0
गोल्डेन न्यूज संवाददाता
पोखराको चिप्लुढुङ्गामा प्रधान कार्यालय रहेको फेवा विकास बैंकले धितोपत्र खरिद निर्देशिका,२०७३ बमोजिम धितोपत्र दरखास्त संकलन गर्न प्रणाली (आस्वा) को  अनुमति प्राप्त गरेको छ । नेपाल धितोपत्र बोर्डले यो प्रणाली प्रदान गरेपछि बैंकले यो सेवा शुरु गर्ने भएको हो। एएसबिए प्रणाली अन्तर्गत सार्वजनिक रुपमा धितोपत्र निष्काशन हुँदाका बखत खरिद गर्न चाहने बैंकको जुनसुकै शाखा कार्यालयका खाताधनी लगानीकर्ता बाट दरखास्त फारम संकलन गरी दरखास्त फारममा उल्लेख भए बमोजिमको रकम सम्वन्धित लगानीकर्ता खाताधनीकै खातामा रोक्का राखिनेछ । धितोपत्र बाँडफाँड भए पछि निजको नाममा कायम हुन आएको धितोपत्र बराबरको रकम सम्वन्धित धितोपत्र निष्काशन कर्ता कम्पनीमा पठाई बाँकी रकम सम्वन्धित खाताधनीले पूर्ववत रुपमा प्रयोग गर्न सक्ने बैंकले जनाएकोछ । बैंकका कार्यकारी अधिकृत रेशम बहादुर थापाका अनुसार शेयर सदस्य तथा सेवाग्राहीले आफ्नो खातामा रकम जम्मा गरेर शेयरमा लागनी गर्न सक्नेछन्, नगद पैसा बोक्न जरुरी छैन । सार्वजनिक निष्काशन (आइपिओ)  तथा पुनः निष्काशन (एफपिओ) मा लगानी गर्दा अनिवार्य रुपमा बैंक खातामा रकम जम्मा गर्नुपर्ने हुन्छ । सोही खातामा नै रोक्का रहने ब्यवस्था गरे बमोजिम लगानी कर्ताहरुले सार्वजनिक निष्काशनमा लगानी गर्दा एएसबिएका लागि स्वीकृत प्राप्त बैंकहरुमा मात्र रकम जम्मा गरी लगानी गर्न सक्ने व्यवस्था गरेको छ । बैंकको केन्द्रीय कार्यालय सहित सम्पूर्ण शाखा कार्यालयहरुबाट खाताधनी लगानीकर्ताले सहज, सरल र झन्झटमुक्त ढंगबाट सार्वजनिक निष्काशन हुने धितोपत्रमा लगानी गर्न सक्ने सुविधा पाउने प्रमुख कार्यकारी अधिकृत थापाले जानकारी दिए । पोखरामा प्रधान कार्यालय रहेका बैंकहरुमध्ये यो सेवा शुरु गर्ने फेवा विकास बैंक तेस्रो हो । ओम र मुक्तिनाथ विकास बैंकले यो सेवा यसअघि नै संचालन गरिसकेका छन् ।



Post a Comment

 
Top