0
त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्वतन्त्र विद्यालय युनियनको निर्वाचन सबै क्याम्पसमा एकैसाथ सम्पन्न हुनेमा आशंका बढेको छ। यसअघि फागुन १४ गतेका लागि घोषणा गरिएको निर्वाचन विद्यार्थी संगठनहको आग्रहमा फागुन १८ गतेका लागि सारिएको छ। अब निर्वाचन आउन दुइ दिन मात्र बाँकी रहेपनि धेरै क्याम्पसहमा निर्वाचन हुने सम्भावना टर्दै गएको छ। निर्वाचन कार्यतालिकाअनुसार हिजो मनोनयन दर्ता गर्नुपर्ने थियो तर धेरै क्याम्पसमा मनोनयन दर्ता गर्न सम्भव भएन। पोखराको केही क्याम्पसमा मनोनय दर्ता भएको छैन भने राजधानीमा पनि कतै आगजनी त कतै तालाबन्दी गरिएको छ। मुलुकभरका सबै क्याम्पसमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठनले तालाबन्दी गरेको छ भने राजधानीका क्याम्पसहमा कांग्रेस निकट विद्यार्थी संगठन पनि तालाबन्दीमा उत्रिएको छ। मुलुकको सबै भन्दा बढी विद्यार्थी भएको पोखराको पृथ्वी नारायण बहुमुखी क्याम्पसमा परिचयपत्र चोरी भएको आरोप समेत लगाइएको छ । यो आरोप अखिल क्रान्तिकारीले लगाएको हो । क्रान्तिकारीले चुनाव स्थगनको माग समेत गरेको छ । आठ वर्षपछि स्ववियु चुनाव हुँदैछ। स्ववियुको औचित्यबारे बहस गर्न सकिएला तर यसको औचित्य रहँदासम्म यसको आवधिक निर्वाचनमा ध्यान दिनु जरी छ। हरेक दुई वर्षमा स्ववियु निर्वाचन गर्ने प्रचलन भए पनि आठ वर्षसम्म निर्वाचन हुन नसक्नु दुःखद् हुँदै हो, त्यसमा पनि बल्लतल्ल हुन थालेको निर्वाचनमा पनि अवरोध देखिनु थप दुःखद छ। यो वातावरण कसरी सिर्जना भयो, यसको कारण खोजी गरी त्रिभुवन विश्वविद्यालयले सबै क्याम्पसमा निर्धा्रित मितिमा चुनाव गर्ने वातावरण बनाउनुपर्छ। त्यसमा आवश्यक परे सरकारले सहयोग गर्नु आवश्यक छ। अहिले तालाबन्दी गरिरहेका विद्यार्थी संगठनले विद्यार्थी भर्ना हुनबाट छुटेको बताएका छन्। यसमा क्याम्पस प्रशासनहरु दोषी छन् कि, स्वयं विद्यार्थीहरु दोषी छन् वा विद्यार्थी संगठनले फर्जी विद्यार्थी भर्ना गर्न नपाएको झोकमा यस्तो आरोप लगाइरहेका छन्, यसको पनि खोजी गर्नु आवश्यक भएको छ। क्याम्पसस्तरमा तालाबन्दी गरिएपनि सबै विद्यार्थी संगठनहरुले केन्द्रस्तरमा स्ववियु निर्वाचनमा सहभागिता जनाउने सहमति गरिसकेका छन्। यो सहमतिलाई पालना गरेर निर्वाचनमा होमिनु नै राम्रो हुन्छ। होइन, समस्या नै छ र वास्तविक विद्यार्थीहरु नै भर्नाबाट बञ्चित भएका छन् भने यसको समाधान कसरी खोज्ने भन्ने विषयमा त्रिविले नै निकास दिनुपर्छ। अब उम्मेदवारी दर्ता नभएका क्याम्पसहमा स्ववियु निर्वाचन स्थगित हुने निश्चित जस्तै भएको छ। ती क्याम्पसमा फागुन १८ गतेपछि नै चुनाव हुन्छ होला। त्यस्ता क्याम्पसमा विद्यार्थी भर्ना नै गर्नुपर्ने अवस्था आएमा गैरविद्यार्थीहरुले भर्ना नपाउने गरी त्रिविले सोच्नु आवश्यक छ। कुनै पनि विद्यार्थी संगठनले फर्जी विद्यार्थी भर्ना गरेर चुनाव जित्नेतिर सोच्नुहुँदैन। अहिले जताततै विकृति छ। चुनाव जित्न असम्बन्धित क्षेत्रका मतदातालाई प्रयोग गर्ने गलत संस्कार विकास भइरहेको छ। कम्तिमा भोलि देश चलाउने आजका विद्यार्थीहले यस्तो राजनीतिक विकृति रोक्नुपर्छ। निर्वाचन पैसा खर्च गर्ने र असम्बन्धित क्षेत्रका मतदाता प्रयोग गरेर चुनाव जित्ने स्थिति हरेक क्षेत्रमा रोक्नुपर्छ। यही गलत परम्पराका कारण अहिले राजनीति फोहोर बन्दैछ, यसलाई सुधार्न नयाँ पुस्ता विद्यार्थीहले नयाँ संस्कारको थालनी गर्नु आवश्यक छ।




Post a Comment

 
Top