिक परिक्षण  तथा आम भेला सम्पन्न भएको हो  । स्वास्थ्यचौकीबाट प्रवाह गरिएका सेवा सुविधाहरुमा स्थानीय सेवागाहीहरुले स्वास्थ्यचौकीको स्तरोन्नतिका लागि पहल गरनिुपर्ने बताउँदै समस्या समाधाका लागी प्रतिबद्धता ब्यक्त गरेका थिए ।




Post a Comment

 
Top