0
प्रदीप कुमार श्रेष्ठ
योग ऋषि एवं यस ब्रहमाण्डमा योगलाई फैलाउने विश्व गुरु स्वामी रामदेवज्यूको योग साधना दैनिक रुपमा आस्था च्यानलबाट सम्प्रेषण हुन थाले पछि विश्व भरि नै योगमय वातावरणले तारिरह्यो । यस लहरले पोखरा पनि अछतो रहन सकेन जसरी सूर्यको प्रकाशले प्रत्येक स्थानमा रहेको हरेका कुरालाई उज्यालो पार्छ त्यसरी नै योगको यस प्रतापले पत्येक स्थानमा रहेका चेतनायुक्त मानिसलाई प्रभाव पार्यो । जसरी हिउँलाई पगाल्न तापको जरुरत पर्दछ, त्यसरी नै योगको प्रतापले सबैलाई आफ्नो जीवन पद्धतिको अवस्थालाई परिवर्तन गर्न प्रेरित गर्यो । यसैक्रममा चिप्लेढुंगाको शान्ति श्रेष्ठ र न्यूरोडको रमा श्रेष्ठमा पनि यसै योगको प्रकाश पुञ्जले स्पर्श गर्यो । 
एकाघरका दिदी बहिनी, उहाँहरु बलककाल देखिको आध्यात्मिक वातावरणले गर्दा पनि आध्यात्म प्राप्तिमा गहिरो अभिरुची लिने गनुहुन्थ्यो । त्यसैले गर्दा साई भजन, बह्मकुमारी राज योग केन्द्र, महात्माहरुको प्रवचन आदिमा निरन्तर जाने गर्नुहुन्थ्यो । मन मस्तिष्कको कुनामा वीऊको रुपमा बसेको जिज्ञासा, विस्तारै एउटा विरुवाको रुप हुँदै आयो । यो विरुवालाई जल, मल र प्रकाश भर्ने काम आस्था च्यानलको यो कार्र्यक्रमले यथेष्ट मात्रामा गरे परिणाममुखी र प्रयोगात्मक अष्ठाङ्ग योग साधनाले उहाँहरुमा भरपुर उर्जा थपिदियो। मैले २०६३ सालको श्रावण देखि सूर्य नमस्कार, प्राणायाम र आशनहरु गर्न थालिसकेको थिएँ । मैले जे जति सिके त्यसलाई प्रत्येक विहान २ घण्टा नियमित गर्ने गरेको थिए । मलाई सम्झना भएसम्म यी दुई दिदीबहिनी मसँगै बसेर प्राणायाम, आशन र सूर्य नमस्कार गर्ने गर्थे । अलिअलि जाने पछि उहाँहरु इति धेरै इच्छा जागृत थियो कि यस योग अभ्यासलाई सम्पूर्ण माझ पुर्याउने दुढता राख्नुहुन्थ्योे । दिदी र बहिनी मध्ये शान्ति । श्रेष्ठ
(दिदी) मा यो बल धेरै थियो । भन्दा भन्दै जिल्ला पतन्जलि योग केन्द्रको आयोजनामा सहयोग प्रशिक्षक प्रशिक्षणको तालिम गर्ने भन्ने समाचार पनि आइपुग्यो । २९ दिने तालिम सके पछि आत्मविश्वास र ज्ञान दुवै बढेर आयो । फलत वहाँहरु बास्तोलाथर, न्यूरोड , चिप्लेढुंगाका चिनेका इष्ट मित्रहरुलाई योग साधनाको निम्ति व्यक्तिगत रुपमा अनुरोध गर्न थाल्नुभयो ।
म आफु भने २/४ वटा पुस्तक अध्ययन गर्दै आस्था च्यानलमा स्वामीजीको कुराहरु ध्यान दिएर सुन्दै एक्लै कोठामा योग अभ्यासलाई गर्न थाले । म ठान्थे, गुरु भनेको आफुलाई सम्पूर्ण  रुपमा योगका विषय थाहा हुनुपर्छ । साधकहरुले सोधेको, जान्न खोजेको जिज्ञाशाहरु मेट्न सक्नुपर्छ । त्यसैले एक्लै अभ्यास गर्न सम्म त ठिक छ, त्यहि गएर अन्य साधकहरुलाई प्रशिक्षण दिन त गाह्रो काम हो  मैले जे ठाने पनि यी दिदी बहिनीहरु मलाई केन्द्रमा लैजान अति पेरित गरिरहन्थे ।  मनको अर्को मनको कुनामा अप्ठेरो चाहिँ योग साधनामा डुबे पछि व्यवहारिक जीवन बिताउन सकिंदैन कि भन्ने पनि हो । यसमा ध्यान र समाधिको कुराहरु प्नि आउँछ ।
उहाँहरु लगातार श्रीकृष्ण मन्दिरमा योग साधना गर्न जाने गर्नुभयो । केहि समय पछि नेपालबाट ५/६ हजार योग साधक, प्रशिक्षकहरुलाई स्वामीजीको प्रत्यक्ष प्रशिक्षणमा सह–सहयोग प्रशिक्षक प्रशिक्षण कार्यक्रम हुने भए पछि दुवैजना हौसिए । हरिद्वारमाएक हप्ताको योग प्रशिक्षण पश्चात् विधिवत श्रीकृष्ण मन्दिर योग केन्द्र, दरबारथोकको जन्म भयो । त्यो शुभ दिन २०६४/०२/२ गते परेको थियो । उहाँहरुको लगातारको भनाईले गर्दा मलाई पनि कोठामा सीमित हुन दिएन । मैले आफ्नो जिन्दगीलाई हावामा उडाएर योग प्रशिक्षणको निम्ति केन्द्र जाने परिवेशको सिर्जना भयो । तर मसित योग प्रशिक्षकको प्रमाणपत्र नभएकोले यो काम गर्न बञ्चित रहे । तर लगत्तै पतञ्जली  योग केन्द्र, नेपालको महिला पभारी हेमा ढुंगाना गुरुको अगुवाईमा सह–सहयोग प्रशिक्षक प्रशिक्षण हुने भए पछि म पनि जना थाले । १५ दिनको यस तालिममा हेमा गुरुको मिठासपूर्ण  वाणीहरुले योगमा डुब्न प्रेरणा प्रदान गर्यो । उहाँको बोली , मनन र सरला प्रस्तुतिले हामी सबैको मन छोयो । मनमनै मैले पनि संकल्प लिए, कि यस योग साधनालाई म प्रशिक्षको हैसियतले निरन्तरता दिनेछु ।
त्यसैले हृदयबाट हेमा गूरुलाई सदा धन्यबाद भनिरहन्छु । यसरी श्री कृष्णयोग केन्द्रमा २०६५ श्रावण २५ गतेबाट मेरो पनि संलग्नता रह्यो । सधै स्वामीजीको वाणी सुनिरहकोले होला । योग प्रशिक्षणमा नयाँ नयाँ कुराहरु दैनिक रुपमा पस्कनु पर्छ भन्ने कुरालाई मनमा बलियोसँग राखेको थिए । त्यसैले योगका अन्य गुरुहरका पुस्तकहरु प्नि अध्ययन गर्न थाले । जसलाई केन्द्रमा भन्ने गर्न थाले । कोही रोगले रोगाएर आउँथे , कोही ज्ञानले भोकाएर आउँथे । हाम्रो योग प्रशिक्षण प्रयास सफल हुँदै गएको आभाष हुँदै आयो । हामी उत्साही र अभिप्ररित हुँदै आयौँ हामीलाई साथ दिनु हुने आदरणीय अग्रज दाईहरु नरेन्द्रमान लालचन, ईन्द्र गुरुङ भुवन सिं गुरुङर उर्मिला हिराचन दिदीलाई नमन गर्न चाहान्छु । नरेन्द्रदाईलाई समग्र केन्द्रको विकासको निमित्त के गनुपर्छ, सहयोग गर्नुहुन्थ्यो । ईन्द्र गुरुङ दाई योग प्रशिक्षण र आयुर्वेदको ज्ञानमा बढी उत्साहित हुनुहुन्थ्यो । भुवन सिं गुरुङ दाई अक्यूप्रेशरको ज्ञाता उर्मिला दिदी आजभोली समग्र योग कक्षा संचालन गर्न सकृय हुनुहुन्छ । यसरी  यस योग केन्द्रलाई हामी सबैले सँगै सिच्यौ र अग्लो बनाउने प्रयत्न गर्यौँ । एकताबद्ध भएर संस्था चलाउने प्रयत्न गर्यौँ भने सामाजिक कार्य पनि गर्न सकिने रहेछ । हामीले आजसम्ममा यस केन्द्रबाट महत्वपूर्ण केहि कार्यहरुलाई सम्भव बनायौँ ।
१) ३६० वटा विरुवाहरु जस्तै रुद्राक्ष, हर्रो, बर्रो आदि जडिबुटी जयकोट वन, कार्की डाडाँमा रोपियो ।
२) ३÷४ वर्षसम्म लगातार सत्यसाई केन्द्र, नदीपुरमा साईबाबाको जन्म दिनमा रु ५०००।(अक्षरुपी पाँच हजार रुपैयाँ)का दरले सहयोग गरियो ।
३) राष्ट्रिय परोपकार केन्द्रको महायज्ञमा रु. १०,०००। (अक्षरुपी दश हजार रुपैयाँ ) सहयोग गरियो ।
४) रक्तदान कार्यक्रम हुँदा ८५ युनिट रगत संकलन गरियो ।
५) तीज कार्यक्रम र वार्षिकोत्सव कार्यक्रम बर्षौ पिच्छे गर्दै आइरहेको ।
६) श्रीकृष्ण योग केन्द्रका कुनै सदस्यको घरमा दुःख पर्दा सबै सदस्यहरु त्यसमा सरिक भई दुः ख साट्ने गरेको ।
७) समर्पण लायन्स क्लब र श्रीकृष्ण योग केन्द्रको सहकार्यमा दरबारथोकमा खुल्ला योग शिविर आयोजना गरियो । जसमा प्रमुख प्रशिक्षकको भूमिका मैले निर्वाह गर्ने मौका पाएको थिए ।
८) बाल योगेश्वर श्री ईश्वर कृष्ण महाराजको महायज्ञमा रु २१,०००।(अक्षरुपी एक्काइस रुपैयाँ) नगद सहयोग गरिएको थियो ।
९) सनातन धर्म सेवा समिति, कास्कीलाई रु १०,०००। (अक्षरुपी दश हजार रुपैयाँ) सहयोग गरियो ।
यसरी विभिन्न सेवा मुलक कर्महरु गर्दै सबैको सहाकार्यमा श्रीकृष्ण योग केन्द्र एउटा स्थापित योग केन्द्र बन्न पुग्यो । समग्रमा भन्नुपर्दा श्रीकृष्ण योग केन्द्र सबै पोखराबासीको मायाको केन्द्र बन्न पुग्यो । ९ वर्षको अन्तराल पछि २०७३ जेष्ठ महिनामा पतञ्जली योग केन्द्र, नेपालबाट कास्की जिल्ला पतञ्जली योग समितिको आयोजनामा १५ दिने सहयोग प्रशिक्षक तालिमको मौका आयो । जसमा संयोजक  अचल प्रमारी श्री दिपक सिग्देल र सह–संयोजकहरुमा म लगायत रामजी बराल थियौँ । यस पाली म आफै सह–संयोजकको रुपमा कार्य गर्ने मौका पाएकोमा जिल्ला कार्यसमितिलाई धन्यवाद टक्र्याउन चाहन्छु । यस अवसरलाई सदुपयोग गर्न हाम्रो केन्द्रका २९ जना साधकहरु तयार भए । १५ दिने कार्यक्रममा श्रीकृष्ण योग केन्द्र, कास्की जिल्लाकै उत्कृष्ट केन्द्र घोषित भयो। हामी ९ वर्षदेखि अनवरत लागि रहेको प्रशिक्षकहरु लाई गर्व महसूस भयो । १५ दिने प्रशिक्षण समाप्त भएपछि ती २९ जना नयाँ सहयोग प्रशिक्षक मिलेर ४ वटा नयाँ योग केन्द्र सञ्चालनमा ल्याए । त्यसो त २÷३ वर्ष अगाडि हाम्रो केन्द्रको एक जना साधकले नारायण स्थानमा योग केन्द्र खोलिसकेको थियो । हाम्रा नयाँ प्रशिक्षकहरुले खोलेका केन्द्रहरु यस प्रकार छन् ।
१) संगमा योग केन्द्र न्यूरोड ।
२) श्रीराम योग केन्द्र, राम मन्दिर, नयाँबजार
३) शोभा भगवती योग केन्द्र, शोभा भगवती मन्दिर, रानीपौवा
४) भीमसेन योग केन्द्र, नेवा पुच भवन, भिमसेन टोल
आज यो ४ वटै योग केन्द्रबाट नियमित रुपमा १२०-१५० जना जतिलाई निःशुल्क योग प्रशिक्षण गराई रहेका छन् । यी सम्पूर्ण सहयोग प्रशिक्षकहरुलाई म हृदयदेखि अभिनन्दन गर्न चाहन्छु । साथै यी केन्द्रहरु पनि निरन्तर दीर्घकालसम्म चलाई रहन परमात्मको आशिर्वाद मिलोस् । योगको प्रतापले सारा गाउँ, नगर हुँदै राष्ट्र नै योगमय भई देशकै समृद्धि होस, शुभ कामना !
(लेखक श्रीकृष्ण मन्दिर योग केन्द्रका प्रशिक्षक हुनुहुन्छ ।)

Post a Comment

 
Top