0
गोल्डेन न्यूज संवाददाता
पोखरा रानिपौवामा रहेको जोजिजू म्युजिक सेन्टर तथा म्युजिक स्कुलमा बिहीबार शास्त्रीय (क्लासिकल) धुन प्रस्तुत भएको छ । काठमाडौं ललितकला क्याम्पसका उपप्रध्यापक तथा तवलावादक रविनलाल श्रेष्ठले स्कुलमा बिहीबार शास्त्रीय संगीतमा गीतार, तवला प्रस्तुत गरेका हुन् । पोखरा भ्रमणको क्रममा स्कुलमा आफ्नो प्रस्तुति राख्ने अवसर प्राप्त भएकोमा खुशि व्यक्त गर्र्दै श्रेष्ठले आगामी दिनमा पो
खराको संगीतको उयत्थानका लागि आफ्नो क्ष्ोत्रबाट सहयोग गर्न तयार भएको बताए । तीन कालमा वादन प्रदर्शन गरेका उनले राग, एमन प्रस्तुत गरेको स्कुलका प्रवन्ध निर्देशक गायक विनित जोजिजूले बताए । पोखरालाई पनि संगीतको क्षेत्रमा अघि बढाउन यस्ता कार्यक्रम आवश्यक भएको उनले दाबी गरे । नयाँ पिंढीलाई यस्ता कार्यक्रमले थप हौसला मिल्ने जोजिजूले विश्वास लिए। पोखराको संगीत क्षेत्रको उत्थान गर्ने उद्देश्यले विभिन्न कलाकारहरुको प्रस्तुति राख्दै जाने क्रममा बिहीबार काठमाडौंका कलाकार रविनलालको प्रस्तुति राखिएको जोजिजूले जनाए । गीतारमा विना श्रेष्ठले साथ दिएकी थिईन । स्कुलका प्रवन्ध निर्देशक जोजिजूको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन स्कुलका प्रशिक्षार्थी करण गुरुङले गरेका थिए ।









Post a Comment

 
Top