0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडा नं ४  गैह्रापाटन स्थित लेक सिटी कलेज एण्ड रिसर्च सेन्टर र पश्चिमाञ्चल माविको संयुक्त आयोजनामा निर्वाचित पदाधिकारीहरुलाई सम्मानित गरिएको हो । नवनिर्वाचित नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठले पत्रकारिता अध्ययन गर्ने विद्यार्थीहरुको  इच्छा अनुसार नै कार्यक्रम गर्नु पत्रकारिता तर्फ सकारात्मक वातवरण सृजना भएको भने । पत्रकारितामा सर्व प्रथम ५डब्लु याच अथवा छ कको उत्तर खोज्ने प्रयास गरेमा आफ्ना टोल छिमेकमा भएको कार्यक्रमका समाचार सम्प्रेषण गर्न सजिलो हने अध्यक्ष श्रेष्ठले वताए । पत्रकारिता राम्रोसँग अध्ययन गरेमा भविष्यमा कुनै पनि संघ संस्थाको सूचना विज्ञ भएर आफ्नो व्यवहार सजिलै चलाउन सकिनेमा श्रेष्ठको जोड थियो । अनुसन्धान मुलक कार्यको लागि पत्रकार महासंघ कास्की सहयोग गर्न तत्पर रहेको अध्यक्ष श्रेष्ठले वताए । 
पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्रा डा विश्वकल्याण पराजुलीले शैक्षिक जनशक्ति उत्पादनमा विद्यालय सक्रिय भएर लागेको बताए । उनले आगामि दिनमा नयाँनयाँ विषयमा अध्यापन गराएर थप जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको प्राडा पराजुलीले भने । विद्यार्थीहरु कुनै पनि अनुसन्धान मुलक विषयमा अगाडि बढेका विद्यार्थीहरुलाई  क्याम्पसले सक्दो सहयोग गर्दै आइरहेको प्राडा पराजुलीले वताए । महासंघको कुनै पनि कार्यक्रममा लेक सिटी कलेजका विद्यार्थी सहभागी हुन तयार रहेका भन्दै पराजुलीले क्याम्पसको तर्फवाट कनै पनि सहयोग गर्न तयार रहेको भने । लेक सिटी कलेज एण्ड रिसर्च सेन्टर विए द्धित्तिय वर्षमा पत्रकारिता अध्ययनरत मनिला रेग्मीले स्वागत गरेको कार्यक्रममा संचालन विए द्धित्तिय वर्षमा अध्ययनरत रमेश अधिकारीले संचालन गरेका थिए ।  विद्यालयमा २०६० सालदेखि उच्चमावि तहको पढाई सुरु भएको थियो । उच्चमाविमा अहिले विज्ञान, व्यवस्थापन र मानविकी संकायमा अध्यापन हुन्छ । लेकसिटी कलेजमा २०६५ सालदेखि स्नातक तहको पढाई सुरु भएको थियो । लेकसिटीमा अहिले व्यवस्थापन र मानविकी संकायमा पत्रकारिता  अध्यापन हुन्छ 





Post a Comment

 
Top