0
गोल्डेन न्यूज संवाददाता
नेपालीहरुको मौलिक पर्व फागु तथा होली पर्व पर्यटकीय शहर पोखरामा आएका विदेशी पर्यटकहरुले समेत मनाएका छन् । आन्तरिक संगै बाह्य पर्यटकहरुले पोखराको लेकसाइड क्षेत्रमा आपसी सदभाव साटासाट गर्दै सामुहिकरुपमा एक आपसमा रंग खेलेर होली मनाएका हुन् । पोखरा सब मौसमका लागि भन्ने नारा अनुरुप पोखरामा हरेक मौसम तथा उत्सवहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुले उत्सव मनाउनका लागि पोखरामालाई नै रोज्ने गर्दछन । अंग्रेजी नयाँवर्ष, दशै, तिहार जस्तै होलीमा पनि पर्यटकहरुले पोखरालाई नै रोज्ने गर्दछन । यसपटकको होलीमा मात्र विभिन्न १८ बढी देशका पर्यटकहरुले पोखरामा होली मनाएका छन् । होली मनाउँदै हिंडेकी अमेरीकी नागरिक लोराले आफूहरुले रंगहरु संग सदभावपूर्ण रुपमा रमाइलो गर्न पाउँदा खुसी लागेको बताइन ।  त्यस्तै बेलायती पर्यटकले आफूहरुले पोखराको सुन्दरतामा सबै मानिसहरुले एक आपसमा विभिन्न थरीका रंगहरु लगाउँदै रमाइलो गर्दा निकै खुसी लागेको वताउँदै युकेमा पुगेर एक पटक नेपालको भ्रमण गर्न आग्रह गर्ने र अन्य राष्ट्रका नागरिकहरुले पनि सोही गर्न सुझाव दिइन । अष्ट्रेलियन पर्यटकले नेपालको मानिसहरुले आपसी सद्भाव कायम गर्नका लागि यस्तो पर्वमा रमाइलो गर्नु आफैमा राम्रो काम भएको भन्दै आगामी दिनहरुमा पनि आफूहरु नेपाल आउने बताए ।
अमेरिकी नागरिक सरियनले नेपालीहरु एक आपसमा माया प्रेम सद्भाव बढाउने खालको रंगहरुको प्रयोग गरी एक आपसमा रमाइलो गर्दा आफुलाई निकै खुसी लागेको भन्दैै अमेरिका मात्र नभइ अन्य राष्ट्रका पर्यटकहरुका लागि पोखरा निकै रमाइलो ठाउँ भएको बताए । पर्यटकीय शहर लेकसाइड वरपर नेपाली र विदेशी पर्यटकहरुले निकै सौहार्दपूर्ण रुपमा रंग खेल्दै रमाइलो गर्दै सामुहिक रुपमा होली मनाएका थिए ।  होली पर्वले पोखराको पर्यटकमा थप उर्जा प्रदान गरेको पर्यटन ब्यवसायी अग्नी कंडेलले बताए । होलीलाई नै लक्षित गरी विदेशी र नेपाली पर्यटक आउने गरेकाले पोखराको पर्यटनलाई उर्जा प्रदान गरेको उनको भनाइ थियो । अर्का पर्यटन ब्यवसायी दिपक अधिकारीले पोखराको पर्यटनलाई होली पर्वले अझै अगाडि वढाउन मदत गरेको वताए । पोखरा घुम्न आउने पर्यटकलाई यस्ता सांस्कृतिक पर्वहरुले थप बसाइ लम्ब्याउने भएकाले यसले पर्यटनको क्षेत्रमा ठूलो भूमिका खेलेको उनको भनाइ  छ ।  उनले भने–‘पोखरा यस्तो शहर हो, जुनसुकै मौसममा पनि आन्तरिक तथा बाह्य पर्यटकहरु लाई आकर्षित गर्ने गर्दछ। यहाँंको प्राकृतिक सुन्दरताले मात्र नभइ यहा हुने विभिन्न सांस्कृतिक पर्वमा आयोजना गरिने क्रियाकलापले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ । यस्ता क्रियाकलापलाई अझै ब्यवस्थित बनाउन सके पोखरा आउने पर्यटनमा बृद्धि हुने थियो ।’
पर्यटक मृत फेला
पोखराको लेकसाईड स्थित एक होटलमा पर्यटक मृत भेटिएका छन् । स्थानीय ड्रिम ईन होटलमा इजरायली नागरिक मृत भेटिएका हुन् । तीन दिनदेखि होटलको कोठाबाट वाहिर ननिस्किएपछि आईतवार खोलेर हेर्दा इजरायली नागरिक २० बर्षीय क्रोपर मृत भेटिएको प्रहरी नायव उपरीक्षक खड्ग बहादुर खत्रीले जानकारी दिए । उनी तीन महिनादेखि निरन्तर सोहि होटलको कोठा नम्बर ३०१ मा बस्दै आएका थिए । तीन दिन बित्दापनि कोठाबाट वाहिर ननिस्किएपछि शंका लागेर हेर्दा उनको शब भेटिएको हो । मृत्युको कारण भने खुलेको छैन । उनको शब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।


Post a Comment

 
Top