0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लब अफ पोखरा न्यूरोड चौतारीको बर्ष २०१७÷१८ को अध्यक्षमा नगेन्द्र प्रसाद पोखरेल निर्वाचित भएका छन् । क्लबको बुधबार सम्पन्न अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । क्लवको ईलेक्ट अध्यक्ष नगेन्द्र प्रसाद पोखरेल, निवर्तमान अध्यक्षमा पवित्रमणि पोखरेल, प्रथम उपाध्यक्षमा ध्रुव प्रसाद रेग्मी, द्वितीय उपाध्यक्षमा क्षेत्रबहादुर बराल क्षत्रीे र तृतीय उपाध्यक्षमा शिवराज बराल निर्वाचित भएका छन् । यसबैगरी क्लवको सचिवमा तुलसी प्रसाद पोखरेल, कोषाध्यक्षमा अर्जुन प्रसाद पौडेल,सहसचिवमा मुक्तिनाथ ढकाल र सह–कोषाध्यमा शिशिर मिश्र निर्वाचित भएका छन् । क्लवको रिपोटिङ्ग अफिसरमा नरेन्द्र श्रेष्ठ, पिआरओमा केशरी प्रसाद तिवारी, टेलट्वीष्टरमा कृष्ण लम्साल, टेमरमा गणेश सेन्सुरी र मेम्वरशिप डाइरेक्टर रामेश्वर आचार्य, निर्वाचित भएको निर्वाचत अधिकृत तथा क्लवका निवर्तमान अध्यक्ष दिपकराज घिमिरेले जानकारी दिए । डाइरेक्टरहरुमा डा.कमल चापागाई, रामचन्द्र शर्मा, पूर्ण बहादुर थापा, राजेश श्रेष्ठ, माधव बस्ताकोटी, लोकबहादुर खाँड, दिपक खड्का र याम गुरुङ, निर्वाचित भएका छन् भने सदस्यहरुमा विष्णुहरि ढकाल, सन्तोष शेरचन, ऋषि राज बराल र पिताम्वर लामिछाने रहेका छन् । 

यसैगरी सल्लाहकारमा क्लवका स्थापक अध्यक्ष बलराम बडाल, नरहरि पौड्याल, अर्जुन गिरी र दिपकराज घिमिरेलाई चयन गरिएको छ । नवनिर्वाचित अध्यक्ष पोखरेलले क्ललले गर्ने सामाज सेवाका कार्यलाई प्रभावकारी बनाउने र अव छिटै बस्ने बैठकमा आफ्ना भावी योजना तथा संयोजकहरु तोकी जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गरे। उक्त अवसरमा बोल्दै प्रमुख अतिथि जोन चियरपर्सन नरहरि पौड्यालले स्थापना कालदेखिनै क्लबले सामाजिक क्षेत्रमा महत्वपूर्ण कार्यहरु गर्दै आएको भन्दै आगामी दिनमा समेत अझ प्रभावकारी कार्य गर्न आग्रह गरे । क्लवका एक्टेन्सन चियर पर्सन राजेन्द्रबहादुर कार्कीले न्यूरोड चौतारीले समाजसेवाका उत्कृष्ट कार्य गरेको बताए। कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष बलराम बडाल, पूर्वअध्यक्ष अर्जुन गिरी लगायतले बोलेका थिए । निर्वाचन कमिटीमा क्लबका निवर्तमान अध्यक्ष दिपकराज घिमिरे सदस्यमा नरहरि पौड्याल र अर्जुन गिरी रहेका थिए । लायन वर्ष २०१६÷१७ का अध्यक्ष पवित्रमणि पोखरेलको अध्यक्षतामा कार्यक्रम भएको हो ।







Post a Comment

 
Top