0
पछिल्लो समय पोखराको मोडलिङ क्षेत्र निकै कमजोर छ । अझै कुनै समय मोडलहरुको शहर भनेर चिनिने पोखरामा अहिले मोडलहरु पाउनै गाह्रो छ । खासगरि यो क्षेत्रमा देखिएको आर्थिक अभावका कारणले मोडलहरु पलायन भएको एकथरीले तर्क गर्छन् । पोखराको मोडलिङमा देखिएको यस्तो खाले खडेरी मेटाउनका लागि इभेन्ट कम्पनी ‘परिचय नेपाल’ लागिपरेको छ । पोखरालाई पुनः मोडलहरुको शहर भनेर चिनाउन उसले गृहकार्य थालेको छ । यसको पहिलो काम स्वरुप उसले फागुन १२ गतेदेखि आयोजना गर्न लागेको जंगल फेस्टिभलमा विशेष फेशन शो पनि समावेश गर्दैछ । ‘जंगल थिम’मा गरिने फेशन शो मा पोखराका चल्तीका मोडल र केहि नयाँ मोडलहरु समेत ¥याम्पमा उत्रिँदैछन् । हामीले मोडलिङ क्षेत्रमा व्यवसायिकताको विकास होस् भन्ने उद्देश्यसहित जंगल फेष्टिभलमा यस्तो प्रकृतिको फेशन शोलाई समावेश गरेका हौँ’ आयोजक परिचय नेपालका अध्यक्ष शोभित बस्यालले भने–‘र, दर्शकको लागि पनि यो फरक स्वाद हुनेछ ।’
जंगल भित्र हुने फेशन शोमा उत्रने हरेक मोडललाई पारिश्रमिक दिने व्यवस्था गरिएको आयोजकले बताएको छ । अघिल्ला दुई सँस्करणको जंगल फेस्टिभलमा पनि आयोजकले फेशन शो लाई विशेष स्थान दिएको थियो । र, साँझपख जंगलको माझमा हुने फेशन शोलाई दर्शकले पनि निकै राम्रो ‘रेटिङ’ दिएका थिए । यो पटक १० जना महिला मोडल र ३ जना पुरुष मोडलले जंगल फेस्टिभलमा ¥याम्पमा उत्रेर माहौल गर्माउनेछन् । जंगल फेस्टिभलमा हुने फेशन शोको कोरियोग्राफिको जिम्मा कोरियोग्राफर सुरज थापामगरले पाएका छन् । यतिबेला १३ जना मोडललाई उनले विशेष प्रशिक्षण गरिररहेका छन् । जंगल फेष्टिभललाई दर्शकको रोजाई अनुसारको बनाउन आयोजकले यो पटक अझै नयाँ अनि फरक स्वादका कार्यक्रमहरु लाई समावेश गरेको छ । फेशन शो सँगै ‘जंगल थिम’मा पाँच जना मोडलहरुलाई ‘काल्पनिक पात्र’ जस्तै चित्रन गरि जंगलमा राख्ने आयोजकले जनाएको छ ।





Post a Comment

 
Top