0
गोल्डेन न्यूज संवाददाता
नेकपा एमाले पोखरा वडा नं. १० को ११औं वडा अधिवेशनले पूर्ण प्रसाद तिमिल्सिनाको नेतृत्वमा–१७ सदस्यीय वडा कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा सीता तिमिल्सिना, सचिव खगेन्द्र क्षेत्री, उप–सचिव राजु श्रेष्ठ र सदस्यहरुमा लोकेन्द्र कुमार राई, चेत गुरुङ्ग, अमरबहादुर के.सी, लीला बराल, शान्ति सुवेदी, अर्जुन तिमिल्सिना, तारा सापकोटा, कृष्ण अधिकारी दिपक रञ्जित, तेज बहादुर पुन, गौमाया गुरुङ्ग, निर्मला लामिछाने निर्विरोध निर्वाचित भएका छन्।  अधिवेशनको उद्घाटन गर्दै नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष कृष्ण थापाले नेपाली जनताको त्याग र बलिदानी पूर्ण संघर्ष गरेर संविधानसभामार्फत प्राप्त संविधान कार्यान्वयन दिशामा आगामी ३ तहको निर्वाचनमा जानु पर्ने प्रस्ट्याउँदै निर्वाचनमा एमालेको विजय सुनिश्चितताको लागि कार्यकर्ता इमान्दार भएर लाग्नु पर्ने निर्देशन गरे।  नेकपा एमाले प्रदेश कमिटी ४ का सदस्य श्रीनाथ बरालले मुलुकमा आहिले सबै भन्दा चुनौती निर्वाचन रहेको तर सत्तापक्षीय राजनीतिक दलहरु सिमांकन लगायतका संशोधन प्रस्ताव अगाडि बढाएर संविधान कार्यान्वयन हुन नदिने खेलामा उद्धत देखिएकोले एमाले यस विषयमा कुनै सम्झौता नगरी निर्वाचन गर्नुपर्ने मान्यताका साथ अगाडि बढनुपर्नेमा जोड दिए ।  कार्यक्रममा एमाले कास्की अध्यक्ष कृष्ण थापा, अनेमा संघ केन्द्रीय कमिटी सल्लाहकार सदस्य गजकुमारी गुरुङ्ग, जिल्ला कमिटी सचिवालय सदस्य तथा क्षेत्र नं. २ का इन्चार्ज शोभा मोहन पौडेल, जिल्ला कमिटी सचिवालय सदस्य तथा पोखरा नगर समन्वय समिति संयोजक तेजनारायण अधिकारी, सचिवालय सदस्य लक्ष्मी अधिकारी, शिव बहादुर बराल, जिल्ला कमिटी सदस्य तथा वडा इन्चार्ज गंगा कुँवर, पार्टी जिल्ला निर्वाचन कमिटी सदस्य ऋषिराम लामिछाने, क्षेत्रिय कमिटी २ का उपाध्यक्ष ध्रुव पराजुली, क्षेत्रिय सचिवालय सदस्य डि.वी. राई, कृष्ण तिमिल्सिना, तोयनाथ गौतम, छिमेकी वडा नं. १२ का अध्यक्ष गुप्त बहादुर कार्की लगायतले आ–आफ्ना भनाइ राखेका थिए ।  नेकपा (एमाले) वडा कमिटी १० का अध्यक्ष सम्झना अधिकारीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा स्वागत उपाध्यक्ष पूर्ण प्रसाद तिमिल्सिनाले र संचालन सचिव सीता तिमिल्सिनाले गरेकी थिइन ।






Post a Comment

 
Top