0
नेपाल सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीलाई लेखनाथ ६ सयलपाखामा सम्मान गरिएको छ । लेखनाथको सामाजिक विकास तथा भौतिक पूर्वाधार निर्माणमा सहयोग गरेको भन्दै नेपाल सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदी लगायत अन्य तीन जना सरकारी कर्मचारीहरुलाइ लेखनाथमा अभिनन्दन गरिएको छ । श्री कृष्ण प्रणामी बृद्ध तथा बाल आश्रम सेवा समिति लेखनाथ ६ सयलपाखा र लेखनाथ पर्यटन मार्ग निर्माण समितिले संयुक्त रुपमा आइतबार एक समारोहको आयोजना गरी मुख्य सचिव डा. सुवेदी लगायत सडक बोर्डका कार्यकारी निर्देशक कृष्ण सिंह बस्नेत र ओएमसियमका राष्ट्रिय संयोजक तुलसी सिटौलालाइ सम्मान गरेको हो । अभिनन्दन स्वरुप उनीहरुलाइ लेखनाथ नगरपालिकाका कार्यकारी प्रमुख नवराज ढुंगाना, श्रीकृष्ण प्रणामी बृद्ध तथा बाल आश्रम सेवा समितिका अध्यक्ष दुर्गा गौतम र लेखनाथ पर्यटन मार्ग निर्माण समितिका अध्यक्ष मुक्तिराम अधिकारीद्वारा दोसल्ला तथा अभिनन्दन पत्र प्रदान गरिएको थियो । अभिनन्दन समारोहलाइ संबोधन गर्दै मुख्य सचिव डा. सुवेदीले काम गर्दा एक अर्काका कामलाइ जस दिने प्रवृितलेनै वास्तमा सामाजिक सामजस्यता ल्याउने बताएका थिए । कार्यक्रममा लेखनाथ नगरपालिकाका कार्यकारी प्रमुख नवराज ढुंगाना, श्री गोरक्षनाथ सिद्धाश्रम किउँबेसीका अध्यक्ष खेमनाथ भट्टराइ, लेखनाथ पर्यटन मार्ग विकास समितिका उपाध्यक्ष मधुकर न्यौपाने, संरक्षक सूर्यमोहन भट्टराई, श्रीकृष्ण प्रणामी बृद्ध तथा बाल आश्रम सेवा समिति सदस्य महेश्वर पाण्डे, अश्रमका संरक्षक कल्याण कुमार कार्की लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

Post a Comment

 
Top