0
गोल्डेन न्यूज संवाददाता
विद्यामै छ महाशक्ति, कर्ममै छ सुपूजन भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै कास्कीको ढिकुरपोखरी–४ स्थित माछापुच्छ«े मावि÷शिक्षा क्याम्पसमा हुन लागेकोे शैक्षिक एवं धार्मिक महोत्सवको तयारी पुरा भएको छ । माछापुच्छ«े मावि÷शिक्षा क्याम्पसमा प्रविधिक शिक्षा सहित त्यसका फिडर स्कुलहरुको गुणस्तर अभिबुद्धि गरी समग्र ढिकुरपोखरी गाविसलाई शैक्षिक केन्द्रको रुपमा बिकास गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको सोमवार महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। प्राविधिक शिक्षाका लागि पोखरा विश्वविद्यालयको आङ्गिक क्याम्पसको रुपमा कृषि इन्जिनियरिङ क्याम्पस संचालन गर्न प्रारम्भिक चरणको प्रक्रिया शुरु भई सकेको महोत्सव मूल आयोजक समितिका संयोजक पुन्य प्रसाद पौडेलले पत्रकार सम्मेलनमा बताए । आगामी माघ ५ देखि १२ गतेसम्म हुने महोत्सवमा अन्तर्राष्ट्रिय कथावाचक गोविन्द शरण महाराज र मीरादेवीले श्रीमद् भागवत् कथा वाचन गरी प्रवचन दिने साथै ५१०० शान्ति कलश पूजन, सहस्र शालिग्राम पूजा, विराट धनधान्याञ्चल महापर्व, तुलादान, चौरासी पूजा, शुभ व्रतवन्ध, शैक्षिक प्रदर्शनी, विभिन्न धार्मिक सम्प्रदायका धर्म गुरुहरुको सहभागिता सहित राष्ट्रिय कलाकारहरुबाट सङ्गीतमय भजन कृतन हुने महायज्ञ मूल समारोह समितिका सह संयोजक कुलबहादुर गुरुङ कुलुले बताए । राष्ट्र निर्माणमा धार्मिक महोत्सवको भूमिका महत्वपूर्ण हुदै आएको सन्दर्भमा माछापुच्छ«े मावि÷शिक्षा क्याम्पसले स्थानिय स्तरमै प्राविधिक शिक्षालय संचालन गरेर युवालाई दक्ष वनाएर स्वदेशमै परिचालन गर्ने उद्देश्य अनुरुप धार्मिक एधं शैक्षिक महोत्सवको आयोजना गरिएको क्याम्पसका प्राचार्य तथा महायज्ञ मूल समारोह समितिका महासचिव रामचन्द्र सुवेदीले बताए । दैनिक नित्य पूजा सालिग्राम परिक्रममा, राष्ट्र निर्माण एवम् प्राविधिक शिक्षाको महत्व वारे प्रवचन दिएर युवा जगतलाई सुसंस्कृत वनाउने गरि आध्यात्मिक चिन्तन प्रवाह गरिने समितिका बरिष्ठ उपाध्यक्ष मनपति भण्डारीले जानकारी दिए । महोत्सव सम्पन्न गर्नका लागि कास्कीका पूर्व जि.वि.स. सभापति तथा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष पुण्य प्रसाद पौडेलको अध्यक्षतामा ५ हजार ५५५ सदस्यीय मूल आयोजक समिति, ४२ वटा बिभिन्न उप–समितिहरु गठन गरिएको र प्रमुख संरक्षकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संरक्षकहरुमा संस्थापक क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष पं अनन्तनाथ शर्मा लगायत कास्की जिल्ला पार्टी प्रमुखहरु, सांसदहरु, राजनैतिक दलका गा.वि.स. स्तरीय प्रमुखहरु वरिष्ठ उपाध्यक्ष र राजनैतिक दलका जिल्ला स्तरीय प्रतिनिधी, सम्पर्क समाजका अध्यक्षहरु, क्याम्पस स्थापनाकालका संरक्षकहरु, छात्रवृत्तिकोष संस्थापकहरु महोत्सवका उपाध्यक्ष रहेको मुल ब्यवस्थापन समितिका महासचिव यादवराज अधिकारीले बताएका छन । महोत्सवबाट करीव ५ करोड आम्दानी हुने र करीव ५० लाख खर्च अनुमान गरिएको साथै १ लाख भन्दा वढीको सहभागिता रहने अनुमान आयोजकको रहेको छ ।





Post a Comment

 
Top