0
गोल्डेन न्यूज संवाददाता
महिला उद्यमी संघ नेपाल कास्कीले तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा पोखरा उप–महानगरपालिकाका सामाजिक शाखा अधिकृत ओमराज पौडेलले महिलाहरु अरु संग माग्ने होइन सहयोग गर्न सक्ने हुने पर्ने बताए । उनले त्यस्तो गरेमा राष्ट्रमा महिला उद्यमी बन्छन् त्यो राष्ट्र वास्तवमा समृद्व हुन्छ उनको भनाई छ। राष्ट्रको आर्थिक समृद्विको लागि उद्यमी महिला उत्पादन गर्नुपर्छ भन्दै पोखरा उपमहानगरपालिका यस संस्थाले गर्ने औचित्य पूर्ण कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्वता गर्दै थोरै लगानीबाट धेरै प्रतिफल लिनुपर्ने सुझाव दिए । कार्यक्रमका अध्यक्ष तथा महिला उद्यमी संघका अध्यक्ष देवकी बरालले महिलाहरु सबै एकजुट भएर व्यवसाय सञ्चालनमा लाग्नु पर्ने बताइन । कार्यक्रममा घरेलु तथा साना उद्योगका अधिकृत महाराज ढकालले आर्थिक कमजोर भएका दिदीबैनीहरुलाई आय आर्जनको लागी ८० प्रतिशत घरेलु तथा साना उद्योगको र २० प्रतिशत आफनो लगानी योजना आएको भन्दै घरेलु उद्योगले स्थानीय उत्पादन गर्न चाहनेलाई सहयोग गर्ने बताए । महिला उद्यमी संघ नेपाल कास्कीका सल्लाहकार सीता गुरुङ्गले महिलाहरुले शिप सिक्ने आय आर्जन गर्ने र बचत पनि गर्ने बानी बसाली राष्ट्रलाइ दिने योगदानका लागि वैधानिकता प्राप्त गर्न सम्बन्धित सरोकार कार्यालयमा दर्ता गरी आफनो उद्यमशिलताको पहिचान आफैले गर्नुगर्ने कुरामा जोड दिए ।  कार्यक्रममा कुल देबी बराल, माया बराल लगायतले व्यवसायका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा महिला उद्यमी संघ नेपाल कास्कीका सचिव किरण गौतमले बार्षिक प्रतिबेदन प्रस्तुत गरेकी थिइन् भने उपाध्यक्ष काशीमाया गुरुङ्ग स्वागत मनतब्य राखेकी थिइन् ।

Post a Comment

 
Top