0
नेकपा माओवादी केन्द्र कास्कीले पार्टी संगठनलाई राज्य पुनर्संरचनाको परिवर्तित संरचना अनुसार लैजाने क्रमलाई तीव्रता दिएको छ । बिहीवार माछापुच्छ«े गाउँपालिकाको भेलाले पार्टी केन्द्रीय सदस्य नवराज भण्डारीको संयोजकत्वमा ५१ सदस्सिय सम्मेलन आयोजक समिति गठन गरेको छ । चैत २५ गतेभित्र गाउँपालिका अन्तर्गतका ९ वटै वडाहरुको वडा सम्मेलन गरिसक्ने र २६ गते गाउँपालिकाको अधिवेशन गर्ने निर्णय भएको संयोजक भण्डारीले जानकारी दिए । पोलिटव्युरो सदस्य तथा कास्की जिल्ला ईन्चार्ज राजकाजी गुरुङ (करण) को प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नेता करणले केही राजनीतिकदलहरुलाई असम्भव जस्तै लागेका एजेण्डाहरु माओवादीले पुरा गरेको बताए ।  जनयुद्ध, राजतन्त्रको अन्त्य,  गणतन्त्रको स्थापना, संघियता तथा स्थानीयतहको गठनलाई काँग्रेस÷ एमाले लगायतका केही दलहरुले कहिल्यैपनि पुरा नहुने एजेण्डा भनेको स्मरण गर्दै नेता गुरुङले जनताको वलवाट माओवादीले भन्दै आएका सवै एजेण्डाहरु पुरा गरेर शासन व्यवस्थामा परिर्वतन गरि छाडेको बताए । पूर्वसभाषद समेत रहेका युवा नेता करणले केही महिना अघिसम्म पनि पुरातनवादी दलहरुले पुरानै अनुसार स्थानीय निकायको चुनाव हुनुपर्छ भनेर भन्दै आएपनि माओवादीकै जोडवलले अहिले स्थानीयतहको निर्वाचनको मिति घोषणा भएर जनताले आफ्नो घर आगँनवाटै सार्वजनिक सेवा पाउने अवस्था आउँदा माओवादीले जितिसकेको अनुभूति भएको भनाई उनको छ । भेलामा बोल्दै पार्टी पोलिटव्युरो सदस्य तथा कास्की सह–इन्चार्ज रामजी बराल (जीवन) ले आशन्न निर्वाचनमा हार्ने छुट माओवादीलाई नभएको भन्दै माओवादी केन्द्रको विजयी सुनिश्चित हुने गरि चुनावमा होमिन कार्यकर्तालाई आग्रह गरे । माओवादी केन्द्रको नेतृत्वमा रहेको वर्तमान सरकारले लोडसेडिङ हटाउनेदेखि लिएर एकपछि अर्को जनपक्षीय कार्य गर्दै आएपछि विपक्षी पार्टीहरु अत्तालिएर जनतालाई भ्रम छर्दै हिँडेको आरोप नेता बरालको थियो । भेलामा माछापुच्छ«े गाउँपालिका अन्तर्गतका वडाहरुका पार्टी प्रमुख तथा प्रतिनिधिहरुले आआफ्नो वडाको समसामयिक विषय तथा आशन्न निर्वाचनको वारेमा रिपोटिङ गरेका थिए । गाउँ गाउँमा माओवादीप्रति पुन विगतमा झैँ जनताको उत्साह र भरोषा बढ्दै गएको र छिट्टै चुनाव लक्षित कार्यक्रमहरु सुरु गर्नुपर्ने भनाई सहभागिको थियो । भेलाको संचालन पार्टी केन्द्रीय कमिटीका सदस्य तथा विद्यार्थी नेतृ प्रविना अधिकारीले गरेकी थिइन् ।



Post a Comment

 
Top