0
डा. अमरेन्द्र झा
सामान्य भाषामा फिजियो थेरापी भनेको एक्ससाइज र केही विद्युतीय मेसिनको प्रयोगबाट गरिने उपचार पद्धति हो। यस अन्तर्गत थुप्रै पद्धतिहरू हुन्छन्। इलेक्ट्रो मोडालिटिज एउटा पद्धति हो। मेसिनबाट गर्ने कतिपय ठाउँमा यसलाई लेजर थेरापी मात्रै पनि भनिन्छ। लेजर पनि एउटा थेरापीको मेशिन हो। त्यस्तै यसलाई टेष्ट थेरापी पनि भनिन्छ। कसैले हाइड्रोथेरापी भन्छन्। समग्रमा इलेक्ट्रो मोडालिटिज शब्द प्रयोग गरेपछि त्यसमा विद्युतीय मेशिनबाट चल्ने सामाग्री पर्छन्। त्यसमा टेन्स हुनसक्छ अल्ट्रा साउण्ड हुनसक्छ, लेजर हुनसक्छ, हाइड्रोथेरापी हुनसक्छ। फिजियोथेरापी मुख्य दुई किसिमका छन्। एउटा इलेक्ट्रो थेरापी र अर्को फिजीकल थेरापी। फिजिकल थेरापी विशुद्ध एक्सरसाइजको माध्यमबाट मात्रै गरिने उपचार पद्धति हो। त्यसमा पनि दुई वटा शब्द हुन्छ। फिजिकल थेरापी भनेको एक्ससाइज सिकाएर गर्ने घरायसी विधि हो। म्यानुअल थेरापी भनेको फिजियो थेरापिष्टकै निगरानीमा गराउने विधि हो।
कस्ता कस्ता रोगका लागि फिजीयो थेरापी जरूरी छ ?
सार्क राष्ट्रहरूमा हेर्दा मुख्यतया ६ वटा विषयमा यसको विज्ञता हाशिल गर्ने गरिन्छ। हाडजोर्नी जसलाई अर्थोपेडीक भनिन्छ। अर्को न्युरो अथवा नसासम्बन्धी हो। पेडरेटीक या बालरोग सम्बन्धी हुन्छ। स्त्री रोग तथा प्रशुति सम्बन्धी पनि छ। स्पोट मेडिशिन हुन्छ। खेलकुदमा यसको विशेष भूमिका रहन्छ। कार्डियो थेरापिष्ट भनेको मुटु सम्बन्धी हो । यो सेवा मुटु अस्पतालमा उपलब्ध हुन्छ।  घुँडा खिइएको, हड्डी खिइएको, नसा च्यापिएको, दमको समस्या भएमा खेलकुदमा घाइते भएका लगायतका रोग तथा दुर्घटनामा फिजीयो थेरापी गरिन्छ। अंगभंग भएर हातखुट्टा गुमाएको व्यक्तिलाई नियमित रूपमा उसलाई आर्टिफिसियल कृतिम हात खुट्टाको माध्यमबाट पहिलाको अवस्थामा फर्काउने पनि फिजियो थेरापीको जरूरी पर्छ।
औषधि र फिजियो थेरापी फरक हो
फिजियो थेरापीमा तीन वटा पार्ट हुन्छ। एउटा एक्ससाइजको माध्यमबाट हुन्छ। दोस्रो विद्युतीय मेशिनबाट माध्यमबाट हुन्छ। तेस्रोमा सहयोगी सामाग्रीहरु हुन्छ। सहयोगी सामाग्रीमा अर्थोसिस अथवा प्रोस्थोस्टिक पर्छ। अर्थोसीस भन्नाले सहयोगी सामाग्री पर्छन्। निर्कयाप, एंकल ब्याण्डेज, नियमोबिलाइजर सहयोगी सामाग्रीमा पर्छ। सर्बाइकल कोलर, लम्बर कर्सेट बेल्ट पनि सहयोगी सामाग्रीमा पर्छन्। प्रोस्थोस्टिक भनेको आर्टीफिसियल लिब हो। त्यो भनेको कृतिम हात खुट्टा बनाएर मान्छेलाई सामान्य जीवनमा रूपान्तरित गर्ने विधि भयो। यो बैकल्पिक चिकित्सा पद्धति अनुसार गरिने उपचार पद्धति हो। एलोपेथी चिकित्सा माध्यममा एउटा हदसम्म हुन्छ। भौतिक रूपमा अथवा फिजिकल्ली बिरामीलाई औषधिले मात्रै नहुने अवस्थामा थेरापी गर्नुपर्छ। पूर्ण रूपमा पुनस्थापित हुन नसक्ने रोगहरुमा फिजियोथेरापीबाट उपचार गर्नुपर्छ।
योग र थेरापी एउटै होइन
योग र थेरापी उस्तै त होइन भन्ने जिज्ञासा आउने गर्छ। योग र थेरापी फरक(फरक हो। योग भनेको हिन्दु परम्परामा वर्षौ अघि हाम्रा ऋषिमुनीहरूले गर्दे आएको एउटा अभ्यास हो। तर एलोपेथिक मेडीसीन जुन मोर्डन मेडिसिन पनि हो। यो मोर्डन मेडिसिनसँगै यसलाई ल्याएर रुपान्तरण गरेर बनाएको एउटा पद्धति हो फिजियोथेरापी। यो पनि मेडिसिनको एउटा ब्रान्च नै हो। पिजियो थेरापी विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको मेडिसिनको एउटा अंग हो। यसमा मेडिसिन पनि चलाइन्छ। विद्युतीय मेशिनको माध्यमबाट र एक्ससाइजको माध्यमबाट पनि थेरापी गरिन्छ। योग भनेको स्वास्थ्य राख्ने एउटा परम्परागत बिधि हो। आफ्नो शरीरलाई सन्तुलनमा राख्न दैनिक रूपमा गरिने एउटा माध्यम हो योगा। यसका लागि कृतिम सामाग्री पनि चाहिदैन कुनै विद्युतीय मेशिन पनि चाहिदैन नत औषधिको नै जरूरी पर्छ।
खर्च कति लाग्छ?
उपचार पद्धतिलाई हेर्दा अन्य मुलुकहरूको तुलनामा सार्क राष्ट्रमा नै यसको खर्च कम लाग्छ। सार्कका जनतामा यसबारे ज्ञानको कमी पनि रहेको छ। विकासको अवस्था पनि छैन र हाम्रो स्वास्थ्य अवस्थालाई पनि हेर्दा हामीले एफोर्ड पनि गर्न सकिदैन। नेपालमा एक पटक फिजियो थेरापी गरेको तीन सय रूपैयादेखि एक हजार रूपैयासम्म पर्छ। यो बिरामीको अवस्था र थेरापी गर्ने संस्था अनुसार भरपर्छ।
उपचारको उपलब्धता कस्तो छ?
नेपालमा भन्दा पनि काठमाडौंमा हरेक सामान्य क्लिनिकदेखि पोलिक्लिनिक सम्म र नर्सिङ होमदेखि अस्पतालसम्म यसको सुबिधा छ। सम्पूर्ण सरकारी अस्पतालमा पनि छ। तर यसको गुणस्तरमा खासै ध्यान पुगेको देखिदैन। सरकारी तवरबाट यसको कुनै मापदण्ड नतोक्दा समस्या बढेको हो। एक वर्षे तालिम लिने पनि फिजियो थेरापिष्ट छन्, पिसिएल लेबलका पनि छन्। कोही डिप्लोमा गरेका छन्। यसमा नै विज्ञता हासिल गरेका पनि छन्।
 
प्रसव गराउन होमियोप्याथी उपचार
डा. ललितकुमार मिश्र
सरकारी तथा गैरसरकारी (निजी) अस्पताल तथा नर्सिंगहोमहरुमा दिन प्रतिदिन बढि रहेको सिजेरियन डिलेभरीको संख्यात्मक बृध्दिदरले अधिकांश महिलालाई अप्ठयारोमा पारिदिएको छ । विवाहित सवै महिलाहरु गर्भवती भएको अवस्थामा यही चाहन्छन कि मेरो प्रसव प्रकृतिक रुपमा स्वभाविक किसिमले होस् । अपरेसन गर्न नपरोस । तर, यो कुरा आधुनिक चिकित्सामा सधै र सबै गर्भवती महिलाका लागी सामान्य प्रसव गराउन संभव हुँदैन र छैन पनि । सामान्य रुपले हेर्ने हो भने १०५ प्रतिशत महिलाहरुमा स्वभाविक रुपले प्रसव भएको पाईएतापनि ९०५ प्रतिशत डिलेभरी केसेज्मा सिजेरियन सक्सन वा यान्त्रिक (औजारहरु) को प्रयोग गरी डिलेभरी गराईएको पाईन्छ । प्रसव र डिलेभरीमा के फरक छ ? यी दुवै को अर्थ एउटै हो त ? यसो झट्ट हेर्दा एउटै जस्तो लाग्दछ । तर, होइन यि दुवैमा धैरे फरक छ । फरक यस्ताछन्, १. महिला प्रजनन प्रणालीका विभिन्न चरणका श्रृंखलाबद्ध घटनाहरुलाई पार गर्दै गर्भास्था मा रहेका भ्रुण महिलाको योनीमार्गबाट प्रकृतिक रुपले तथा स्वभाविक ढंगबाट बाहिरी संसारमा आउनु अर्थात निस्किनुलाई प्रसव भन्दछन् ।  यसैगरी ठिक समयमा जीवित जन्मिएको र बाँच्न सक्ने भ्रुण निस्किनुलाई सुतकेरी हुनु भनिन्छ । डिलिभरी भनेको त गर्भमा भएको बच्चालाई जुनसुकै तरिका अपनाएर भएपनि बच्चालाई बाहिर निकाल्नु हो । यो काम सिजिरियन(सेक्सन (पेटचिरेर) वा महिलाको योनीमार्ग मा यन्त्र (औजारहरु) को प्रयोग गरेर पनि बच्चा निकालन सकिन्छ । यही फरक छ सामान्य प्रसव हुनु र डिलेभरि हुनुमा । तर, गाउँ–घरको बोलचालको भाषामा प्रसव हुनुलाई पनि डिलेभरी हुनु भनिन्छ । यही कारणले हो कि अचेल हाम्रो समाजमा प्रसव हुनु र सुत्केरी हुनुको ठाऊँ–डिलेभरी हुनु भन्ने शब्दले लिएको छ। सामान्य प्रसव १. समय पुगेर आफै प्रसवपीडा (व्यथा) लागेको । २. भर्टेक्सप्रेजेन्टेशन अर्थात बच्चाको टाउँको ठिकसंग योनीको मुखमा बस्नु । ३. प्रसवको अवधि अनावश्यक लामो न भएको । ४. धैरे सहयोग गर्न नपरिकन आफै प्रकृतिको माध्यमबाट नै सुत्केरी भएको । ५. आमा र बच्चाको स्वास्थ्यमा धैरे प्रतिकुल असर नपरेको ।
असमान्य प्रसवः माथि उल्लेखित सर्तहरु पुरा नगरेको कुनै पनि प्रसवलाई असमान्य प्रसव भनिन्छ । भर्टेक्सप्रेजेन्टेशन बाहेक अरु किसिमको प्रेजेन्टेशन वा अन्य कुनै प्रकारको जटिलता भएमा, जस्तैस् बच्चा उल्टो हुनु वा बच्चाको हात बाहिर निस्किनु आदि । यि कुराहरु असामान्य प्रसवको परिभाषा भित्र नै पर्दछ । महिलाको सुत्केरी हुने वा व्यथा लाग्ने कुरा व्यक्ति–व्यक्तिमा फरक पर्दछ । तैपनि अन्तिम महिनावारी भएको दिनमा ३ महिना घटाएर ७ दिन जोडेमा मोटा–मोटी समयको अन्दाज गर्न सकिन्छ । बदलिदो जीवनशैली खानपान रहन–सहनको कारण सामान्य प्रसव हुनु आजको समयमा असंभव जस्तो लाग्दछ । तर, तपाई गर्भावस्था–प्लानिङ गर्ने बेला केही कुराको ध्यान राख्ने होभने असंभव पनि संभव हुन सक्छ । यसको लागि जरुरी छ पोष्टिक खान(पान तथा गर्भावती महिलाको हेर विचार । गर्भधारण गर्नुपूर्व आफ्नो स्वास्थ्य परिक्षण गराउनु जरुरी छ । यदि तपाईलाई कुनै प्रकारको रोग छ भने–त्यसको असर हुनेवाला बच्चामा पनि पर्न सक्छ । डिलेभरी हुने समयमा जब नर्मलडेलिभरी हुँदैन जटिलअवस्था छभने त्यसबेला अपरेशन गरिन्छ । यस सर्जरीको माध्यमले महिलाको पेट चिरेर बच्चालाई बाहिर निकालिन्छ। यदि पहिले पनि सिजिरियनबाट नै बच्चा डिलिभरी भएको होभने यसपालि पनि अपरेसन गर्ने नै सल्लाह दिईन्छ। यस्ता महिलाहरु जो सामान्य डिलेभरी होस् भन्ने चाहन्छन् ।
 
उनीहरुको लागि होमियोप्याथी चिकित्सा संजीवनी सावित हुन्छ । गर्भवति महिलाले कुनै योग्य होमियोप्याथिक चिकित्सकसंग समय मै भेटेर  सल्लाह अनुसार नियमित रुपमा होमियोप्याथिक औषधिको सेवन गरेमा ९०५ प्रतिशत महिलाहरुमा सामान्य प्रसव हुन्छ । उहिले गाउँहरुमा स्वास्थ्य सेवा विभागको पहुँच हुँदैन थियो । स्वास्थ्य चौकी र औषधिको अभाव रहन्थ्यो । त्यसबेला धैरे जसो प्रसव गाउँ घरमा नै गराईन्थ्यो। यसका लागि गाउँघरका बृद्ध महिला (सुडेनी) को सहायता लिईन्थ्यो । यस किसिमको प्रसवमा आमा र बच्चा दुबैको ज्यानको खतरा हुने संभावना बढि हुन्थ्यो र कयौंको ज्यान समेत जान्थ्यो। यस किसिमको अनभिज्ञ सुडेनीबाट असुरक्षित प्रसव गराउदा ज्यान जानेको संख्यात्मक बृद्धि देखिएको हुँदा यस कार्य माथि रोक लगाउन सरकारले गाउँ–गाउँमा हेल्थपोस्ट खोल्यो । जिल्लास्तरका अस्पतालहरुमा प्रसुती महिलाहरुलाई बिशेष सुबिधा दिईन थाल्यो । यसबाट बच्चाको मृत्युदरमा कमि हुन थाल्यो । तर, अर्कोतर्फ यसको साईड ईफेक्ट के देखियो भने दिनोदिन सामान्य डिलेभरी हुने ठाउँमा अपरेशन गर्ने महिलाहरुको संख्या बढ्न थाल्यो ।
के हो सिजिरियन डिलिभरी ?
सिजिरियन सेक्सन–शल्यक्रियाको माध्यमबाट महिलाको पेटचिरेर बच्चालाई बाहिर निकाल्ने कार्यलाई सिजेरियन–सेक्शन भन्दछन् । सामान्य डिलेभरी हुनुपर्ने ठाउँमा सिजेरियन अपरेसन गर्नु पर्नका कयौं कारणहरु छन् । जस्तैः महिलाको गर्भमा बच्चा उल्टो बसेको छ या बच्चा माथितिर सरेको छ अथवा महिला को नितम्ब (पेलिभिकबोन) साँगुरो छ । बच्चा ज्यादै स्वस्थ्य तथा टाउको ठुलो छभने यस्तो अवस्थामा सुरक्षित प्रसव गराउन तथा आमा र बच्चा दुबैलाई बचाउनको लागि अपरेशनको आवश्यकता पर्छ । उपरोक्त अवस्था मा यदि सामान्य प्रसव गराउने कोशिस गरेको खण्डमा बच्चाको शरिर आधी बाहिर–निस्किन्छ भने आधी भित्रै फस्छ  । यसबाट बच्चालाई साँस फेर्न अपठ्यारो हुन्छ । यस अवस्थामा बच्चाको मृत्यु हुने गर्दछ। यस किसिमको खतरनाक परिस्थितिबाट बच्नको लागि सिजेरियन सेक्सन अर्थात अपरेसन गरेर बच्चा निकाल्नु पर्ने हुन्छ ।
होमियोप्याथिक औषधिको प्रयोग कसरी गर्ने ?
 गर्भ जव तीन महिनाको हुन्छ । महिलाले कुनै योग्य तथा अनुभवि होमियोप्याथिक चिकित्सकसंग परामर्श गर्ने । चिकित्सकद्वारा दिएको औषधिको नियमितरुपले सेवन गर्नका साथै निर्देशनको पालना गर्ने । समय पुरा भएपछि सामान्य डिलेभरि हुन्छ। यस्ता कयौं केसेज् पनि छन् जसको पहिलो बच्चा अपरेशन गरेर भएको थियो । उही महिलाको दोश्रो बच्चा होमियोप्यथिक औषधिको प्रयोग ले सामान्य (नर्मल) डिलेभरी भयो । प्रसववेदना–कुनैपनि महिलाको लागि एउटा ठूलो अपरेसन गरे समान नै हुन्छ । यस कार्यको लागि होमियोप्याथिक औषधि (कोलोफाईलम–३० शक्ति डिलेभरी हुनु भन्दा महिना दिन अगाडिबाट खान शुरु गर्नाले प्रसव सरलतरीका ले स्वभाबिक रुपमा हुन्छ । यसै प्रकार पल्साटिला–१००० शक्ति चार घन्टा को अन्तरालमा तीन मात्रा सेवन गरेमा सामान्य र सुरक्षित डिलेभरी हुन्छ । यसको साथै यदि बच्चाको पोजिशन उल्टो छभने पनि यस औषधिले बच्चालाई उचित पोजिशनमा ल्याएर राखिदिन्छ । यस औषधिको प्रयोग (मेम्ब्रान्स) झिल्लि फुटनु भन्दा पहिले नै प्रर्योग गर्नु पर्दछ। यदि गर्भाशयमा बच्चाको विकाश हुने क्रम बन्द भएकोछ भने यस अवस्थामा– सिकेलिकार्टुनम–१००० शक्तिको एक मात्राको प्रयोगले  भ्रुणको विकाश पुनस् शुरु हुन थाल्छ। शल्यक्रिया गरेपछि सिलाइ गरेको भाग (पेट) मा स्थायी रुपले दर्द हुन्छ। यसको लागि स्टेफसिग्रिया–१००० शक्तिको एक मात्राको सेवनले २४ घन्टा भित्र पोस्ट अपरेटिभ समस्याबाट राहत दिलाउछ। यसप्रकार होमियोप्याथिक उपचार गर्भावस्था, प्रसुति वस्था र प्रसुतिपछि हुने समस्यामा पनि प्रभावकारी छ। अस्तु ।


Post a Comment

 
Top