0
गोल्डेन न्यूज संवाददाता
नेकपा एमाले पोखरा वडा नं. १६ को १३औं वडा अधिवेशनले जे.एन तिमिल्सिनाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्ष, सचिव र सहसचिवमा क्रमशः राम जि.सी, सुरेश तिमिल्सिना र मञ्जु नेपाली निर्वाचित भएका छन भने सदस्यहरुमा गणेश वानिया, सुवास तिमिल्सिना, पुष्पराज अधिकारी, सविना खड्का, विनोदराज अधिकारी, भैरव पोखरेल, सन्दिप शर्मा, गंगा आचार्य, पोषण थापा, काजीमान थापा, शारदा पौडेल, नविन्द्र तिमिल्सिना निर्वाचित भएका छन ।  यसअघि अधिवेशनको उद्घाटन गर्दै नेकपा एमालेका केन्द्रीय निर्वाचन आयोग अध्यक्ष सोमनाथ अधिकारी प्यासीले नेपाली जनताको त्याग र वलिदानबाट संविधानसभा मार्फत संविधान प्राप्त गरेको उल्लेख गर्दै मुलुकको विकास र समृद्धिका लागि संविधानको कार्यन्वयनमा लाग्नु पर्ने बताए । नेकपा एमालेका केन्द्रीय सदस्य तथा विकास समितिका सभापति रविन्द्र अधिकारीले सरकारद्वारा संसदमा प्रस्तुत संविधान संसोधन विधयक मुलुक र जनताको चाहाना विपरित रहेको बताउँदै मुलुकको विखण्डन हुने गरी विदेशी इसारामा प्रस्तुत विधयक संसदबाट पारित हुन नदिने बताए ।  कार्यक्रममा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, प्रदेश नं. ४ का सदस्य श्रीनाथ बराल, नेपाल सरकारका पूर्व सहसचिव वेनिबहादुर वस्नेत, मिना गुरुङ्ग, शोभामोहन पौडेल, तेजनारायण अधिकारी, टीकाराम पंगेनी, दानबहादुर वानिया, मोहन सुनार, जीवन आचार्य, ध्रुव पराजुली, पूर्ण लामा, गुमादेवी गौतम लगायतले सम्बोधन गरेका थिए । नेकपा एमाले वडा कमिटी पोखरा १६ का अध्यक्ष सुवास अधिकारीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा स्वागत उपाध्यक्ष मिन गुरुङ्ग र संचालन सचिव इन्द्र सुवेदीले गरेका थिए ।






Post a Comment

 
Top