0
गोल्डेन न्यूज संवाददाता
युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल), गिरी कम्प्लेक्स, न्यूरोड, पोखरा र गोपालधाम सेवा समिति लक्ष्मीधारा, पोखराको संयुक्त आयोजनामा शनिबार मधुमेह तथा रगतमा हुने खराब बोसो सम्बन्धी निःशुल्क रक्त परीक्षण तथा सचेतना कार्यक्रम भएको छ। गोपालधाम सेवा समिति लक्ष्मीधारामा भएको शिविरमा एक सय ५० जनाको निःशुल्क मधुमेह तथा रगतमा हुने खराब बोसोसम्बन्धी निःशुल्क रक्त परीक्षण गरिएको छ। गोपालधाम सेवा समितिमा आवद्ध सदस्य र वरपरका स्थानीयलाई स्वास्थ्यबारे सचेतना दिँदै सर्वसुलभ रुपमा सेवा पु¥याउन कार्यक्रम गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ फिजिसि
यन डा तारा कोइरालाले कार्यक्रमका सहभागीलाई मधुमेह लाग्नुका कारण, लागेपछि अपनाउनुपर्ने सावधानी र उपचार प्रक्रियाबारे जानकारी दिए। उनले भने–‘खानपान र जीवनशैलीलाई स्वस्थवद्र्धक बनाइ रोग लग्नै दिन हुन्न, लागिहालेमा पनि सचेत भए धेरै दुःख पाइँदैन।’ युआरएलजस्तै यस क्षेत्रका अन्य स्वास्थ्य संस्था र उद्योगी–व्यवसायीले पनि सामाजिक उत्तरदायित्व निर्वाह गरे समाजलाई अघि बढाउन सहयोग पुग्ने उल्लेख गरे। युआरएलका प्रवन्ध निर्देशक ठाकुरप्रसाद पन्तले व्यवसायसँगै सामाजिक उत्तरदायित्व वहन संस्थाको कर्तव्य भएको उल्लेख गरे। उनले भने–‘त्यही कर्तव्य वहन गर्दै विभिन्न संघ, संस्थाको सहकार्यमा हामीले आयोजना गरेको यो ३१ औं निःशुल्क शिविर हो।’ पोखरामा विश्वकै अब्बल दर्जाको स्वास्थ्य प्रयोगशालाको सेवा प्रदान गर्दै सर्वसाधारणलाई सचेत बनाउने अभियानमा युआरएल रहेको उल्लेख गरे। गोपालधाम सेवा समितिका अध्यक्ष टेकन गिरीले समितिको आफ्नै भवन रहेको उल्लेख गर्दै स्वास्थ्य सेवा पनि धर्म नै भएकाले र भक्तहरुको सेवाका लागि शिविर आयोजना गरिएको प्रष्ट पारे। कार्यक्रममा समाजसेवीहरु शेरबहादुर गुृरुङ, भक्तराज श्रेष्ठ, नारानाथ पौडेललगायतले बोलेका थिए। गोपालधाम सेवा समितिका अध्यक्ष टेकन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष विष्णुप्रसाद पराजुली र सञ्चालन सचिव लक्ष्मीशरण पराजुलीले गरेका थिए।


Post a Comment

 
Top