0
गोल्डेन न्यूज संवाददाता
नेपाल पत्रकार महासंघ कास्कीको आशन्न निर्वाचनलाई लक्षित गरेर नेपाल प्रेस युनियन कास्कीको शुक्रबार भेला सम्पन्न भयो। यसअघि जिल्ला कार्य समितिको बैठकबाट महासंघ कास्कीको आगामी नेतृत्वका लागि नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष तथा जिल्ला सल्लाहकार रमेश पौडेललाई उमेदवारको रुपमा अघि सारेको युनियनले साधारण सदस्यसहितको भेलामार्फत अनुमोदन गरेको छ। भेलाले पत्रकारका अन्य संघ संगठन संग छलफल र संवाद गर्नका लागि नेपाल पत्रकार महासंघका पूर्व उपसभापति तथा नेपाल प्रेस युनियनका पूर्व उपाध्यक्ष गंगाधर पराजुलीको संयोजकत्वमा पाँच सदस्यीय अधिकार सम्पन्न समन्वय समिति गठन गरेको छ। समितिको सदस्यहरुमा नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय सदस्य तथा कास्कीका पूर्व सभापति रविन्द्र बाँस्तोला, पत्रकार महासंघ कास्कीका वर्तमान सल्लाहकार राजबहादुर गुरुङ, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य ऋषिकान्त पौडेल र युनियनका गण्डकी अञ्चल संयोजक टंकराज अधिकारी रहेका छन्। समितिको पदेन सदस्यमा युनियन कास्की अध्यक्ष शिरोमणि बराल र सचिव प्रकाशचन्द्र सापकोटा रहेका छन्। समितिले महासंघका लागि युनियनबाट महासंघको निर्वाचनमा जाने पदाधिकारी, सदस्य तथा पार्षदको पनि टुंगो लगाउने छ। पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघकको गरिमालाई उचो राख्नका लागि समन्वयतामक भूमिका खेल्नका लागि भेलाले सरोकारवालालाई समेत आग्रह गरिएको छ। कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, पूर्व उपाध्यक्ष गंगाधर पराजुली, कास्कीका सल्लाहकारद्धय रविन्द्र बाँस्तोलाले, राजबहादुर गुरुङ, युनियनका केन्द्रीय सदस्य ऋषिकान्त पौडेल, गण्डकी अञ्चल संयोजक टंकराज अधिकारीले बोलेका थिए। भेलामा सहभागी सदस्यहरुले प्रेस युनियनलाई पत्रकार महासंघमा वहुमतका साथ स्थापित गराउन नेतृत्व तहलाई सुझाव दिंदै एकताका साथ सवै लाग्नुपर्नेमा जोड दिएका थिए। नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालको अध्यक्षतामा भएको भेलामा उपाध्यक्ष माधव रेग्मीले स्वागत र सचिव प्रकाशचन्द्र सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए।  नेपाल पत्रकार महासंघ कास्कीको अधिवेशन आगामी फागुन ३ गते हुँदैछ । अधिवेशनका लागि युनियनका रमेश पौडेलसहित ३ जनाले उम्मेदवारी घोषणा गरेका छन् । प्रेस चौतारीले दीपेन्द्र श्रेष्ठ र प्रेस सेन्टरले त्रिभुवन पौडेललाई महासंघको अध्यक्षका लागि उम्मेदवार बनाएका छन् ।

Post a Comment

 
Top