0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा पिस सिभिकको गभर्नस क्लव भिजिट कार्यक्रम आईतवार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालका गर्भनर बालकृष्ण वुर्लाकोटीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । क्लवका अध्यक्ष लक्ष्मण श्रेष्ठले वर्ष २०१६÷०१७ मा भए गरेका विभिन्न ३० वटा कार्यक्रमका गतिविधिहरु संग्रहित भएको प्रतिवेदन पेस गरेका छन् । सो अवसरमा श्रेष्ठले क्लवलाई आर्थिक रुपमा मजवुत बनाउन सहयोग गर्ने क्लवका सदस्यहरुलाई आभार व्यक्त गरे । डिष्ट्रिक्ट गर्भनर वुर्लाकोटीले प्रतिवेदन हेर्दा क्लवले छोटो समयमै धेरै मानवीय तथा सामाजिक कार्यहरु गरेकोमा खुशी व्यक्त गरे । इमिडेट पाष्ट डिष्ट्रिक्ट गभर्नर धुव्र थापाले आफ्नो कार्यकालमा धेरै लायन्स क्लवहरु भिजिट गरेको स्मरण गर्दै पिस सिभिकले व्यवस्थित र पारदर्शी तरिकाले प्रतिवेदन तयार गरेको भनाई राख्दै अन्य क्लवहरुले पनि अनुशरण गर्नुपर्नेमा जोड दिए । क्लवका अध्यक्ष लक्ष्मण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा डिष्ट्रिक्ट एडभाइजर इन्दु लम्साल, जोन चियर पसर्न विनोद ढुँगाना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।  कार्यक्रममा सहभागीहरुलाई धन्यवाद ज्ञापन क्लवका चार्टड प्रेसिडेन्ट पवित्रराज तिवारी तथा स्वागत मन्तव्य क्लवका प्रथम उपाध्यक्ष वुद्धिनाथ बराल र कार्यक्रम संचालन सचिव किरण ढकालले गरेका थिए ।

Post a Comment

 
Top