0
गोल्डेन न्यूज संवाददाता
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड 
(नेफ्स्कुन) को हालै सम्पन्न २५औं साधारणसभाबाट केन्द्रीय सञ्चालनमा निर्वाचित भीम गुरुङ र चण्डि शर्मा पौडेललाई बधाई ज्ञापन गरिएको छ । नेफ्स्कुन फिल्ड कार्यालय पोखराको आयोजनामा बुधबार एक कार्यक्रमका बीच बधाई ज्ञापन गरिएको हो । उक्त अवसरमा बोल्दै गुरुङले सहकारीकर्मीहरुको साथ र मायाले आफूले चुनाव जितेको धारणा राखे । ‘सहकारी अभियानलाई सशक्त बनाउन मैले पूर्ण भूमिका खेल्नेछु,’ उनले भने, ‘सहकारी भित्रका कमीकमजोरीलाई सुधार गर्दै सहकारी अभियानलाई सशक्त बनाउन सबैका साथ आवश्यक छ ।’ कार्यक्रममा गुरुङ र पौडेललाई जिल्ला सहकारी संघ कास्कीका उपाध्यक्ष हरिभक्त पौडेल, जिल्ला बचत संघ कास्कीका उपाध्यक्ष सुदिप ढकाल, नेफ्स्कुन फिल्ड कार्यालय पोखरा सञ्चालन उपसमिति सदस्य नारायणप्रसाद आचार्य, फिल्ड कार्यालय इन्चार्ज दिनेश भण्डारी लगायतले माला, अबिर र खादाले सम्मान गरेका थिए ।




























Post a Comment

 
Top