0
गोल्डेन न्यूज संवाददाता
पोखरामा आयोजना हुने मिस तामाङ्गको ताजका लागि १३ जना युवतीले फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् । २८५३ औं सोनाम ल्होछारको अवसरमा बैदाम तामाङ्ग समाजको आयोजनामा हुने ल्होछार म्युजिकल फेस्टिभल तथा मिस तामाङ्ग पोखरा २०१७ को लागि १३ तामाङ्ग युवतिहरुलाई छनोट गरिएको छ ।
प्रतियोगीहरुलाई बिभिन्न बिषयमा तालिम प्रदान गरिएको कार्यक्रम संयोजक जेसिका तामाङ्गले बताइन । प्रतियोगीहरुमा पोखरा लेकसाइडकी सृष्टि लामा, अञ्जली लामा, मालेपाटनकी अरुणा लामा, संगीता तामाङ्ग, लेखनाथकी सीता तामाङ्ग, मन्जु तामाङ्ग शान्तिनगरका जीता लामा, सिम्पानीकी रीमा तामाङ्ग, न्यूरोडकी मालिका तामाङ्ग, बगरकी जगनकुमारी तामाङ्ग, जिरो किलोमिटरकी पुनम तामाङ्ग, मिरुवा कसेरीकी दिप्ती तामाङ्ग र भेडिफारामकी प्रिया तामाङ्ग रहेका छन् । १ महिना भन्दा लामो समयको प्रशिक्षणको दौरानमा अहिलेसम्म कार्यक्रम सहसंयोजक जयन्ती मोक्तानले तामाङ्ग भाषा, ब्यक्तित्व विकास, सकारात्मक सोँच, तथा सकारात्मक बानीका बिषयमा र्याण्डम रिडर्स सोसाइटी अफ नेपालका अध्यक्ष उपेन्द्र पौडेल, पोखरा मन्टेश्वरी टे«निङ्ग इन्स्टिच्युटका थिरबहादुर थापा, पत्रकार केशवशरण लामिछाने, र्याण्डम रिडर्स सोसाइटी अफ नेपालका निवर्तमान अध्यक्ष गनेस पौडेल, संचारकर्मी सन्जय मल्ल र कञ्चन थापा, गेटवे फाउण्डेशनका अमृत भट्टराईले प्रशिक्षण दिएका छन्। यसैगरी तामाङ्ग संस्कार तथा संस्कृतिका बारेमा नेपाल तामाङ्ग घेदुङ्ग, प्रदेश नं.४ का अध्यक्ष दिपक वाइवा तामाङ्ग, नेपाल तामाङ्ग घेदुङ्गका पूर्व केन्द्रीय अध्यक्ष धनबहादुर तामाङ्ग, नेपाल तामाङ्ग घेदुङ्ग लामा संघका केन्द्रीय अध्यक्ष पाल्देन लामा, मिङ्गमार तामाङ्ग लगायतले प्रशिक्षण दिएका छन्। कार्यक्रमको कोरियोग्राफी सृष्टि सेञ्चुरीले र तामाङ्ग नृत्यको प्रशिक्षण राम लामाले दिएका छन् । माघ ८ गते शनिबार पोखरा सभागृहमा हुने कार्यक्रममा कलाकारहरु चन्द्रबहादुर दोङ्ग तथा शशिकला मोक्तान लगायतका कलाकारहरुको सांगितिक प्रस्तुतिका साथै तामाङ्ग सांस्कृतिक नृत्य प्रस्तुत गरिने कार्यक्रम संयोजक जेसिका तामाङ्गले बताइन ।


Post a Comment

 
Top