0
गोल्डेन न्यूज संवाददाता
काठमाडौंको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको साँग्रिला डेभलमेन्ट बैंक लिमिटेडले बुटवलमा प्रधान कार्यालय रहेको नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमिटेड र गोरखामा प्रधान कार्यालय रहेको कसमस डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । साँग्रिलाले दुई विकास बैंकसंग छुट्टा छुट्टै प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेको छ । सहमतिपत्रमा साँग्रिला डेभलपमेन्ट बैंकका तर्फबाट अध्यक्ष प्रा. सुरेन्द बहादुर भारी, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका तर्फबाट अध्यक्ष पशुपति घिमिरे र कसमस डेभलपमेन्ट बैंकका तर्फबाट अध्यक्ष प्रा.डा. टेकनाथ ढकालले हस्ताक्षर गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले बताए । दुई वटा विकास बैंकहरुको प्राप्ति पछि तीनवटै संस्थाहरुको आर्थिक वर्ष २०७२÷७३ को बोनश शेयर वितरण भए पश्चात साँग्रिला डेभलपमेन्ट लिमिटेडको चुक्ता पूंजी करिब १ अर्व ५७ करोड पुग्नेछ भने चालु आर्थिक वर्षको २०७३÷७४ को बाँढ्न मिल्ने कोष तथा मुनाफाबाट ३० करोड बराबरको बोनश शेयर वितरण पछि बैंकको चुक्ता पूंजी करिब १ अर्व ८७ करोड पुग्नेछ ।नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम राष्ट्रिय स्तरको विकास बैंकलाई चाहिने चुक्ता पुँजी २ अर्व ५० करोड रुपैयाँमा करिब ६३ करोड बराबर कम हुन जाने अपुग पूँजीलाई अर्को वित्तीय संस्थालाई गाभ्ने वा हकप्रद शेयर जारी गरि केही रकम थप गरि आर्थिक वर्ष भित्र पुर्याउने लक्ष्य लिईएका बैंकका नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए । यसरी मर्ज पश्चात आर्थिक वर्ष २०७३÷७४ को प्रथम त्रैमासिक विवरण अनुसार निक्षेप १३ अर्व ३६ करोड तथा कर्जा ११ अर्व ७० करोड रुपैयाँ पुग्नेछ भने शाखा संख्या ४३ वटा, ४ वटा एक्सटेन्सन काउन्टर तथा ६ वटा लघुवित्त शाखा उनले जानकारी दिए ।





Post a Comment

 
Top