0
गोल्डेन न्यूज संवाददाता
रामबजार क्षेत्रको सबैभन्दा पुरानो संस्था ज्ञानज्योति पुस्तकालयमा सरस्वती पूजाको अवसर पारेर एक कार्यक्रमका साथ पुस्तक हस्तान्तरण गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि रामबजार सोसाइटी युकेका सल्लाहकार समाजसेवी महेश गुरुङ्गले सरस्वती माताको तस्वीरमा धूप बाली कार्यक्रमको उद्घाटन गर्दै आजभन्दा करिब ४५ वर्ष अगाडि बजारको स्थापना सँगसँगै ज्ञानज्योति पुस्तकालय स्थापना गरी मानिसमा चेतना जगाउने उद्देश्य राखी स्थापित यस पुस्तकालयले हाल इ–लाइब्रेरीको सोच राखी कार्य अगाडि बढाएकोमा उक्त सोचलाई रामबजार सोसाइटी युकेका साथ आफूले सक्दो सहयोग गर्ने बताए ।
रामबजार सोसाइटी युकेले पुस्तकालय संचालनमा आवश्यक पर्ने कम्प्युटर, सोलार बत्ती, पुस्तक लगायत सामाग्री सहयोग गर्दै आइरहेकोमा केही समय नेपाल आएको बेला पुस्तकालय संरक्षण गर्ने सोसाइटीका संस्थापक अध्यक्ष राम गुरुङ्गले भन्दै युकेबाट संकलन गरी ल्याएको पुस्तक हस्तान्तरण गरे । सहभागी अधिकांशले पुस्तक हस्तान्तरण गरेको कार्यक्रममा युकेका वरिष्ठ सल्लाहकार डा.चन्द्र बहादुर गुरुङ्ग, समाजसेवी सन्त बहादुर गुरुङ्ग, युकेका सदस्यहरु प्रकाश गुरुङ्ग, लक्ष्मीराज गुरुङ्ग, पुस्तकालयका संस्थापक अध्यक्ष तारा पाखे, सदस्य रेखा कार्की, सरुभक्त सरोकार केन्द्रका अध्यक्ष महेन्द्र श्रेष्ठ लगायतले आ–आफ्नो पुस्तकालय संचालन गर्न सबै एकजुट हुनुपर्ने र अन्य क्षेत्रको भन्दा सुविधा सम्पन्न बनाइ अगाडि बढ्नुपर्ने बताएका थिए ।
ज्ञानज्योति पुस्तकालयका अध्यक्ष निरज थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष माधवप्रसाद बरालले स्वागत तथा कार्यक्रमको संचालन सचिव गुरुदत्त कोइरालाले गरेका थिए ।

Post a Comment

 
Top