पोखरा २१ पुस ।

अधिवेनबाट समितिको उपाध्यक्षमा भगवती फेन्सीका संचालक नेत्रप्रसाद सुवेदी, सचिवमा शुभम् ट्रेडर्सका संचालक सूर्यराज त्रिपाठी, कोषाध्यक्षमा योभाग्यश्री इन्टरप्राइजेजकी संचालिका शान्ति थापा र सह–सचिवमा हाम्रो बाँसबारी जुत्ता पसलका संचालक हरिशचन्द्र तिवारी चयन भएका छन् ।
यसैगरी कार्यसमितिको सदस्यहरुमा रामजी थापा, नारायण बाँस्तोला, भीम प्रसाद बाँस्तोला, नवराज कोइराला, विष्णुदेवी अधिकारी, सुशिला कोइराला, गणेश गोदार, अर्जुन शर्मा रहेका छन् ।
अध्यक्षमा निर्वाचित अधिकारीले साँघुमुख-महेन्द्रपुलका व्यवसायीका समस्याहरुको समाधानमा आफू सक्रिय भएर लाग्ने प्रतिवद्धता जनाए । गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै उनले संस्थालाई रचनात्मक ढङ्गले अघि बढाउँदै आफ्नो कार्यकाल स्वर्णिम बनाउने स्पष्ट पारे । कार्यक्रमको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रविन्सन प्रजूले व्यवसायीहरुको हक हित र सुरक्षामा पोउवासंघ सदैव प्रतिवद्ध रहेको बताए । उनले भने-‘व्यवसायीका धेरै समस्या छन्, ती समस्या समाधानका लागि पोउवासंघ सक्रिय भएर लाग्छ ।’
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्की, पूर्व महासचिव नारायण कोइराला, सिरुपती बचत तथा ऋण सहकारीका अध्यक्ष रामजी प्रसाद कोइराला, संस्थाका संस्थापक अध्यक्ष शिवप्रसाद बाँस्तोला, सल्लाहकार अर्जुन पोखरेल, विकल शाही, बुद्ध विशाल बजार व्यापारिक एशोसिएशनका महासचिव केशव खत्री, कपडा व्यवसायी एशोसिएशनका कोषाध्यक्ष जीवन प्रकाश श्रेष्ठ, फेन्सी व्यवसायी संघका प्रथम उपाध्यक्ष प्रजन कुमार थापा लगायतले आ-आफ्नो भनाइ राखेका थिए । संस्थाका अध्यक्ष शंकर खरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष रामेश्वर अधिकारीले र संचालन सचिव नेत्र सुवेदीले गरेका थिए । कार्यक्रममा पुराना व्यवसायी सेवेरा हेण्डुलमका संचालक हनिफ अन्सारी, साँघुमुख मासु पसलका यज्ञबहादुर साइलाई सम्मान गरिएको थियो ।
Post a Comment