0
अमेरिकाका नव निर्वाचन राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिभवन प्रवेश गरेको दिन आफ्नो छिमेकी देश मेक्सीकोको सिमानामा २२ हजार माइल पर्खाल लगाउने महत्वकांक्षी योजनाको उद्घोष गरे । ट्रम्पको यो उद्घोष उनी राष्ट्रपतिको उम्मेदवार हुंदा चुनावी घोषणापत्रमा व्यक्त गरे अनुसारको योजना हो । पर्खाल लगाउनुको मूख्य उदे्श्य मेक्सीको देशकोे स्थल मार्ग हुंदै अमेरिका प्रवेश गर्ने गैरकानूनी आप्रवासीहरु लाई रोक लगाउनु हो ।
नेपाल–भारत विचको खुल्ला सिमानाको कारण सुरक्षा, सार्वभौमिक अखण्डता आदि विषयमा दुई देशबीच मतभेद हुँदै आएको र भारतले नेपाललाई हेप्ने र सिमा मिच्ने गरेका कारण शासकको तहदेखि जनस्तरसम्म एकप्रकारको मनोवैज्ञानिक त्रास र प्रभाव परेको देखिन्छ । ट्रम्पको योजना नेपाल–भारतबीचको सीमा  व्यवस्थापन गर्न नेपालका शासकहरुका लागि एउटा शिक्षा हुन सक्दछ ।
सन् १८१६ मा नेपाल र अंग्रेजहरु विच भएको सुगौली सन्धिले नेपालको कूल भूभागको एक तिहाइ भूभाग भारतमा विलय भयो । वाकी रहेको नेपालको भूभाग भित्रको नेपाल–भारत सीमाको पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मकोे करिव १०२७ कि.मि.क्षेत्रमा ८५५३ वटा सिमा स्तंभहरु गडियो जसलाई जंङ्गे पिलर पनि भनिन्छ । यो क्षेत्रलाई दशगजा क्षेत्र अर्थात पनि भनिन्छ । यसरी नेपाल भारत बीचको सिमा छुट्टाउन गाडिएका स्तंभहरु वर्षेनी हराउने गरेको सुनिन्छ । पछिल्लो अध्यययन अनुसार सिमा क्षेत्रमा गाडिएका स्तंभहरु मध्ये ३२०० स्तंभहरु सीमाक्षेत्रवाट भारतीयले हटाई सकेका छन् । सीमाक्षेत्रमा वसोवास गर्ने नेपालीहरुले सो क्षेत्रमा सीमा स्तंभ हराएको,भारतीयहरुले नेपाली भूमि अतिक्रमण गरेको र अतिक्रमण रोक्न वारम्वार नेपाल सरकार र सरोकारवाला निकायहरुलाई अनुरोध गर्दा पनि नेपाली शासक र नेताहरु कानमा तेल हालेर भारतीय शासकहरुको अगाडि लाचार र निकम्मा भएको तितो अनुभूति नेपालीहरुसंग छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पको सिमानामा पर्खाल लगाउने निर्णय विश्व रंगमंचमा नयां होइन । जापानी साम्राज्यको सैनिक सुरक्षाको लागि चीनले निर्माण गरेको ग्रेटवाल , दोस्रो विश्वयुद्ध पछि पूर्वि जर्मनी र पश्चिम जर्मनीलाई विभाजन गर्न लगाइएको वर्लिनको पर्खाल र उत्तर कोरिया र दक्षिण कोरिया बीच लगाइएको पर्खाल वा स्तंभहरु केही उदाहरणहरु हुन जसले देशको राष्ट्रियता र सार्वभौमिक अखण्डता को रक्षाको सन्दर्भमा विशेष महत्व राख्दछन् । स्तंभ वा पर्खाल निर्माणको आवस्यकताको महशुस कुनै पनि देशको भौगोललिक अवस्थाको साथै समय, परिस्थिति र दृष्टिकोणमा पनि भर पर्दछ । जस्तो अमेरिकाका निवर्तमान राष्ट्रपति ओवामाले आफनो ८ वर्षको कार्यकालमा मेक्सीकोको सिमानामा पर्खाल लगाउन आवस्यक ठानेन तर पछिल्ला वर्षहरुमा इस्लामिक संगठनहरु
(आइ.एस.आई) को आतंकारी गतिविधि वढनु र ति गतिवधिहरुमा क्रिश्चियनहरु मूख्य निशानामा परेका कारण पनि ट्रम्पले मुश्लिम र अन्य देशका आप्रवासीहरु समेत प्रवेश गर्ने प्रमुख स्थल मार्गका रुपमा रहेको मेक्सीको सिमानामा पर्खाल लगाउने महत्वाकांक्षी योजना अगाडि वढाएका हुन ।
राष्ट्रपति ट्रम्पको योजना वा निर्णयलाई नेपालको सन्र्दभमा दुई पक्षवाट हेर्न र विश्लेषण गर्न सकिन्छ । पहिलो नेपाल–भारत विचको सिमा स्तंभ जो आज भन्दा २०० वर्ष पहिले निर्माण गरिएका थिए, ति स्तंभहरु चोरिएको वा हराएको सन्दर्भमा स्थायी पर्खाल वा स्तंभ निर्माण गरी दुई देश विचकोृ सिमानालाई व्यवस्थित गर्न नेपाल सरकार र नेपालका नेताहरुले अग्रसरता देखाउनु पर्दछ, किनकि नेपालको भूमि वर्षेनी भारतले अतिक्रमण गर्दै आएको छ । सीमाना व्यवस्थित गर्ने वा सीमानामा स्थायी संरचना निर्माण गर्ने कुरा विभिन्न क्षेत्रवाट उठि रहेको विषय होे ।
ट्रम्पवाट सिक्नु पर्ने दोस्रो महत्वपूर्ण कुरा चुनावी घोषणापत्रको महत्व । नेपालका नेताहरुले चुनावी घोषणापत्रमा देशले धान्न नसक्ने वा पूरा हुन नसक्ने हवाई काल्पनिक कुरा गरेर जनतासंग भोट माग्ने र चुनाव जिते पछि चुनावी घोषणापत्र अनुसार जनतासंग प्रतिवद्धता व्यक्त गरेका सामान्य भन्दा सामान्य कुरा पनि पूरा गर्न नसक्ने । यो जनतासंग गरिएको झुटको खेति हो । अव लाटा सिघा जनतालाई झुट र भ्रमको खेति गर्न वन्द गरिनु पर्दछ ।
नेताहरुमा झुटको खेति गर्ने प्रचलनले राजनैतिक प्रणाली कमजोर हुन्छ । तसर्थ जे गर्न सकिन्छ त्यतिको मात्र चुनावी घोषणापत्र तयार गरिनु पर्दछ । जस्तो नव निर्वा्चित राष्ट्रपति ट्रम्पले अमेरिकी सुरक्षा र सावर्वभौमिक अखण्डतामा इस्लामिक संगठन आइ.एस.आइ. वाट खतरा देखे र मेक्सीकोको सिमानामा स्थायी सिमा पर्खाल निर्माण गर्ने चुनावी घोषणा पत्रको प्रतिवद्धता अनुसार ह्वाइट हाउस प्रवेश गरेको पहिलो दिन मै प्रतिवद्धता अनुसार कार्य गर्ने उद्घोष गरे ।
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सफल व्यापारी हुन । एउटा व्यापारीको मुख्य उद्ेश्य धन कमाउने हुन्छ । १७ महिना अघि अप्रत्यासित रुपमा अमेरिकी राजनीतिमा प्रवेश गरेका ट्रम्पका विषयमा धेरै क्षेत्रवाट टिका टिप्पण्डीहरु भए तर टिकाटिप्पडी र अनुमान अनुसार ट्रम्प प्रशासन अघि वढ्ने संकेत देखिएन । आप्रवासीप्रति कडा व्यवहार गर्ने अनुमान गरिएका ट्रम्पले अमेरिकीलाई गहिरो प्रेम गर्नेलाई अमेरिका प्रवेशमा नरम नीति लिने र इस्लामीकप्रति भने कडा हुने अभिव्यक्ति दिएका छन् ।
अमेरिकी चुनावले दिएको अर्को महत्वपूर्ण सन्देश भनेको पेशवर राजनीतिकर्मि मात्र सत्ता राजनीतिका लागि उपयूक्त व्यक्ति हुन सक्दछन् भन्ने परम्परागत सोंचप्रति प्रश्नवाचक चिन्ह खडा गरेको छ । नयां सोंच, चिन्तनविना अवको राजनीति र राजनीतिकर्मीको भविश्य छैन भन्ने सन्देश पनि हो कुशल व्यापारी डोनाल्ड ट्रम्पको विजय । नेपालका नेताहरुले व्यापारी डोनाल्ड ट्रम्पवाट पाठ सिक्न जरुरी छ ।




Post a Comment

 
Top