0
गोल्डेन न्यूज संवाददाता
नेपाल पत्रकार महासंघ कास्कीले संचालन गर्दै आएको स्वर्गीय जगन्नाथ सिग्देल हिमदुत पत्रकारिता पुरस्कार २०७२ वाट पत्रकार प्रेम नेपाली सम्मानीत हुने भएका छन् । पत्रकार महासंघ कास्कीको विहिवार बसेको  बैंठकले प्रतिभा छनौट समितिको सिफारिसका आधारमा नेपालीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । प्रतिभा छनोट समितिको संयोजकमा पत्रकार महासंघ कास्की शाखाका पुर्व अध्यक्ष कृष्ण प्रसाद वास्तोला, शाखाका पुर्व अध्यक्ष पुण्य पौडेल, पत्रकारराजवहादुर गुरुङ, पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठर पत्रकार महासंघका सचिवरामप्रसाद तिमिल्सेनारहेका थिए ।  प्रतिभा छनौट समितिले  पोखरामारहेर डेढ दशक देखी पत्रकारितामा क्रियाशिल नेपालीलाई सर्वसम्मत रुपमा चयन गरेको थियो । पुरस्कार वितरण गर्नुभन्दा कंतिमा एक महिना अगाडी नै प्रतिभा छनोट समिति चयन गर्नुपर्ने भएकाले यस अघिको कार्यसमितिले नै प्रतिभा छनौट समिति गठन गरेको हो । पत्रकार नेपालीलाई स्वर्गीय जगन्नाथ सिग्देलको जन्मजयन्तीका दिन फागुन २१ गते शनिवार पत्रकार महासंघको सभाहलमा आयोजित एक समारोहका विच पुरस्कार प्रदान गर्ने महासंघ कास्कीका सचिवराम प्रसाद तिमल्सेनाले जानकारी दिए ।  पुरस्कारकोराशि नगद रु ११ हजार १ सय ११ रुपैयार सम्मानपत्ररहेको  छ । वि सं २०३६ सालमा पोखराको मालेपाटनमा जन्मीएका नेपालीले २०५७ देखि व्यवसायीक रुपमा पत्रकारिता शुरु गरेका हुन् । पोखरेलीराष्ट्रिय दैनिकबाट आफ्नो लेखन यात्रा थालेका उनले जनमत दैनिक, गगन , पोखरापत्र, कान्तिपुर दैनिक, अन्नपूर्ण मिडिया नेटवर्क हुँदै हाल नयाँपत्रिका दैनिकको पश्चिमाञ्चल व्यूरो प्रमुख भएर काम गरिरहेका छन् । विशेषत खोजी समाचारमा रुचीराख्ने नेपालीले पोखराको वाराही उच्च माविवाट प्रवेशिका पास गरी भारतको दिल्लीस्थित ईन्स्टिच्यूट अफ पव्लिक हेल्थ एण्ड हाईजिनबाट स्वास्थ्य बिज्ञानमा स्नातक गरेका छन् ।  पोखराका पहिलो पत्रकार स्वर्गीय जगन्नाथ सिग्देलको नाउमा उनको परिवारले पुरस्कार संचालनका लागी दुई लाख रुपँँयाको अक्षयकोष स्थापना गरेको छ । अक्षय कोषको व्याजवाट महासंघले हरेक वर्ष एकजना क्रियाशिल युवा पत्रकारलाई सम्मान गर्दै आएको छ । यस अघि उक्त पुरस्कारवाट पत्रकार विभु भुषाल (२०६८), कृष्णमणी वराल (२०६९), घनश्याम पाण्डे (२०७०), दुर्गा अधिकारी (२०७०)र ऋषिकान्त पौडेल (२०७१) सम्मानीत भईसकेका छन् ।  यसैगरी पत्रकार महासंघ कास्कीको विहिवारको वैठकले पत्रकार महासंघको सभाहलमा आफ्ना कार्यक्रम आयोजना गर्ने पत्रकारसँग आवद्ध विभिन्न संघ सस्थालाई आगामी ६ महिनासम्म निशुल्क हल उपलव्ध गराउने निर्णय गरेको छ ।


Post a Comment

 
Top