0
गोल्डेन न्यूज संवाददाता
विगत ५२ बर्ष देखि बिस्कुट तथा कन्फेक्सनरी उत्पादन बिक्री वितरण गरिरहेको नेविको प्रालिले सुगर फ्रि डाईजेष्टिभ बिस्कुटको नयाँ प्याकेजिङ बजारमा ल्याएको छ । सुगर फ्रि डाईजेस्टिभ बिस्कुट नयाँ प्याकेजिङको शनिवार पोखरामा आयोजित कार्यक्रमका विच पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे र बिस्कुटका ब्राण्ड एम्बासडर नायक शिब श्रेष्ठले रि–लञ्चिङ गरे । तीन वर्षदेखि नेपाली उपभोक्ता माझ लोकप्रिय बन्न सफल भएको दावी गरिएको यो बिस्कुट थप उत्कृष्ट गुणस्तरमा नयाँ प्याकेजिङ सहित पुनः बजारमा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उपभोक्ताको चाहना एवं समय सापेक्षिक गुणस्तरलाई कायम गरी आकर्षक बनाउन नयाँ रुपमा बजारमा ल्याइएको हो । नयाँ स्वरुपमा आएको बिस्कुट ११० ग्राम प्याकको ५० रुपैयाँ र २२० ग्रामको एक सय रुपैयाँ निर्धारण गरिएको छ । 
यो बिस्कुट विदेशी बिस्कुटको तुलनामा गुणस्तरीय र सुपथ मूल्यको भएको कम्पनीको दावी छ । उपभोक्ताको पाचन प्रणालीको सहजिकरण, तौल नियन्त्रण तथा सन्तुलन एबं मधुमेह भएकाहरुलाई यो बिस्कुट निकै उपयोगी हुने बताइएको छ । यो कोलिस्ट्रोल रहित बिस्कुट हो । आगामी दिनमा पनि विभिन्न प्रकारका पोषण तथा स्वास्थ्यवद्र्धक उत्पादनहरु बजारमा ल्याउने कम्पनीले प्रतिबद्धता जनाएको छ । 

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले आफूले बच्चै देखि यो बिस्कुट प्रयोग गर्दै आएको बताए। उनले आफूले हरेक दिन झोलामा सुगर फ्रि डाइजेष्टिभ बिस्कुट बोक्ने गरेकोसमेत खुलासा गरे । उनले नेपाली उत्पादनलाई महत्व दिनुपर्नेमा समेत जोड दिंंदै नेबिकोले बिस्कुटबाट विदेशिने करौडौँ रुपैयाँ देशभित्रै राख्न सहयोग गरेको बताए । विस्कुटका ब्राण्ड एम्बासडर नायक शिव श्रेष्ठले नेबिको जस्तो पुरानो कम्पनीको ब्रान्ड एम्बासडर हुन पाएकोमा गौरव बोध भएको भन्दै आफू नेबिकोको पुरानो उपभोक्ता भएको र स्वस्थ खाद्य पदार्थको अभावलाई यसले पूर्ति गरेको स्पष्ट पारे । कार्यक्रममा चलचित्र निर्देशक तथा निर्माता दिपक श्रेष्ठले बिस्कुटको प्रशंसा गर्दै मधुमेह लागेकालाई मात्रै नभइ अरुलाइ पनि मिठो र स्वादिष्ट भएको स्पष्ट पारे । कम्पनीका कायममुकायम प्रमुख कार्यकारी अधिकृत केशव भट्टराईले नेबिको नेपाली कम्पनी भएर पनि अन्तर्राष्ट्रिय स्तरको उत्पादन दिन सफल भएको दावी गरे । कम्पनीका ब्रान्ड म्यानेजर अरुण पौडेलले विदेशी बिस्कुटको तुलनमा डाइजेष्टिभ बिस्कुटको गुणस्तर उत्कृष्ट रहेको दाबी गरे।
 उपभोक्ताको पाचन प्रणालीको सहजीकरण, तौल नियन्त्रण तथा सन्तुलन गरी कोलिस्ट्रोलरहित उत्कृष्ट स्वादमा बिस्कुट उपलब्ध रहेको पौडेलले स्पष्ट पारे । चलचित्र निर्देशक तथा निर्माता दीपक श्रेष्ठले डाइजेष्टिभ मधुमेह भएको वा नभएको दुवै उपभोक्ताका लागि उत्कृष्ट रहेको अनुभव सुनाए।  ३ वर्षअघिदेखि बजारमा उपलब्ध रहेको सुगर फ्रि डाइजेष्टिभ विस्कुट हाल अन्तर्राष्ट्रिय स्तरको प्याकेजिङमा उपलब्ध गराइएको सेल्स म्यानेजर प्रकाश कार्कीले जानकारी दिए । कार्कीका अनुसार बिस्कुट ११० ग्रामको ५० र २२० ग्रामको १०० रुपैयाँ खुद्रा मूल्य कायम गरिएको छ । सन् १९६४ देखि उत्पादन सुरु गरेको प्रालिले नेपाल गुणस्तर चिह्न तथा आइएसओ. ९००१, २००८ को प्रमाण पत्र प्राप्त गरिसकेको गण्डकी इन्चार्ज सुरज उपाध्यायले बताए । नेबिकोले कोकोनट, ग्लुकोज, थिन आरारोट, खाजा, ट्रेकर च्वाइस, ट्रेकर च्वाइस (आँटा) लगायतका बिस्कुटहरु उत्पादन गर्दै आएको छ ।

Post a Comment

 
Top